राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

शनिवार, १३ आश्विन २०८० १२:३८

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्कनु भएको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भइ आज बिहान स्वदेश फर्कनुभएको छ।

अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष निलकण्ठ काफ्ले लगायतका नेताहरुले स्वागत गर्नुभएको छ।

भ्रमण दलमा रहनुभएका केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि स्वदेश फर्कनुभयो ।

थप जानकारी