राष्ट्र हितमा समर्पित
मङ्गलवार, आषाढ ५, २०८१

नेपाली काँग्रेसका कुमार भट्टराई सहितका नेताहरु राप्रपा प्रवेश, अध्यक्ष लिङदेनले गरे स्वागत

बुधवार, १३ मंसिर २०८० १४:३४

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गर्नेको लहर चलेको छ। आज एक कार्यक्रमका बिच बिर्तामोड उधोग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई,नेपाली काँग्रेस हल्दिबारी १ का वडा सभापति शिव कटुवाल, बिर्तामोड ४ का नेपाली काँग्रेस पूर्व वडा सभापति राजकुमार प्रसाई ,पूर्व वडा सभापति बिर्तामोड २ का टंक थपलिया, बिर्तामोड ४ का लक्ष्मी गौतम,भुवन रिजाल बिर्तामोड ८ का ने का सभापति, यसैगरी अमृत कार्की ,चन्द्र प्रसाद खरेल, रमेश थापा मगर, पुष्कर भट्टराई,सुकरसिंह राजवंशी , खडक राजवंशी,केशव राजवंशी, कृष्ण ढकाल र नन्दबहादुर कटवाल राप्रपा प्रवेश गरेका छन्। उनीहरूलाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन ले पार्टीको सदस्यता दिएका थिए।

विभिन्न पार्टीमा रहेर पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरु राप्रपाको एजेण्डा र मन पराएर पार्टी प्रवेश गरेको नवप्रवेशी भट्टराईले बताए। केही दिनअघि पनि धेरै को संख्यामा राप्रपा प्रवेश गरेका थिए। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन यतिवेला झापा मै रहेका छन्।

 

थप जानकारी