नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छिमाया कोजुले १२ औं काठमाडाैं म्याराथनमा जित आत्मसाथ गर्न सफल भएका छन् ।
हेमलालले ४२.१९ कि. मि.को दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा सेनाका राजन खत्री र तेश्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले २ घन्टा, २३ मिनट ३३ सेकेन्डमा र राईले २ घन्टा २४ मिनट ३१ सेकेन्डमा पुरा गरे ।
कान्छिले उक्त दूरी २ घन्टा, ५० मिनट ४१ सेकेन्डमा पुरा गरिन् । भक्तपुरकै सरिता वासीले ३ घन्टा ११ मिनट १४ सेकेन्डमा दूरी पुरा गर्दै रजत र राजपुरा पछाईले ३ घन्टा, २४ मिनट ८ सेकेन्डमा दूरी पुरा गर्दै कास्य पाइन् ।
विजयी खेलाडीहरुले क्रमशः पहिलोले ५० हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजार नगद सहित मेडल प्राप्त गरे ।
प्रोस्पोर्टस प्रा.लि.को आयोजनामा म्याराथन अन्तरगत भएको रोड रेशमा एपिएफका गोपी चन्द्र पार्कीले पहिलो स्थान प्राप्त गरे । उनले १ घन्टा ७ सेकेन्डमा दूरी पुरा गरे । दोश्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले १ घन्टा २१ सेकेन्डमा दूरी पुरा गरे ।
एपिएफकै सन्तोष बिक्रम बिष्टले १ घन्टा २२ सेकेन्डका साथ कास्य पाए । महिला तर्फ सेनाकी बिश्वरुपा बुढाले १ घन्टा १० मिनट ५७ सेकेन्डका साथ स्वर्ण पाईन् । एपिएफकी बिन्द्रा धनकेश्वरी श्रेष्ठले १ घन्टा ११ मिनट ३७ सेकेन्डका साथ रजत र एपिएफकै पुष्पा भण्डारीले १ घन्टा १२ मिनट ३५ सेकेन्डका साथ कास्य पाईन् ।