एजेन्सी
बीबीसी इन्टरपोलका प्रमुख मेंग होंगवेईले घुस लिएको आरोपमाथि अनुसन्धान जारी भइरहेको चीनका अधिकारीले जानकारी दिएका छन् ।
मेंग होंगवेई चीनको हिसारतमा छन् । होंगवेई गत महिना फ्रान्सको लियोनबाट चीन आउने क्रममा हराएका थिए ।
त्यतिबेला उनकी श्रीमतीले मेंग चाकूले इमोजी पठाए खतरामा भएको सन्देश पठाएको जानकारी दिएकी थिइन् ।
इन्टरपोलका अध्यक्ष मेङ होङवेइ नै ‘चीनमा बेपत्ता’
चीनको जन सुरक्षा मन्त्रालयले आफ्नो एक घोषणामा मेंग होंगवेईविरुद्धको अनुसन्धान सही दिशामा अघि बढिरहेको छ र यसले भ्रष्टाचारविरुद्ध चीनियाँ राष्ट्रपति शी जिनपिंगको प्रतिबद्धता झल्काएको बताएका छन् ।
इन्टरपोलका अध्यक्ष मेङले दिए राजीनामा
यसबारे इन्टरपोलले आइतबार एक बयान गर्दै आफूहरुले मेंग होंगवेईको राजिनामा पाएको जसलाई तत्काल स्विकार गरिएको जानकारी दिएको छ ।
यस्तै, मेंग होंगवेईकी श्रीमतीलाई फ्रान्समा अधिकारीले सुरक्षा प्रदान गरेको छ र होंगवेईविरुद्ध अनुसन्धान पनि सुरु गरेको छ ।
हराइरहेका इन्टरपोलका प्रमुख चीनको कब्जामा
इन्टरपोलका प्रमुख बन्नुअघि मेंग चीनमा जन सुरक्षा विभागका उपमन्त्री भइसकेका छन् ।