नेपालमा माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुगेका वेला संस्कृतको पठनपाठन हुने विद्यालय तथा विश्वविद्यालयमा सो पार्टीले विभिन्न खाले आक्रमण गर्यो । पाठ्यक्रममा समावेश गरिएका पाठ्यपुस्तक जलाउने, विद्यालयका पुस्तकालयहरू ध्वस्त पार्ने मात्र नभई संस्कृत पढाउने शिक्षकहरूको हत्या गर्नेसम्मको आक्रमण सस्कृतक्षेत्रले बेहोर्नुपर्यो ।
तर, एक अध्ययनअनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलाई ब्लडप्रेसर, मधुमेह, कोलेस्ट्रोलजस्ता रोगबाट मुक्ति मिल्ने तथ्य उजागर भएको छ । अमेरिकन हिन्दू युनिभर्सिटीले गरेको अध्ययनले संस्कृत भाषाको प्रयोगले मानव शरीरका तन्त्रिका तन्त्र सक्रिय हुन गई सकारात्मक ऊर्जा प्रवाह गर्ने कुरा पत्ता लागेको छ ।
नेपालमा पश्चिमी संस्कृतिले जालो फैलाइरहँदा नेपालको आफ्नै माटोको बहुउपयोगी संस्कृत भाषा भने उपेक्षित बन्न पुगेको छ । पश्चिमा मुलुकहरूले संस्कृतमा भएका अमूल्य निधिको खोजी गरेर त्यसको उपयोगमा लागिरहँदा नेपालीहरू भने यसलाई ‘मृत भाषा’को संज्ञा दिँदै त्यसबाट टाढिन उद्यत देखिन्छन् ।
संस्कृत सबै भाषाहरूको जननी भाषा मात्र नभई अब यो भाषा साँच्चिकै अमृत भाषा भएको पुष्टि भएको छ । देववाणी, गीर्वाणवाणी, सुरभारती आदि नामको पर्याय संस्कृत भाषा महाभारत (नेपाल र भारत)को पुरानो आधिकारिक भाषा हो ।
संसारका प्रचलित भाषामध्ये संस्कृत भाषामा सबैभन्दा बढी शब्दहरू छन् । संस्कृत भाषाको शब्दकोशमा १०२ अर्ब ७८ करोड ५० लाख शब्दहरू समाविष्ट छन् । संस्कृतमा अर्थशास्त्र, गणित, आयुर्वेद, खगोलशास्त्र, ज्योतिष, याेग दर्शनलगायत बहुउपयाेगी विषयकाे अध्ययन हुन्छ ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हो । फोब्र्स म्यागाजिनले जुलाई १९८७ को अंकमा संस्कृत भाषालाई कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेको थियो ।
स्पिच थेरापीमा संस्कृत सहयोगी सिद्ध हुनाका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयोगी भाषा हो । संस्कृत मात्रै एउटा यस्तो भाषा हो, जुन बोल्दा जिब्राका सबै मांशपेशीहरूको उपयोग हुन्छ ।
नासाका वैज्ञानिकका अनुसार जब उनीहरू अन्तरिक्ष ट्राभलर्सलाई सन्देश पठाउँदा अरू जुनसुकै भाषाका वाक्य उल्टिनाले अर्थको अनर्थ लाग्ने, तर संस्कृतको भने वाक्य उल्टे पनि अर्थ नबदलिने विशेषता रहेको छ ।
२०आैँ शताब्दीका सर्वाधिक विशिष्ट वैज्ञानिक अल्बर्ट आइन्सटाइन्ले हिन्दू शास्त्र (जुन संस्कृतमा लेखिएका छन्)ले आविष्कार गरेको गणित नभएको भए संसारका कुनै पनि आविष्कार सम्भव नहुने बताएका थिए । कम्प्युटरबाट गणितको हल गर्ने विधि संस्कृतमा नै बनेकाले पनि आइन्सटाइनको भनाइ पुष्टि हुन्छ ।
जर्मनीका १४ विश्वविद्यालयहरूमा पढाइने संस्कृत भाषालाई युरोपेली लगायत १७ भन्दा बढी देशले प्राविधिक शिक्षाका रूपमा पढाइरहेका छन् ।
त्यतिमात्र नभई नासाले छैटौँ र सातौँ जेनेरेसनका कम्प्युटरमा संस्कृत भाषालाई समावेश गर्न लागेको छ । ती कम्प्युटर सन् २०३४ सम्ममा बजारमा आइपुग्ने बताइएको छ ।
संस्कृतमा भएको ‘ॐ’ शब्दको सही ढंगले उच्चारण गर्दा मात्रै पनि कैयौँ रोगहरूबाट मुक्ति पाउन सकिन्छ । ‘अ’, ‘उ’ र ‘म’ तीन अक्षर मिलेर बनेको ‘ॐ’ले ब्रह्मा, विष्णु र महेश्वरलाई जनाउँछ । हरेकपलबाट