१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी मंगल मंगलबार शुभ। रातो सुन्तला रङ्ग शुभ। पुर्ब दक्षिण शुभ। शिक्षा शिक्षण क्षेत्रमा सफलता प्राप्त हुनेछ। विद्वान ब्यक्तिहरुको संगतले मन फुरुङ्ग हुनेछ । सामाजिक कार्यहरूमा सहभागी हुन पाइनेछ। यदि मेष राशिका जनहरु हुनुहुन्छ र यात्रा गर्दै हुनुहुन्छ भने सजक हुनुहोला । यात्रामा समस्या देखापर्न सक्नेछ । सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने शनिबार आइतबार खरिद न गर्नु होला । नयाँ साधन रेड कलरको शुभ रहनेछ।माया गर्ने मान्छेहरू को जमघट ले गर्दा मन मस्तिष्कमा एक प्रकारको ततङ्ग छचल्कने छ । आनन्द प्राप्त हुनेछ । जन्म घर भन्दा अन्य स्थानमा रहदा शुभ रहने छ यहाँको यो साता । मंगलबार जोर जाम गर्ने योग छ । मंगलबार सम्बन्ध सुधारका पहेलुहरु भेटिन सक्नेछ आइतबार मन खिन्न हुने छ। मंगलबारबाट नयाँ काम सुचारु हुने छ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी शुक्र , शुक्रबार शुभ, पश्चिम् दिशा शुभ। सेतो घ्यु रङ्ग शुभ । तपाईंले बिगतमा गरेको शुभ कर्मका कारण साताको शुक्रबार मान सम्मान पद प्रतिस्ठा पाउनुहुनेछ ।उच्च ओहदाका राजनीतिज्ञ तथा विद्वानहरु संग वाद बिवादको योग छ। मुर्खता रुपि बिवाद नगर्नु होला। पति पत्नी बिचको प्रेम प्रघाढ हुनेछ । यो साता यहाँको गर्भधारणको योग पनि छ । बृष राशीको जेष्ठ सदस्यहरुलाई अलि शारीरिक समस्या हुनेछ। संचित धनको खर्च हुने योग छ। विद्वान जनहरु संगको बहस पश्चात् अध्यन अध्यापनमा एक नया सिराबाट थालनी हुने छ। मुर्खताको कारण र मतमतान्तरण भै बिहिवार मन खिन्न हुनेछ। घांटि सम्बन्धि र फोक्सोमा समस्या देखा पर्नेछ।हड्डी समस्या ले चिन्तित हुनु पर्ने छ। जन्मदिने आमा लाई कष्ट हुनेछ। यहाँको साता मध्यम खालको छ । ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी बुध , बुधबार शुभ, हरियो रङ्ग शुभ, उत्तर इशान दिशा शुभ। मिथुन राशिको साता मध्यमा बुधबार नवीन कार्यको थालनी हुनेछ । बुधबार मान्यजन विद्वत्जन र प्रतिष्ठित व्यक्तिसंग मत-मतान्तरण हुने छ । छरछिमेकीसंग जमिनको सांध किल्ला सम्बन्धि विवाद हुन सक्नेछ। बोलीको वजन सोमबारसम्म कम हुनेछ । सोमबार पश्चात् सुधार हुने छ कार्य । एक ठाँउ देखि अर्को ठाँउ पुग्नु भएको छ भने सिघ्र फिर्ता हुनु होला । ढिला सुस्तीका कारण अधिकृत काम नस्ट हुने योग छ। बुधबारदेखि यहाँहरुको कार्य सम्पादनको क्षेत्रमा प्रसंसा पाइनेछ । गुमेका कार्यहरु आफ्नो वाक कलाको कारणले पुन: पाउनु हुनेछ । यातायात क्षेत्रमा हुनुहुन्छ भने सबारी साधन अदल बदल नगरी चलाएमा लाभ हुने छ । निमोनिया बल्झने भएकोले चिसोबाट बच्नु होला । मान्यजनले दिएको वचन सिरोधार्य गर्नु बेस हुनेछ। (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी चन्द्रमा सोमबार शुभ बुधबार अशुभ । सेतो रङ्ग शुभ, पश्चिम् दिशा शुभ। सम आदरणीय जनहरु यो साता याहाहरुको लागि मध्यम खालको योग छ। पुर्खेउली जग्गाजमिन र आफैले कमाएको धन बाट जमिन खरिदबिक्री गर्दा लाभ हुने योग छ। पुर्व प्रेमिको दर्शन भेटले पुराना सम्बन्धहरु पुन: सुचारु हुनेछ। असमन्जसताको कारण दाम्पत्य प्रेममा खतरा उत्पन्न हुनेछ। साझेदारी व्यापारबाट नोक्सानी बेहोर्नु पर्नेछ ।अत: साझेदारिबाट टाढा रहनु नै बेश हुने छ । बुधबार अपजसको सामना गर्नु पर्ने छ। साताको पुर्बार्धमा अलि कष्ट भएता पनि साताको उत्तरार्धमा सुखद अबसर प्राप्त हुनेछ । मुटु र बाथ सम्बन्धि समस्याले सताउने छ । वचनको गरिमा बचाउन सकेको खण्डमा शुभ पल को आभास हुनेछ । दौडधुप बढ्ने भएकोले शारीरिक थकान हुनेछ।दुई साता सम्म गाईको दुधमा बेसार मिलाइ पिएमा शुभ हुनेछ।
(ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी सुर्य , रविबार शुभ , पुर्ब अग्नि कोण शुभ । रातो रङ्ग शुभ। यहाँको साता फलदायी छ। बालसखाहरुको सहयोगले धेरै समयदेखि अल्झिएका कामहरू बन्ने छन। घमण्ड गर्नाले यहाँहरुको काम नबन्न पनि सक्छ । घमण्ड त्याग्नु नै श्रेयकर हुन जाने छ । काम थालनी गर्दा आत्मबल, आत्मबिश्वास, उच्च मनोकामनाका साथ गर्नु भएमा गरेका काम सफल हुनेछ । आइतबार शुभ समाचार सुन्न पाइने छ। आफन्त जनहरुले बाधा पुराएको सम्बन्ध पुन सुचारु हुनेछ । आफन्तहरूको सहयोग स्वीकार युक्तिले गरेका कर्महरु सिद्ध हुने छ । उत्ताउलो पन नदेखाएकोमा नै बेस हुन्छ नत्र दु:खको सामना गर्नु पर्ने छ। पेट सम्बन्धी समस्या हुन सक्ने छ। कब्जियत हुने भएकोले पानीको मात्रा बढाउनु पर्ने छ।अन्तत साता को अन्त्य मा सबै पुरानो रोग हरु निको भै आन्नदित हुने छ मंगलबार चोट लाग्न सक्ने छ । साताको अन्तमा धनार्जन गर्न सक्नु हुने छ । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि बुध , बुधबार शुभ , सोमबार अशुभ , बोलिचालीमा सुधार गरेमा मधुर वचन बोलेमा न बनेका कामहरु पनि बन्ने योग छ। कामलाई प्राथमिकता दिएमा सामन्य खालको कामदारको लागि पनि यो साता फलदायी छ । माता पिता गुरु जनको आशीर्वचन मानेको खण्डमा आम्दानीमा बढोत्तरी हुने योग छ। मान सम्मानको योग छ । लघु बित्तीय क्षेत्रमा लगानी गर्दा शुभ हुनेछ । नशा सम्बन्धि समस्या का कारण मस्तिष्कमा समस्या देखा पर्ने छ । सोमबार बादबिवाद हुने भएकोले सजग हुनु पर्ने छ। रियलस्टेडको कामको थालनी गर्दा शुभ हुनेछ। बुधबार गुप्त धनार्जन हुने योग छ। खनिज पदार्थ र धातुजन्य बस्तुको व्यवसाय गरेमा फलदायी हुनेछ। तेल सम्बन्धि कारोबारले पनि प्राथमिकता पाउनेछ । चेलीबेटीलाई सम्मान गरेको खण्डमा शुभ हुनेछ ।(ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
तुला को राशी स्वामी शुक्र , शुक्रवार शुभ , शुभ रङ्ग सेतो घ्यू रङ्ग शुभ दिशा पश्चिम् वायु कोण
यहाँको यो साता कला शाहित्य क्षेत्रमा उन्नतिको योग छ । कला शहित्यमा नाम कमाएका व्यक्तिको संगतले मन रमाउनेछ। नोकरी अर्थात जागिरमा यहाँको कामको कदर भै पदोन्नति हुने योग छ । यहाँको उन्नति देखेर समकक्षि सलबलाउन थाल्ने छन । ईष्र्या गर्नेको संख्या बढ्ने छ। यहाँलाई दैनिक कर्मबाट सन्तुष्टि मिल्ने छ। व्यापार व्यवसायबाट प्रगतिको योग छ । विद्यार्थी जनहरुको लागि अध्ययन अध्यापनमा सफलता पाइने छ । यदि यहाँ नोकरी वाला हुनुहुन्छ भने राज्यस्तरको जिम्मेवारी पाउनु हुनेछ। तर साताको अन्तमा परिवारमा आउने कलहले मन खिन्नता हुने छ। ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी मंगल , मंगलबार शुभ आइतबार अशुभ , रातो रङ्ग शुभ । पुर्व अग्नि कोण शुभ । सम आदरणीय बृश्चिक जन यो साता सबारी साधन बाट अलि होसियार रहनु होला चोटपटक को योग छ। आफन्त जनसंग रमाइलो भेटघाट ले मन सकारात्मक हुने छ। परिवार मा सुख समृद्धि बढ्ने छ।सन्तान सुख को समय छ।आफ्नो स्वकिय धन बाट गरेको लगानीमा गरेको काम बाट मनज्ञ धनार्जन गर्न सकिने छ।विद्युतिय व्यवसायबाट आम्दानीको योग छ । विद्युतिय ब्यबसाय को साखा बिस्तार गर्ने योग छ। बिगतमा बिगृयको स्वास्थ सुधार हुने छ । मनमा शान्ती छाउने छ।आइतबार लाल्छना लाग्ने योग छ । साथै अपजस पनि खेप्नु पर्ने छ। आइतबार स-पिण्डिका भ्रातृ हरुले अलिक समस्या मा पर्न सक्नेछ्न अत सावधान । यहाँहरुले मंगलबार नवीन कार्यको थालनी गर्न सक्नुहुनेछ । सम आदरणीय मंगल को कामना गर्ने जनहरु यहाँहरु लाई यो साता कम्मरमा समस्या हुने योग छ (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वामी गुरु ,शुभ बार बिहीबार अशुभ बार शुक्रबार । पहेँलो रङ्ग शुभ पुर्ब इशान कोण शुभ। धनुजनमा सामाजिक क्षेत्रको बिकृतीले मनमा डढेलो लाग्नेछ । समाज परिवर्तनको निमित्त कलम चलाउन मन लाग्ने छ । दौडधुपमा समय व्यतित हुनेछ ।आफ्नो स्वकार्य भने जतिको सफलता प्राप्त हुने छैन । आशा गरिएको जन र आफन्त साथीहरूबाट राजनैतिक , आर्थिक र सामारिक धोका हुने योग छ। गुप्ताङ्ग तथा छाला सम्बन्धी रोगले पिरोल्ने छ। शुक्रबारको दिन आफुले नै सहयोग गरेको जनबाट धोका हुने योग छ। न्याय सम्बन्धी नया काम प्राप्त हुनेछ । आफन्त र रगतको नाताले भन्दा साथी संगीले सहयोग गर्नेछ्न । आम्दानी मा ह्रास आउनाले मन खल्लो हुनेछ।बिगत केही समय देखि गडेर बसेको द्विबिधा र समस्या अन्त भै सकुन मिल्ने छ। धर्म कर्म मा ध्यान जाने छ अर्थात मन जाने छ । बिलासिताको साधन खरिद हुनेछ (ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी शनि , शनिबार शुभ, आइतबार अशुभ ।पश्चिम नैऋत्य कोण शुभ । कालो निलो शुभ । साताको मध्य समयमा नया सबारी साधन खरिद गर्ने योग छ। यहाँहरुको साता शुभ फलदायी छ। विद्यार्थीजनको निमित्त यो साता उन्नत खालको छ । वैदेशिक यात्राको प्रबल सम्भावनाको योग बनेको छ । नयाँ कामको थालनी गर्दा समय र अर्थको बिचार गर्नु पर्ने छ। आफन्त इस्ट मित्रहरू संग रमाइलो भेटघाट हुनेछ। आइतबार गर-गहना हराउने योग भएको हुनाले अलि सावधान रहनु होला । साताको उत्तरार्ध शुभ समाचार प्राप्त हुनेछ। कएन सातादेखि नबनेको कामहरु सुचारु हुने छ। पुर्खेउली सम्पतीमा बिवादको योग छ । जांघ सम्बन्धी र ढाडमा समस्या देखा पर्ने छ। समस्त कष्ट निवारण हेतु शिवार्चन गर्नु बेस हुन जान्छ ।अन्त मा आयआर्जन को पाटो सुधारिने छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी शनि , शनिबार शुभ , आइतबार अशुभ , पश्चिम वायु कोण शुभ। कालो ध्वांसे रङ्ग शुभ । थाइराइदड सम्बन्धी रोगले घाटिमा समस्या प्राप्त हुनेछ। नशासम्बन्धी समस्याले पिरोल्ने छ । शनिबार बाट आर्थिक बढोत्तरिको निमित्त नवीन मौका प्राप्त हुनेछ । यो साताको शनिबारबाट नै आर्थिक उन्नति हुनेछ । नसोचेको ठाउँबाट धनार्जन हुनेछ। पति पत्नी बिच नयाँ खालको मिलाप हुनेछ । प्रेमी-प्रेमिकाबिच नयाँ सद्भाव बढ्ने छ । अनौठो नयाँ प्रेमको प्रस्ताव आउनेछ । दैनिक कार्यमा आइतबार समस्या आउने छ। आइतबार मन खिन्न हुने छ । उत्तर पश्चिम दिशा भएको देश अर्थात बिदेश गएमा धनार्जन र पठनपाठन गर्ने सकिने छ र शुभ पनि रहेको छ। विद्यालय स्तरका अर्थात बाल सखाबाट महत्त्व पुर्ण सहयोग मिल्ने छ। पिडुल्लामा र घुडामा समस्या उत्पन्न हुनेछ । प्रेसर लो हुने भएकोले खानपानमा ध्यान दिनु पर्ने छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी गुरु , गुरुबार शुभ , शुक्रबार अशुभ ।पुर्ब दिशा शुभ। पश्चिम्अशुभ । पहेलो सेतो रङ्ग शुभ । वैवाहिक सम्बन्धको लागि इस्ट मित्रबाट कुरा आउने छ र साथै यो साता कुमार कुमारी बिवाहा योग्य जनहरुको विवाह टुंगो पनि लाग्ने छ। शिक्षा शिक्षण मा लगानी गर्दा सफलता पाइने छ। प्रेम सफल हुनेछ। बिगत देखिको असान्त मन शान्त रहने छ। व्यापार बन्दोबस्तमा सोचे अनुरुपको लाभ पाइने छ। बिहिवार रमणीय स्थानमा घुमघाम गर्ने शुभअबसर प्राप्त हुने छ। साताको उत्तरार्धमा आर्थिक लाभ हुने योग छ । पैतालो गोडामा समस्या प्राप्त हुनेछ शुक्रबार बिछोडियको प्रेमीको कारण केही तनाव सृजना हुनेछ । नशा सम्बन्धि समस्याले पनि ग्रस्त बनाउने छ । मान्यजनसंगको व्यबहार सुमधुर बनाएमा दीर्घकालीन समय सम्म शुभ फल प्राप्त हुनेछ। (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५ ११:१५