१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी मंगल मंगलबार शुभ। रातो सुन्तला रङ्ग शुभ। पुर्ब दक्षिण शुभ। पारिवारिक सहयोगमा महत्वपुर्ण कर्मको सम्पादन हुने योग रहेको छ । अध्यात्म शिक्षा शिक्षणमा सोचे अनुरुपको सफलता प्राप्त हुनेछ । आफन्त जनहरुमा लेनदेन सम्बन्धि झैझगडा हुनेछ। सजग हुनु होला । व्यापार बन्दोबस्तका पाटाहरु फस्टाउने छ । मंगलबार कार्य बन्ने योग छ । आइतबार अलि अलि तनावको सामाना गर्नुपर्नेछ। यात्रा गर्दै हुनुहुन्छ भने यहाँको अलि खर्च हुने योग छ । सामाजिक कार्यमा सहभागी हुन पाइने छ । पुराना मित्रहरुसंग भेटघाट हुनेछ । प्रेमिप्रेमिकाबिच मिलापको योग छ। कब्जियत सम्बन्धी समस्याले सताउनेछ । बुधबार अकस्मात धन आर्जन हुने योग छ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी शुक्र , शुक्रबार शुभ, पश्चिम् दिशा शुभ। सेतो घ्यु रङ्ग शुभ । अध्यन अध्यापनमा नसोचेको खर्च हुने योग छ । प्रेमिप्रेमिकाका लागि शरदकालिन महक प्राप्त हुने प्रबल योग रहेको छ । वैदिक कर्म वैदिक लेख लेखनमा रुचि बढने योग छ । कला शाहित्यमा बढी रुचि हुनेछ । यस राशीका जनहरुलाई यो साता राजनीतिमा बाधा अडचनको योग रहेको छ । सबारी साधनबाट यात्रा गर्दै हुनुहुन्छ भने साबधान हुनुपर्ने छ । अन्य ब्यक्तिहरुको लगानीमा गरिएको कामले उन्नतिको शिखर चुम्ने छ । बिगतमा बिग्रीएको स्वास्थ्य क्रमिक रुपले सुधार हुनेछ। अनावश्यक चिन्ताले गर्दा मन अशान्ती हुने र मन मलिन हुने योग छ । चिन्ता नलिनु नै बेस हुन्छ । ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी बुध , बुधबार शुभ, हरियो रङ्ग शुभ, उत्तर इशान दिशा शुभ। शुभ मांगलिक कार्यमा सरिक हुन पाइने छ । आय आर्जनमा बढोत्तरी हुनेछ । साता संतोषजनक पनि हुनेछ । बिगतदेखि रहेको स्वास्थ्यको समस्या आंसिक रुपमा सुधार हुँदै जानेछ । कामको खोजीमा निक्लनु भएका सदस्यहरुको निमित्त यो साता अति फल दायक छ । सामन्य बिवादले झैझगडा सम्म हुने भएको ले साबधानी हुन नै श्रेयकर हुन जाने छ । खर्च बढ्नुका साथै मन चन्चल पनि हुनेछ । परिवारमा अंश सम्बन्धि झमेला हुने योग पनि छ । सोमबार अपजसको सामाना गर्नु पर्नेछ । बुधबार नबनेका काम हरु बन्ने छ।बिहिवार छाती सम्बन्धि रोगले सताउन सक्ने छ । चिसोबाट बच्नु होला । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी चन्द्रमा सोमबार शुभ बुधबार अशुभ । सेतो रङ्ग शुभ, पश्चिम् दिशा शुभ। सोमबार भुमी वाहान को जोडजाम गर्ने योग छ । भुमीबाट लाभ लिन सकिने छ । आदरणीय सोम राशी स्वामी हुने जनहरु यहाँहरुको परिवारमा मांगलिक कार्यको योग रहेको छ । यहाँले मांगलिक कार्यमा सहभागी हुन पाउनुहुनेछ। आकस्मिक नसोचेको यात्रा गर्नु पर्नेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । यहाँहरुले गरेको प्रगती देखेर बुधबार शत्रुहरु सलबलाउन सक्नेछन । सोमबार बर्सौ देखि नबनेको काम बन्ने छ । न्यायसंगत काम मा सफलता प्राप्त हुनेछ । मुटुमा सामान्य समस्या देखा पर्नेछ साबधान हुन आवश्यक छ ।
(ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी सुर्य , रविबार शुभ , पुर्ब अग्नि कोण शुभ । रातो रङ्ग शुभ। यो साता यहाँहरुलाई मान सम्मान को योग छ । विद्वानहरुको संगतले मनमा रहेको संका तथा उपसंकाहरु दुर भएर जानेछ । संचारको क्षेत्रमा मा प्रगती हुने योग छ । कला साहित्य लेखनमा अभिरुचि भै प्रगती सकिने छ । नेत्र सम्बन्धी समस्याले सताउनेछ । वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने यो साता बृस राशिलाइ अशुभ रहेको छ अर्थात काम निस्पन्न हुन सक्ने छैन । शिक्षण क्षेत्रमा प्रगतीको योग रहेको छ । शिक्षामा लगाएको धनले प्रगती हुनेछ। आयाअर्जन सामान्य रहेको छ । शनिबार स्वास्थमा समस्या देखा पर्ने छ । नसा सम्बन्धि समस्याले शनिबार तनाव हुने छ । आइतबारदेखि रोकिएका काम हरु सुचारु हुने छ । बिहिवार अचानक यात्राको योग रहेको छ । दाम्पत्य जिवन सुमधुर रहने छ। सरकारी लाममा उल्झन आउने छ । नखाएको बीस लाग्ने योग छ । धैर्य रहनु होला। सामाजिक क्षेत्रमा गरेको कामको जस भने साताको अन्तमा पाइनेछ । पेटमा अपच को कारण ले समस्या हुने छ ।खरो बानि का कारण बनेका काम पनि बिग्रन सक्नेछ । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि बुध , बुधबार शुभ , सोमबार अशुभ , शरदकालिन प्रेम प्रघाढ रहनेछ। पति पत्नीबिच सुमधुर सम्बन्ध को योग छ । गर्भ धारण गर्ने योग छ । अंशबण्डाको योग र जमिन खरिद बिक्रिको प्रबल योग रहेको छ । पारिवारिक सद्भावको कारणले सुखानुभुती गर्न पाइनेछ । सोमबार अनावश्यक खर्च र वादबिवादका कारण मन चिन्तित रहने छ । ठग प्रवृत्ति भएका आफन्त जनले गुम्राहामा पार्ने छन । सामुहिक लगानी अथवा सामुहिक कार्यले सफलता पाउनेछ । कम्मर र गुप्ताङ्गमा समस्या देखा पर्ने छ। साताको उत्तरार्धमा सुरुमा भएको स्वास्थ सम्बन्धी समस्या दुर भएर जाने छ। (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
तुलाको राशी स्वामी शुक्र , शुक्रवार शुभ , शुभ रङ्ग सेतो घ्यू रङ्ग शुभ दिशा पश्चिम् वायु कोण
बिवाह भोज ब्रतबन्ध जस्ता मांगलिक कार्यहरुमा मन जाने छ र सरिक हुनपाइनेछ। सीपको सदुपयोगले नवीन रोजगार प्राप्त हुनेछ । शिक्षा शिक्षणमा गरिएको लागानीले मुनाफा कमाइनेछ । बिलासितामा मन जाने र बिलासिताका खरखजाना र सामाग्री जोड जामको योग रहेको छ । बिगतमा गरिएको सत्कर्मको प्रभावले महत्त्वपुर्ण कर्महरु फत्ते हुने छन । बर्सौ बर्ष देखि बिछोडिेका मित्र बाल सखा ससखीसंग मेल मिलाप को योग रहेको छ । साताको पहिलो दिन शुभ कर्मका साथै शुभ समाचार र आम्दानीका स्रोतहरु फेला पर्ने छ । आइतबार र बिहिवार अपजसको योग छ। पित्त र पेको आन्द्रामा समस्या देखा पर्ने छ भोजन मा सावधान अपनाउनु पर्ने छ। ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी मंगल , मंगलबार शुभ आइतबार अशुभ , रातो रङ्ग शुभ । पुर्व अग्नि कोण शुभ । शिक्षा शिक्षणमा प्रगति हुने योग छ । दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध रहने छ । प्रेमी प्रेमिका बिचको सम्बन्ध सुधार हुने योग छ । शत्रुताका व्यबहार आफन्त जनले गरे पनि तपाईंको कर्म प्रधानले गर्दा तपाईंको नै जित हुने छ । भ्रामरीको कारणले यहाँको साता स्थानान्तरणको योग प्रबल रहेको छ । मन चन्चल हुने छ । बिवाह भोज भतेरमा सहभागी हुन पाइनेछ। आय आर्जनको माध्यम ब्यापारमा सफलता र उन्नको योग छ। आफुले गरि आएको कामको बिस्तार गर्ने योग छ । आइतबार आयार्जनमा अधोन्न्ती हुनेछ । आइतबार शत्रुता बढ्ने छ । छाला सम्बन्धि रोगले सताउने छ । बोलीमा खरो पन बढी हुने भएकोले अलि नरम पन देखाएमा कार्य सप्पन्न हुने छ । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वामी गुरु ,शुभ बार बिहीबार अशुभ बार शुक्रबार । पहेँलो रङ्ग शुभ पुर्ब इशान कोण शुभ। धनु जनहरुका लागि यो साता सामन्य रहेको छ । पारिवारिक समस्या बढ्न गई तनाव हुने छ । जग्गा जमिन सम्बन्धि बिवाद बढी तनाव उत्पन्न हुने छ। धेरै बोल्नुको आलवा थोरै बोल्नु नै श्रेय हुनेछ । सामाजिक कर्ममा समय बित्ने छ ।आफन्तले धोका दिएता पनि साथीसंगीको सहयोगले बिग्रीसकेको काम पनि सुचारु हुन्छ । साताको अन्तमा सोचे अनुरुपको आमदानी हुनेछ। तनावको कारणले पठनपाठनमा भने अबरोध आउने योग छ । यहाँहरु धनु जनहरु गृहदेखि टाढा भएर काम गरेको खण्डमा भने आयआर्जनको नाया स्रोत फेला पर्ने छन । धर्म कर्ममा मन जाने छ ।
मान्यवरहरुको सर्सल्लाम गरेको कामले सफलता पाउनेछ। नशा तथा हाड जोर्नी सम्बन्धि समस्या ले सताउनेछ । गुप्ताङ्ग तथा छालामा समस्या देखा पर्ने छ । (ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी शनि , शनिबार शुभ, आइतबार अशुभ ।पश्चिम नैऋत्य कोण शुभ । कालो निलो शुभ । बिगत देखि भै रहेको स्वास्थ्य सम्बन्धि समस्या समाधान हुनेछ । स्वास्थ सुधारका कारण मनमा आनन्दको महसुस हुन्छ। वैदेशिक रोजगारीको अबसर प्राप्त हुनेछ । महत्त्वपुर्ण कर्ममा सहभागी हुन पाइने छ । सामाजिक सभा सम्मेलनमामा सहभागी हुन पाइनेछ। दाम्पत्य जीवन मा सुमधुर सम्बन्ध हुने छ । प्रेमी प्रेमिकाबिच माया प्रेम अंकुरण हुने योग छ। दौडधुप बढनुको कारण थकानको महसुस हुने छ साताको पुर्बार्धमा सामाजिक क्षेत्रमा मन जाने भएकोले शिक्षामा समय अपुग हुने छ । पारिवारिक सद्भाव बढ्ने छ । कार्य क्षेत्रमा पदोन्नति हुने छ । हड्डि सम्बन्धि समस्या आई लाग्ने छ । शरीरमा पानीको मात्रा कम हुनेछ, पानी को मात्रा बढाउनु पर्ने छ । शनिबार शुभ समाचार सुन्न पाइने छ । आइतबार धन हानी को योग छ । ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी शनि , शनिबार शुभ , आइतबार अशुभ , पश्चिम वायु कोण शुभ। कालो ध्वांसे रङ्ग शुभ । कुम्भ राशीका जनको लागि यो साताको पुर्बार्धमा साझेदारी काममा टकराव आउने छ । व्यापारमा कमि आउने योग छ । सामाजिक काममा समय व्यतित गरेर समय भुलाउन कोसिसमा समय जाने छ । एकान्तपन मन पर्ने र कला शाहित्य तथा लेखन क्षेत्रमामा मन जाने छ। अध्यन अध्यापनमा एक्कासि प्रगति हुनेछ । यहाँ ले समय को सदुपयोग गर्न नजाने को कारण जस भन्दा अपजस को सामाना बढी गर्नु पर्ने हुन्छ ।मन थिर नहुदा अनावश्यक झमेला झन्झटिलो यात्रा गर्दै मा समय बित्ने छ ।प्रेसर लो हुने योग छ ।पिडुल्ला दुख्ने समस्या ले सताउने छ ।साता को अन्त मा भने परिवार को सहयोग का कारण आंशिक काम बन्ने योग छ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी गुरु , गुरुबार शुभ , शुक्रबार अशुभ ।पुर्ब दिशा शुभ। पश्चिम्अशुभ । पहेलो सेतो रङ्ग शुभ । शिक्षा प्रेमीहरुलाई यो साता उत्तम रहेको छ
शिक्षामा लागाएको लागानीको प्रतिफल राम्रो पाइनेछ। आयाआर्जनका नया नया सम्भावनाका स्रोत फेला पर्ने छ । नव जोडी प्रेमी प्रेमिका बिचम सौहार्द व्यबहार हुनेछ । अन्तरजातीय प्रेमी प्रेमिकाको लागि भने यो साता बाधक रहेको छ। साथीसंगीहरुको विशेष सहयोगका कारण महत्त्वपूर्ण काम बन्ने छ । अनेक बाहानामा खर्च बढन गई तनाव पनि हुनेछ। सामाजिक काममा गरेको काम को प्रतिफल पाइनेछ । गोडा सम्बन्धि समस्या आई लाग्ने छ । छाला सम्बन्धि समस्याले पनि सताउने छ। बिदेशमा रहेका जनलाई भने यो साता आम्दानी गर्ने अबसर रहेको छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५ १३:३७