१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
आफन्त जनको सहयोगले गरेका हरेक कर्म अर्थात कार्य सफल भएर जानेछ । बृश्चिक राशीमा मंसिर १ गतेदेखि सुर्य नारायण प्रवेश हुने हुँदा यो साता उर्जा सम्बन्धि कार्य थालनी गर्दा साबधानी अपनाउनु पर्नेछ । कब्जियत सम्बन्धि समस्या हुने छ । सबारी साधन खरिद बिक्रीको योग रहेको छ । चेरी कलरको सबारी साधन खरिद गरेमा शुभ हुनेछ । लिभिङ्ग- टुगेदरमा रहने जनहरु र प्रेमी प्रेमिकाको निमित्त अशुभ रहेको छ। शिरमा सामान्य समस्या देखा पर्नेछ। आइतबार मानसिक तनाव बढी उल्झनमा परिने छ । मंगलबार शुभ कार्यको थालनीको योग छ शुक्रबार धन आगमनको योग रहेको छ । कब्जियत निबारण हेतु ३० ग्राम सौफ ३० जिरा र १० ग्राम बिरे नुन मिक्स गरि धुलो बनाई भोजन पश्चात् १ गिलास तातोपानी वा दुधमा १ चिया चम्चाको एक चम्चा ओखती मिलाई पिएमा कब्जियत निको हुने छ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
बृष राशीको लागि यो साता सामान्य रहेको छ ।
साताको पुर्बार्धमा नयाँ शुभ समाचार सुन्न पाइने छ । शुक्रवार दुग्ध जन्य पदार्थको कारोबारले आर्थिक उन्नति हुने छ । सबारी साधनको सुक्री बिक्री गर्ने योग भएको कारण अलि सचेत भएमा शुभ रहने छ । दाम्पत्य जीवन सुमधुर रहने छ भने प्रेमी प्रेमिकाको निमित्त भने खासै राम्रो रहने छैन । जमिन सम्बन्धि कारोबार रियलस्टेड जन्य काममा सामन्य सुधार हुनेछ। यदि यहाँ सबारी बहाक हो भने फेर बदल गरि साधन चलाएमा शुभ रहने छ । आर्थिक रुपले यो साता सामन्य रहदा रहदै पनि स्वास्थको कारण खर्च बढ्ने योग छ । मुत्र बिकार को कारण मूत्राशय जलन हुने छ । बिहिवार शत्रु हाबी रहने छन साबधान । बुधबार नयाँ बिपरित लिङ्गसंगको भेटले मन आनन्द हुनेछ । शुक्र कमिको समस्या हुने छ । मूत्राशय र शुक्रको निमित्त स्वदेशी चामल धोएको चौलानी एक लिटर लिने र त्यसमा काल्फी मिश्रि मिलाई ढक्कन लगाई रातमा राख्ने भोलि पल्ट बिहान करिबन ५ बजे उठेर सो चौलानी साराबारा गरि खाएमा मूत्राशय जलन सम्बन्धि समस्या दुर हुने छ । ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
मिथुन राशी हुने जनहरुको निमित्त यो साताको उत्तरार्धमा अर्थात अन्तमा आर्थिक लाभ रहने छ। व्यापार बन्दोबस्तबाट मनगन्य आर्थिक लाभ मिल्ने छ । साथीसंगीहरु संगको सहकार्यबाट गरेको कामले सफलता पाउने छ । इष्टमित्रको सहयोगमा महत्वपूर्ण कार्य बन्नेछ । सबारि साधन वा यात्रा नगरेको खण्डमा शुभ रहने छ । सामाजिक संजाल तथा सामाजिक सेवामा मन जाने छ र सामाजिक पद प्रतिष्ठित व्यक्तिबाट सम्मान पाइनेछ । शिक्षा शिक्षणमा नसोचेको फल पाइने छ । सोमबार शत्रु पक्ष हाबी रहने छ्न । बिहिवार आफन्त जनको भनाईले मन कुडिने छ । बुधबारदेखि शुभ कर्मद्वारा सम्मुनत हुन पाइने छ। नशा सम्बन्धी समस्या देखा पर्ने छ । चिसोको कारण स्वास प्रस्वासमा समस्या देखा पर्ने छ । बोलीको प्रभावले बढी नबनेका कामहरु पनि सुचारु हुने छ । स्वास प्रस्वासको निमित्त इलाइची दुई दान दुई लिटर पानीमा राखी उमाल्ने र सोको बास्प लिएको खण्डमा आराम मिल्ने छ । सबै कष्ट निबारन हेतु चेलीबेटी भान्जि अथवा छोरीहरूलाई हरियो सृंगार दान गरेमा शुभ रहने छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
यो साता कर्कट रासी हुने जनले जग्गा जमिन सम्बन्धि काम गरेको खण्डमा आर्थिक लाभ मिल्ने योग छ । रेस्टुरेन्ट तथा होटेल सम्बन्धि कारोबार फस्टाएर जाने छ । मिस्ठान्न भोजन र रमाइलो तर्फ मन जाने छ । घरदेखि टाढा रहनु पर्नेछ अर्थात यात्राद्वारा शुभ हुनेछ । साताको उत्तरार्धमा आम्दानीका पाटाहरु खुल्ने छन । मनमा शान्ती छाउने छ । शनिबार मन असान्त रहने छ । आइतबार सम्बन्धिबाट सहयोग प्राप्त हुने योग रहेको छ । सोमबार देखि नबनेका काम हरु सुचारु रहने छ । बिहिवार अलि आर्थिक ब्यय हुने योग छ । बिहीबार आफन्तले लाल्छ्ना लाउने छन साबधान रहनु होला । अध्यन अध्यापनमा सफलता प्राप्त हुनेछ । रसिक जनहरुसंगको जमघटले मधुर भोजन र प्रेममिलाप हुने छ । यौनिक गतिविधिमा सहभागी भैएला । रक्त र मुटुमा अलिक खराबी हुन सक्ने हुदा खानपानमा ध्यान दिनु होला । मुटु रक्षार्थ कर्क राशीका जनहरुले यो साता विशेष गरि सात्विक भोजन गर्दा शुभ रहने छ । दैनिक मनतातो गाइको दूधमा एक चिमटी बेसार मिलाइ पिएमा खुन सफा भै मुटुलाई आराम मिल्ने छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
धेरै समयदेखि नबनेको काम बन्नाले जीवन यापन म परिवर्तन आउनेछ । प्रेमीसंगको मिलनले गर्दा टाढा यात्रा हुने छ । मिलापको योग रहेको छ । साताको पुर्बार्धमा सहज खाल्को काम हुने छ । साथीहरूको सहयोगमा राम्रो काम हात लाग्ने छ । घरमा नवजात शिशुको आगमन रहने छ सिसुको आगमनले मन फुरुङ्ग हुनेछ । परिवारका जेष्ठ सदस्यहरुको स्वास्थ मा समस्या आई लाग्ने छ । अत : अलि तनाव महसुस हुनेछ । खर्च बढने छ। शिर्दोसको समस्याले सताउने छ । आइतबार नसोचेको धन हात लाग्ने छ । शनिबार पिता प्रपितासंग मनमुटाव हुने छ । मंगलबार प्रेम गरेको जनले धोका दिने छन र मन असान्त हुने छ।। शिरदोस हटाउन रुधिलोको पात करिब करिब १० पत्ता टिपेर ल्याइ बेसार नुन पानीमा उमाली रुधिलो को काढा पिएमा सिर दोस निको हुने छ । आकर्षंण हेतु ललाटमा राती चन्दन लगाएमा शुभ रहने छ । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार: सोमबार,
शरदकालिन प्रेम प्रघाढ रहनेछ । यो राशीको निमित्त साता पुर्न फलदायी रहेको छ । बोलिको प्रभावका कारण जग्गा जमिन आदिबाट पुर्न रुपमा आम्दानी हुनेछ । उत्तर पश्चिम् सम्बन्धि वैदेशिक रोजगार र बिदेश पठाउने कामबाट आम्दानी हुने योग छ । सरकारी वा अर्ध सरकारी जागिरमा अबसर प्राप्त हुने योग छ । लोक सेवाको तयारी गर्दा शुभ हुने योग छ । इष्टमित्र साथीभाईले सहयोग गर्नेछन । इष्टमित्र र सम्बन्धिहरुसंग प्रेम मिलापको योग रहेको छ । प्रेमीको हातबाट उपहार पाइने योग छ । दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध रहने छ । जागिरमा उन्नति हुने छ। टाढिेएका दाजुभाइ आफ्नो सत्कर्मको प्रभावले नजिक हुने छन । सोम बिहीबार अलि अशुभ समाचार सुन्नु पर्ला । बुधबारदेखि काम बन्ने छ । बुधबार प्रेम प्रस्ताव आउनेछ । नशा सम्बन्धि रोगले तनावग्रस्त हुने योग छ । आफन्तहरु मध्यबाट कोइ एकको अशुभ समाचार सुन्नु पर्ने छ । अज्वाइनको तेल गुनगुनाहट सांझ सुत्ने समयमा हल्का हल्का दर्द भएको ठाउमा मालिस दैनिक गर्नाले आराम मिल्ने छ । यो साता देबिको पुजन वा दर्शन गर्नुस अशुभ फल पनि शुभ हुने छ।(ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
शत्रुहरुले केही बाधा अड्चन गर्ने योग छ । साता सामन्य नै रहेको छ । साताको पुर्बार्ध मा नै आम्दानी का सोर्स हरु देखा पर्ने छन । शिक्षा शिक्षण का पाटाहरु समृद्ध हुने योग छ ।आफन्त घर परिवार बाट येथेस्ट सर सल्लाह र सहयोग मिल्ने योग छ ।आफ्ना साथिभाइहरुले धोका देलान् । लेनदेनमा किचलो हुने योग छ। धेरै समय सम्म चलेको प्रेम नाता मा परिणत हुने भएकोले कुटुम्बले गरेको प्रस्ताव स्विकार्नु श्रेयकर हुन जान्छ । जमिन सम्बन्धि कारोबार ठिक छैन यो साता।प्रसासन र आर्थिक बिभाग पट्टिबाट आम्दानी हुनेछ । सहकारी बित्तीय क्षेत्रबाट पनि सफलता पाइने छ । दैनिक कार्यमा सफलता हासिल गरिने छ। आइतबार शुभ समाचार सुन्न पाइने छ। बुधबारदेखि सामान्य प्रगति हुने छ । नेत्र बिकारको योग रहेको छ । पिसाबमा इन्फेक्सन हुने सम्भावना बढी छ । घृत कुमारीको गुधी मिश्रि संग पान गरेमा नेत्र जलन बाट मुक्ती पाइने छ ।ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण ।
यो साताको मंगलबार बाट आर्थिक पाटा हरु सुचारु भै मन आनन्द मय हुने छ ।समाजिक कार्य मा सभागी हुन पाइने छ । सामाजिक क्षेत्रमा गरेको कार्य ले गर्दा मान सम्मान प्राप्त हुने छ। परिवामा सुख शान्तिको योग रहेको छ। दैनिक गर्ने कामको क्षेत्रमा अलिक होस पुराउन पर्ने हुन्छ। होस नपुर्याइ गरेको कामले पछि पिरोल्न सक्ने छ । शिक्षा शिक्षणमा प्रगतीको योग रहेको छ । साथीहरूबाट सहयोग लिन सकिने छ। शुक्रबार , आइतबार सामान्य रहेको छ । आम्दानीका हिसाबले मंगलबारबाट कामहरु सुरुवात हुने योग रहेको छ । बिहिवार मान्य जनबाट स्याबासी र तारिफ पाइने छ। पेटमा समस्या रहने छ । कब्जियत सम्बन्धी समस्याले सताउने छ । तरल पदार्थको कारोबारले उन्नति गराउने छ । ३० ग्राम सौफ , ३० ग्राम जिरा, १० ग्राम बिरे नुन मिक्स गरि पिधी तातोपानी संग दैनिक सेबन गरेमा आराम हुने छ ।
(ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान कोण शुभ। राजनीति र समाजनीतिको क्षेत्रमा सम्मान प्राप्त हुने छ। पुराना कामलाई निरंतरता दिदा शुभ रहने छ । आफन्त साथिभाईबाट कुरा काट्ने तर सामुन्ने केही गर्न भने सक्दैनन् । यात्रामा मन दङ्ग रहने छ। नयाँ सबारी साधन जोडजामको योग रहेको छ । आफुले गरेका ब्यक्तिगत क्षेत्रमा पनि केही कष्ट सहनु पर्ने छ । न्यायिक क्षेत्रमा सफलता प्राप्त हुनेछ, धर्म कर्ममा बिश्वास जागेर आउने छ। जग्गा जमिनबाट आम्दानीको योग रहेको छ। दैनिकि कार्यलाई यथावत राखेको खण्डमा शुभ रहने छ । सहपाठीले ईष्र्या गर्ने छन । गुमेको धन आउन गारो हुने छ । सरकारी पदस्थ व्यक्तिको स्थानन्तरनमा ढिलाई हुने योग छ । पुर्खेउली सम्पत्तिले गर्दा महत्वपूर्ण काम बन्ने छ । रुढीवादी बढेर जानेछ। गुप्ताङ्गमा समस्या देखा पर्ने छ । कम्मरमा पनि समस्या देखा पर्ने छ। बुधबार पश्चात् शुभ कर्महरु बन्ने छन । शुक्रबार महत्वपूर्ण सामान हराउने छ । पति पत्नीमा बिश्वास वृद्धि हुने छ । गर्भपतन हुने यो छ स्त्री जन साबधान हुन जरुरी छ । दैनिक गाईको दुधमा एक चिमटी बेसार, दाल्चिनीको धुलो , मह मिसाएर भोजनको १ घन्टा पछि पिएमा आरामदायी हुनेछ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो,
यहाँहरुको यो साता त्यती शुभ रहेको छैन । मन अशान्त रहनाले सम्झना शक्ति कम हुने छ । पारिवारिक कलहले तनाव प्राप्त हुने योग छ । साबधानी अपनाउनु नै बेस रहन्छ। सबारी साधनबाट चोट पटक लाग्न सक्ने छ । सवारी चलाउदा साबधान हुनुहोला । सोमबार मंगलबार बुधबार स्वास्थ्यमा समस्या आइलाग्ने छ । मंगलबारबाट आर्थिक प्रगति हुने योग रहेको छ । दाम्पत्य जिवन सुभ रहेता पनि प्रेमी प्रेमिकाको लागि गारो छ यो साता । द्वि अर्थी भाव झल्कने स्वभाव भएकोले आफन्तले परेको समयमा पनि हेर्ने छैन्न । घर परिवारमा शुभ कार्य हुने योग छ। साताको अन्तमा पारिवारिक तनाव हुने भएकोले गलत काम नगर्दा बेस रहने छ। हतारमा गरिएको कामले पुर्णता नपाउने भएकोले सोच बिचार गरि काम गर्नु पर्ने हुन्छ । गणेशको आरधना गर्नु बेस हुने छ । यो साता मकर राशी हुने जनलाई छालामा बिकार देखा पर्ने छ । मासी सम्बन्धी समस्याले हड्डी जोर्नीमा पनि समस्या आउने छ। अत: दुग्ध जन्य पदार्थ सेवन गर्ना ले शुभ रहनेछ। ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । प्रेमी प्रेमिका बिच सम्बन्धमा दरार आउने छ । बाहिरी र लुकाइराखेको प्रेमले गर्दा दाम्पत्य जीवनमा समस्या आउने छ । पति पत्नीबिच बिश्वासको खादल उत्पन्न हुने छ । पारिवारिक बादबिवादले मन अशान्ति रहने छ। सन्तानको वचन अपृय लाग्ने छ । व्यापार बन्दोबस्त ओरालो लाग्ने योग छ । वैदेशिक रोजगार वा वैदेशिक रोजगार सम्बन्धि कामले गुमेका आर्थिक पक्षमा सुधार ल्याउने छ। परिवार लाई भ्रमण गराएमा या यात्रा मा गएमा परिवार मा भएको मनमुटाव अन्त हुने योग पनि छ।आइतबार पश्चात् मन सान्त रहने छ लामो यात्रा गर्न मन लाग्ने छ ।श्रीमान श्रीमति बिच सोमबारबाट सम्बन्ध मा सुधार हुने छ।पुराना प्रेमी त्याग्नु नै कुम्भ लाई शुभ रहने छ ।प्रेसर लो हुने सम्भावना बढी रहेको ले खानपिन मा सजग हुनुपर्ने छ।कुम्भ राशी का जन ले एबोगाड दाल्चिनी को धुलो मह को चटनि बनाइ गहुको रोटी या ब्रेड संग लिएमा प्रेसर सन्तुलन हुनेछ।यो साता कै शनिबार महांकाल दर्शन गरेमा केही हद सम्म तनाव र आर्थिक हानी बाट मुक्त होइनेछ। (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । वैदिक धर्म सामाजिक काममा अग्रसर भएको कारणले गर्दा उच्च पदस्थ व्यक्तिबाट मान सम्मान पाइने योग रहेको छ । साधु सन्त माहात्माको आशीर्वाद पाइने छ । जेष्ठ सदस्यको आशीर्वाद लेन काम गर्न जागर प्राप्त हुने छ। शिक्षा शिक्षणमा प्रगती हुने योग रहेको छ।परिवार को शुख प्राप्त भै परिवार मा खुसीयाली छाउने छ।साथिभाइ बाट सहयोग पाइने छ।इष्टमित्र अलि टाढिन सक्ने छ्न ।नया काम को थालनि हुने योग छ। प्रेमी प्रेमिका का सुमधुर सम्बन्ध रहने योग रहेको छ।दिदिबहिनी हरु लाई सहयोग गर्नु पर्ने योग रहेको छ।वैदेशिक रोजगारी या वैदेशिक कार्य ले आम्दानी मा वढोत्तरि को योग रहेको छ।शुक्रवार शनिबार धन मान हराउने योग र खर्च बढी तनाव उत्पन्न होला। आइतबारदेखि शुभ बेला छ।सन्तान सुख को योग छ ।पाउ सम्बन्धि समस्या उत्पन्न हुने छ।धातु को क्षय हुने योग रहेको छ अत पोसिलो बस्तु या पदार्थ सेबन गर्नु उत्तम रहनेछ ।(बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५ १०:१९