१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
कार्यक्षेत्रबाट एक ठाँउबाट अर्को ठाँउमा स्थानान्तरको योग रहको छ । बिगतदेखि बिगृएको स्वास्थमा क्रमिक रुपले सुधार आउने छ। सामाजिक क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन हुनेछ र मन हर्सित समेत हुनेछ । शिक्षा शिक्षणको क्षेत्रमा पनि राम्रो सुधारको अपेक्षा गर्न सकिनेछ छ। मित्रहरूबाट यथेष्ट सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा अझै सुझ बुझका साथ काम गर्न मन लाग्ने छ । आफुले गरेको कामबाट आत्म सन्तुष्टि प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध कायम रहने छ । उदर पिडा क्रमिक रुपले सुधार हुनेछ । भगन्दरको हल्का पिडा हुने भएकोले यहाँहरुले गणेश भगवानलाई चढाउने, दुबोको रस पान गर्दा लाभ हुनेछ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
यात्रा भेटघाटका कारण रमाइलो बाताबरण हुनेछ । रमाइलो तिर मन जानेछ । यहाँहरुले छुद्र वचन कम गर्दा वेस रहने छ । हैन भने राजनीति क्षेत्रमा अपजस र मतमतान्तारको सामना गर्नु पर्ने छ । शिक्षा क्षेत्रमा सफलता हात लाग्ने छ । उच्च शिक्षाको लागि बिदेश गमनको योग रहेकोले पश्चिमि मुलुकको शैक्षिक यात्रा गर्दा फाइदा मुलक हुनेछ । बौद्धिक वर्गले प्रसंसा गर्नेछ्न । वैदिक शाहित्यमा मन जाने योग रहेको छ। ब्यापार बन्दोबस्तबाट प्रसस्त आम्दानी हुनेछ । प्रेमको अंकुरण हुनेछ विपरित लिङ्गीमा आशत्ति बढेर जानेछ।नेत्रमा अलि जलन हुने योग छ । धुलो धुवाँबाट बच्नु नै श्रेयकर रहला । साताको अन्तमा कुटिल मन हुनेछ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
मृदुल बाणीका कारणले परिवारमा भएको असमन्जसता दुर भई आत्मीय सम्बन्ध सुधार हुनेछ । विद्यार्थी जनको लागि विद्यासफल हुने योग रहेको छ र साथै शिक्षा शिक्षणमा लगानीले प्रसस्त आम्दानी गराउने छ भबिस्यमा ।अन्य व्यापार बन्दोबस्त यथास्थितिमा नै रहनेछ । छाती फोक्सोमा समस्या देखा पर्ने भएकोले धुवाँ धुलोबाट बच्नुका साथै चिसोबाट पनि बच्नु पर्ने छ। स्वासप्रस्वासमा समस्या आउन सक्नेछ । सामाजिक सद्भाव बढेर जाने छ । सामाजिक सम्मानले मन एक प्रकारको तरङ्गित रहने छ। चित्त दुखाइ टाढा भएका मित्रहरू पुन नजिक हुनेछ । श्रीमान श्रीमतिबीच आत्मीय सम्बन्ध हुन गई बिगतका कार्य प्रती हिनताबोध हुने छ । छ(ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
आफन्त जनहरुबाट नसोचेको धोका पाइने । मन अति नै बिचलित हुनेछ धैर्य गर्नुको विकल्प रहनेछैन । साताको पुर्बार्ध मै झमेलाको सामना गर्नु पर्ने छ।। लेनदेनमा बिवाद हुने छ । अत: आफन्तसंग कारोबार नगर्दा उत्तम रहने छ। वैदेशिक कारोबार वैदेशिक लगानीमा गरेको काममा अवरोध सामना गर्नु पर्नेछ । मन बिचलित भै अध्यन अध्यापनमा खासै मन जाने छैन । जेष्ठ सदस्यहरुको बिमारि हुनुका कारण स्वास्थमा खर्च हुनेछ । परिवारलाई समय बिनियोजन गर्न हम्मे हम्मे पर्ने छ।स्पस्ट धारणा नभएको कारण ले गर्दा राजनीतिक क्षेत्रहरूबाट पनि धोका पाइने छ । सहकर्मीले नै आफ्नो स्थान कब्जा गर्ने दुस्साहस गर्नेछ ।मन अमिलो हुनेछ।पति पत्नी मा भने सम्बन्ध राम्रो रहनेछ । हरेक अप्ठ्यारोमाहरुलाई पतिपत्नीले नै सहयोग गर्नेछ्न । साहित्यमा मन जाने योग रहेको छ। (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
यो साताको पुर्बार्धमा सन्तान सुखको अनुभव गर्न सकिने छ । संतान वृद्धिको योग रहेको छ । पतिपत्नी बिचको सम्बन्ध अत्यन्त सुमधुर रहनेछ । प्रेमी प्रेमिका बिच नयाँ आयाम प्राप्त हुने छ
सम्बन्ध विवाहमा परिवर्तन हुने योग रहेको छ । व्यापार बन्दोबस्तका क्षेत्रमा सफलता प्राप्त हुनेछ । नयाँ नयाँ रोजगारको क्षेत्रहरू देखापर्ने छन । झैझगडाबाट टाढा नै बसेको बेस हुने छ । सामाजिक अस्तब्यस्त प्रती बिरक्त होइने छ। ब्यापारमा सुक्ष्म तरिकाले ध्यान दिएको खण्डमा मुनाफा बढी अन्य क्षेत्रमा पनि लगानी गर्न सक्ने आंट आउनेछ। राजनीतिक क्षेत्रमा भएको धोकाधडिका कारण राजनीतिबाट टाढा बस्न मन लाग्ने छ । बौद्धिक बर्ग तिर ध्यानाकर्षण हुने छ । बौद्धिक क्षेत्र बढेर जाने छ । मन आन्नदित हुने छ । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार: सोमबार
मृदु भासाले धेरै समयदेखि अडकिएको काम पुन सुचारु हुने योग छ । छलकपटबाट दुर रहेको खण्डमा शिक्षा शिक्षणबाट राम्रो आय आर्जन गर्न सकिनेछ। साहित्य क्षेत्रमामा कलम चलाउन मन लाग्ने छ। नयाँ सृजनामा मन तल्लीन रहनेछ । नशा सम्बन्धी रोगले सताउने छ।प्रेममा रहनु भएका जनहरुलाई यो साता फल दायी रहेको छ । सम्बन्ध बैवाहिकमा परिवर्तन गर्न सक्ने योग रहेको छ। सामाजिक कार्यमा ब्यस्तता बढनुका साथै उतरदाइत्व बहन गरिने छ। बिदेशी मित्रहरूबाट सहयोग पाइने छ । अध्यन अध्यापनमा प्रगतीको योग छ । आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पर्ने छन । श्रीमान श्रीमतिबिच सम्बन्ध संकाको भावले हेरियो भने दुर्घटना हुन सक्नेछ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
साताको पुर्बार्धमा मित्रहरूबाट अन्तर घात हुने हुदा अलि चनाखो हुनु पर्ने छ । जग्गा जमीनबाट आम्दानीको योग रहेको छ । अचल सम्पत्तिले व्यवहारिक कार्य सुधार हुनेछ । दाम्पत्य जीवन सुमधुर रहने छ । सन्तान वृद्धि योग रहेको छ । भ्रातृत्व भाव नभएका दाजुभाइले समस्या पार्न सक्ने छन । मानव ओसारपसारमा मन्दी आउने छ । सामाजिक क्षेत्रमा मन गै लगानी पनि गरिने छ । मांसपेशीमा अलिक समस्या देखा पर्ने योग रहेको छ । मान प्रतिस्ठाको वृद्धि हुनेछ । साताको उत्तरार्धमा नवीन कार्यको थालनि हुने योग रहेको छ । पारिवारिक सद्भावका कमिले मन भने खिन्नता रहने छ नै। परस्त्रीको कामन वृद्धि भै धन खर्चको र समय को बर्बादि हुन सक्ने छ । पुराना प्रेमीले अन्तर घात गर्ने छन । तिनी संग बच्नु नै यो राशीलाई यो साता श्रेय हुने छ ।
ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । कृषिको क्षेत्रमा अग्रसरता बढी आय मुलक कर्ममा मन जानेछ । मान्यबरहरुको भेटघाटले नया उर्जा प्राप्त हुनेछ । सामाजिक तथा पारिवारिक दाइत्व बढी मन हर्सौलासमय हुने योग रहेको छ। आलस्यता र ढिलासुस्तीका कारण दैनिक कार्यमा अवरोध आउने योग रहेको छ । अत: सुस्त पन त्याग्नु नै असल होला। व्यापार व्यवसायमा सोचेको जति वृद्धि नहुन सक्छ। चौपाया र कृषिबाट भने प्रसस्त आम्दानी रहने छ।भाग दौडका कारण मानसिक र सारिरिक दुर्बलता बढने योग रहेको छ । टाउको दुख्ने समस्या वृद्धि हुनेछ। बैस्य जातीको संगतले आम्दानीमा वृद्धि योग रहेको छ।प्रेम अंकुरण हुने छ । आफू भन्दा निकै कम उमेरका सदस्य पर्ती मन जाने छ । सो अति हानिकारक छ साबधान ।
(ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान कोण शुभ। धनु राशीको लागि यो साताको पुर्बार्धमा प्राबिधिक क्षेत्रमा र न्यायिक क्षेत्रमा गरिएको लगानी र समयले दीर्घ कालसम्मलाई मुनाफा हुने छ । कार्य प्रतीको लगनशीलता बफादारका कारण गुमेको मान प्रतिष्ठा पुन: प्राप्त हुने छ । गुमेको धन फिर्ता हुने छ । सामाजिक सद्भाव बढी सामाजिक क्षेत्रमा नै केही गरौ भन्ने जुनुन पैदा हुने छ। शिक्षा शिक्षणमा सफलता पाइने छ। समकालिन साथीहरूले राजनीतिमा भने भांजो हाल्ने छन । श्रीमति र परिवारको समन्वयकारी भुमिकाबाट मत्व भन्दा महत्वपूर्ण कर्म सिद्ध हुने योग रहेको छ । स्निहमा र गुधा प्रदेशमा अलि कठिनाइ प्राप्त हुनेछ । खान पानमा ख्याल राख्नु पर्ने छ । चिल्लो पिरोबाट दुर रहे बेस । साताको अन्तमा अपजसको सामना गर्नु पर्ने छ।
(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो,
साताको पुर्बार्धमा आकस्मिक धन लाभको योग रहेको छ साथै मन देखिको प्रेमीप्रेमिकाले महत्व राख्ने उपहार दिने छन । प्रेमी प्रेमीकामा सन्तुलन प्रेमको अंकुरण पैदा हुने योग छ। बिगतदेखी बिगृएको स्वास्थ्यमा सुधार आउने छ । वैदेशिक रोजगार र वैदेशिक यात्राको प्रबल सम्भावना रहेको छ । नयाँ रोजगारको थालनी हुने योग छ । सरकारी जागीरेको लागि पदोन्नतिको योग रहेको छ । शैक्षिक क्षेत्रमा सुधार आउने छ । वकालत अर्थात न्यायिक कर्ममा फलको आसा गर्न सकिने ठाँउ प्रसस्त देखा पर्ने छन । साताको उत्तरार्धमा खर्च बढ्न गई अलिक तनाव हुन सक्ने छ । नशाको कारणले ढाडमा समस्या देखा पर्ने छ । धेरै अरुप्रती बिश्वास गर्नु पनि घातक सिद्ध रहने छ । परस्त्रीद्वारा बदनामित हुन सकिएला आचरणमा सुधार हुन आबस्यक देखिएको छ। (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । पर पुरुष वा परस्त्रीका कारण पतिपत्नी बिच मनमुटाव हुने छ । पर जनको उक्सावटको भरमा सम्बन्ध चिसिन जाने योग । रमाइलो रमाइला पनमा मन जाने छ । उल्झनमा परेका सम्पुर्ण कर्महरु भावनात्मक रुपमा जोडीएका कनहरुले फत्ते गरिदिने छन । व्यापार व्यवसायमा उन्नतीको योग रहेको छ। प्रेसर सम्बन्धि रोगका कारण अलिक स्वास्थमा समस्या आइ लाग्ने छ । रमाइलो यात्रा को अबसर जुट्नु का साथै मन हर्सित समेत हुने छ । तर आर्थिक कारोबार गर्दा भने सचेत हुनु पर्ने छ । सामाजिक तथा राजनीतिक क्षेत्रबाट भने स-सम्मान पाइने छ। द्विधा स्वभावका कारण उच्च पदस्थ व्यक्तिको आँखाको तारो भैने छ अत प्रष्ट बोल्नु नै श्रेय कर हुन जाने छ। (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो ।
साताको पुर्बार्धमा स्थानान्तरणको प्रबल सम्भावना रहेको छ । बिगतमा गरिएको सकारात्मक कर्मका कारण सामाजिक मान सम्मान मिल्ने छ । धर्म राजनीतिमा भने समस्या आई लाग्ने योग रहेको छ। सन्तान सुख योग रहेको छ । परिवारमा सद्भाव मान सम्मान वृद्धि रहने छ । दीर्घकलिन दैनिकीका कर्महरु बाट आम्दानी सोछे अनुरुप पाइने छ । नवीन कार्यस्थलहरुको अन्वेषण गर्न मन जाने छ। बित्तीय क्षेत्रमा गरिएको लगानीले आम्दानी मा वृद्धि गराउने छ र मन प्रफुलित हुने छ । गोडा पाइतालामा समस्या हुने छ । सामाजिक कार्यमा सहभागी होइने छ । शारीरिक थकान बढी आलस्यताको महसुस हुने छ । शुखद यात्रा को योग रहेको छ। साताको उत्तरार्धमा खर्छ बढी अलिक तनाव होइएला । अनैतिक पुराना सम्बन्धले तनाव ग्रस्त बनाउने छ । सावधान रहनु होला । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५ १५:५२