१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
आय आर्जनका पाटाहरु देखिनेछ । आर्थिक क्षेत्र फस्टाएर जाने योग छ । उद्योग धन्दामा सफलता पाइने योग छ । साथीहरूको सहयोगमा राजनीतिमा सफलता पाउन सकिने छ । यात्रा गर्नुपर्ने हुन्छ यात्राले आर्थिक लाभ मिल्ने छ । वैदेशिक रोजगारमा शुभ रहेको छ । दाम्पत्य जीवन शुभ रहने छ साथै प्रेममा पनि सफलता पाइने छ । परिवारका जेष्ठ सदस्यहरु बिमार परि खर्च बढी तनाब होइएला । बित्तीय क्षेत्रमा लगानी गर्दा होस पुराउन पर्नेछ । पेटमा सामान्य समस्या देखा पर्न सक्ने छ । सिरदोसको समस्याले अलिक सताउने छ । बोली चालीमा ख्याल राख्न नसके आलोचना खेप्नु पर्ने छ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
यहाँको यो साता वादविवाद हुने हुँदा छरछिमेकीसँग अलिक सावधानी पुराई बोलचाल गर्नु पर्नेछ। वैदिक तथा अध्यात्ममा मन जाने छ । सोचबिचार गरि गरेका कामहरुले सफलता पाइनेछ । एक ठाँउबाट अर्कोमा स्थानन्तरणको योग रहेको छ । बिगतदेखि गरिआएको कर्मलाई निरन्तरता दिएमा शुभ रहने छ । जागिरमा शुभ कर्म गरे वापत स्यावासी तथा उपहार पाइने छ । दाम्पत्य जीवनमा अलिक समस्या देखा पर्ने योग छ । पर-पुरुषप्रती मन जाने छ । पथरी सम्बन्धि समस्या देखा पर्ने छ । सहनशील र धैर्यताले काम बन्ने छ।
मन अशान्त हुनेछ । बिलासिताका बस्तुहरुको खरिद बिक्रिको योग रहेको छ । नेत्र तथा देब्रे पाखाका नशामा समस्या देखा पर्नेछ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
यो साता अध्ययन अध्यापनमा सफलता पाइने छ । विशिष्ट महानुभावबाट हौसला पाइने छ । उच्चस्तरीय व्यक्तिहरुसंग भेटघाट हुनेछ । मन फुरुङ्ग हुने छ । सामाजिक पद प्रतिष्ठा पाइने छ । धर्म कर्ममा मन गई धार्मिक हुन मन लाग्ने छ अर्थात धार्मिक कार्यमा रुचि बढने छ । दाम्पत्य जीवन सुखमय बित्ने छ । प्रेमि प्रेमिकाको लागि यो साता बरदान साबित रहने छ । सकारात्मक सोचबाट गरिएका कामहरु सफल हुने छ । विद्यार्थी जनहरुको लागि यो साता शुभ रहेको छ । शिक्षा शिक्षणमा प्रगती हुने छ । नयाँ साथीहरुको हौसला युक्त बाणिले जोस जांगर बढी नया काम गर्न प्रेरित हुनेछ । फोक्सोमा सामान्य समस्या देखा पर्ने छ । यात्रा फलदायी रहने छ। सोमबार आफू विरुद्ध अफवाह फैलन सक्छ, सावधान रहनु होला ।(ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
सहयोगी तथा साथीहरूबाट काम बन्न गई रोमान्चित होइने छ । सहकर्मीबाट सोछे भन्दा राम्रो सहयोग पाइने योग रहेको छ । पर्यटन सम्बन्धि व्यवसाय शुभ रहने योग रहेको छ । घरजग्गाबाट प्रसस्त आम्दानी हुनेछ । यहाँहरुको लागि यो साता आर्थिक दृष्टिकोणले शुभ रहेको छ । बिलासिताका वस्तु खरिद गरिने योग रहेको छ । मुटुमा अलिक समस्या देखा पर्ने छ । मदिरा तथा चिल्लो वस्तु सेवन बर्जित गरेमा स्वास्थ लाभ लिन सकिने छ । प्रेम अंकुरणको योग रहेको छ। अन्तर मनका कुराहरू छल्कने छन । सम्बन्धिसंग वार्तालाप गर्दा होसियार हुन आवश्यक छ । यहाँहरुलाई साताको अन्तमा नसोचेको ठाउबाट धन लाभ हुने योग रहेको छ । पुर्खेउली सम्पती बिक्रीको योग रहेको छ । चल अचल सम्पतीबाट प्रसस्थ आम्दानी हुने छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
यो साता यहाँहरुलाई साथिभाई ईष्टमित्र प्रसस्त सर सहयोग हुनेछ । बिगतदेखि गरि आएको सामाजिक कामको प्रभावले पद प्रतिस्ठा पाइने छ । पुराना साथी भाईहरुसंगको भेटघाटले मन पुल्कित भई यात्रा गर्न मन लाग्ने छ । स्वदेश तथा बिदेशमा नयाँ नोकरी पाइने योग छ । प्रेममा सफलता पाइने छ । बैवाहिक जीवन सुमधुर रहने छ । साताको उत्तरार्धमा आम्दानीका पाटाहरु खुल्ने छन । पेटमा कब्जियत हुने छ। आइतबारबाट शुभ समाचार सुन्न पाइने छ । यो साता गर्भ योग रहेको छ । जग्गा जमिनबाट आम्दानी रहने छ । पुराना घर छोडेर नया घरमा जानू पर्ने योग रहेको छ। प्रेमका अंकुरण पैदावर हुने छ । साताको मध्य समयमा अलि क्रोधी होइएला क्रोधी हुनु तेति राम्रो न हुन सक्छ । अत: शान्त रहनु नै श्रेयकर हुनेछ । टाउको सम्बन्धी समस्या ले सताउने छ । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार: सोमबार
कन्या राशी जनहरुको निमित्त यो साता आर्थिक लाभको समय छ । बिछोडिएका प्रेमीसंग पुनर मिलन हुनेछ । रङ्ग रङ्गिलामा मन जाने छ । दाम्पत्य जीवनमा समस्या देखा पर्नेछ । साथीले अर्थात जीवन संगी संगिनीलाई प्रेमको अभाव हुने छ । सामन्य वाद बिबाद हुने योग रहेको छ, साबधान रहनु ठिक रहन्छ। साझेदार अर्थात साझेदारीमा गरिएका कामहरुमा समस्या आईलाग्ने छ । नवीन मित्रहरुबाट धोका हुन सक्ने छ । साताको मध्य समयमा अलिक कष्ट दुखको सामना गर्नु पर्ने हुन्छ । धोका- धाडिको योग प्रसस्त रहेको छ । जग्गा जमीनबाट आम्दानी हुनेछ । जन्मस्थलबाट लाभ लिन सकिने छ । नशा सम्बन्धी समस्या देखा पर्ने छ । चिसोबाट बच्नु पर्नेछ। (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
विगतदेखि बिग्रेको दाजुभाईको सम्बन्ध सुमधुर हुने योग रहेको छ । दाजुभाइसंग मिलि गरेको कामबाट आम्दानी हुने छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध मजबुत हुने योग रहेको छ । सामाजिक कार्यमा मन लाग्ने छ । शुक्रवार नयाँ रोजगार मुलक अर्थात आयमुलक कामहरु फेला पर्ने छन । यात्रामा नबिन प्रेमीले दीर्घ प्रेमको प्रस्ताव गर्नेछन् । हतारमा गरेको निर्णय भविष्यमा घातक हुन जाने छ । गर्भ योगको समय छ । साताको पुर्बार्धमा सुख शान्तिको महसुस हुनेछ । सोमबार अलिक अप्ठ्यारो स्थिति शृजना हुन सक्ने योग रहेको छ । पुराना मित्रहरुबाट आर्थिक सहयोग मिल्ने छ । साताको अन्तमा यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ। नत्र चोट पटकको योग रहेको छ । यो साता यहाँहरुको फियोमा समस्या आउने छ अत: भोजन पानीमा ख्याल राख्नु होला।
ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । यहाँहरुको दाम्पत्य जीवन यो साता सुमधुर रहने छ । सन्तान सुख प्राप्त हुने छ । पारिवारिक यात्राको सम्भावना रहेको छ । साताको मध्य समयमा शिक्षा शिक्षणमा प्रगति हुने योग रहेको छ । आयका पाटाहरु प्रसस्थ देखा पर्ने छ्न ।सहयोगि हरुले सहयोग गर्ने छन । गुप्ताङ्ग तथा छाला सम्बन्धी रोगले सताउने छ । मांगलिक कार्यमा मन जाने छ । मंगलबार गुम्न आंटेको धन वापस आउने योग रहेको छ । पर लिङ्गीमा मन जाने छ तर साताको उत्तरार्धमा पर लिङ्गीले सताउने छ्न साबधान हुन आवस्यक छ। छरछिमेकमा सम्बन्धमा लैङ्गिकको समस्या आई अप्ठ्यारो पर्न जाने छ । धेरै उस्ण हुनु राम्रो छैन, यहाँको साता । जग्गा जमिनबाट आम्दानी भने लिन सकिने छ । स्त्री वा पुरुषसंग लेनदेन नगर्दा शुभ रहेको छ।(ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान कोण शुभ। यहाँहरुलाई वैदेशिक रोजगारबाट प्रसस्त आम्दानी हुने योग रहेको छ । मिस्ठान्न भोजन र यात्रामा मन जाने छ । परिवारमा सौहार्द ब्यवहार याहाहरु ले पाउनु हुनेछ । साझेदारी कार्यबाट बिगतमा नबनेका कार्यहरु पनि बन्ने छन । न्यायिक क्षेत्रबाट आम्दानीको योग रहेको छ । बैदेशिक यात्रा शुभ रहेकोछ । बैदेशिक सम्बन्धी कार्यमा लगाएको धनले राम्रो मुनाफा कमाउने छ । बिद्युतिय सामाग्री तथा बिद्युतिय गृहमा गरिएको लगानीले मनग्ये मुनाफा पाउने योग रहेको छ । बित्तीय संघ संस्थामा लगाएको सियरले भबिस्यमा शुभ रहने छ। परस्त्रीको कामना नगर्दा नै बेस रहने हुँदा त्यता मन न लगाउदा शुभ होला । उदर तथा गुप्त रोगले सताउने छ । बिहीबार शिक्षामा प्रगति भएको समाचार सुन्न पाइनेछ ।
(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो,
यो साता प्रेमी प्रेमिकाको लागि राम्रो समय रहेको छ । दाम्पत्य जिवनमा अलिक समस्या आइलाग्ने छ । शिक्षा शिक्षणको क्षेत्रमा काम गर्ने जनलाई फलदायी समय रहेको छ। अध्ययन अध्यापनमा शुभ छ । शनिबारबाट आम्दानीका स्रोतहरु देखा पर्ने छन् । साताको अन्तमा अलिक मानसिक रुपमा बिक्षिप्द हुनु पर्ने छ । धैर्य गर्नु होला समय तपाईंको अनुकुल नै छ । व्यापार बन्दोबस्तबाट शुभ आम्दानी हुने छ । साताको अन्तमा आर्थिक लाभ मिल्ने योग रहेको छ । सन्तान सुखको समय छ । आफैले गरेको प्रेमलाई मातापिताको आशीर्वादमा बैवाहिक बन्धनमा बादिन पाइने छ। माता पिताको पुन: सहयोग पाइने छ। आइतबार अलिक झन्झटिलो कार्यको सामना गर्नु पर्ला। (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । आदरणीय कुम्भ जन यहाँहरुले यो साता ठुला-ठुला कार्यहरु थालनी गर्दै हुनुहुन्छ भने समय अनुकुल रहेको छैन । पहिला स्थानान्तरण गरि पछि मात्र कार्य थालनी गर्नु होला । सामाजिक क्षेत्रमा मन जानेछ । असाय जनहरुलाई सेवा गर्न मन लाग्ने छ, साथै आडम्बर पनि वृद्धि हुनेछ। वैदेशिक रोजगारमा गरेको कार्य सफल हुने छ । वचन अर्थात वाणीको ओज सफल हुने योग रहेको छ। साताको अन्तमा बोली रुखो भै बनिसकेका कामहरु पनि बिग्रने छन । आइतबारदेखि मति भ्रष्ट हुन सक्ने छ । साबधान नराम्रो सोच र हेराई यहाँहरुलाई शुभ हुने छैन । अत: सकारात्मक सोचको अभावले मिहिनेत गरे अनुसारको फल मिल्ने छैन । मंगल कार्यमा सरिक हुन पाइने छ । मांसपेशीमा समस्या आइलाग्ने छ । ढाड सम्बन्धी समस्याले पनि सताउने छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो ।
अध्ययन अध्यापनमा लागेका वा शिक्षा शिक्षणमा लागेका जनहरुको लागि यो साता अति मुल्यवान रहेको छ । शिक्षाको क्षेत्र फलदायी छ । सामाजिक धार्मिक सरिक भैने छ । पुरानो साथिभाई इष्टमित्रहरू संगको मेलमिलापले मन दङ्ग रहेने छ । माया प्रेममा नौलो आयाम थपिने छ । शुक्रबार बिरोधि हाबी हुने छन, साबधान हुनु होला । नयाँ नवीन कार्यको थालनी गर्दै हुनुहुन्छ भने यहाँहरुले सतर्कता अपनाउनु पर्ने छ । झुठो मुद्दा मामिलाका सामना गर्नु पर्ने छ । जसलाई भर गरिएको छ, माया गरिएको छ, उसैले धोका दिने सम्भावना बढी छ । विवेक पुर्बक गरिएको कार्यले फलदायी बनाउने छ । गोडाका औंला र पाइतालामा समस्या देखा पर्नेछन । र साथै उदर पिडा हुने छ । साताको मध्य समयमा तनाव ग्रसित होइने छ । मन नकारात्मक तत्व तिर जानेछ । अन्तमा शुभ हुनेछैन ।
(बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५ ०७:५६