१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
साताको पुर्बार्धमा नै शैक्षिक क्षेत्रबाट लाभ हुने देखिन्छ । प्रगती उन्नतिको मामलामा पनि यो साता यहाँहरुलाई शुभ रहेको छ । पारिवारिक मेलमिलापको योग रहेको छ । पुराना खटास प्रेममा परिणत हुने छ।मंगलबार ब्यापार बाट लाभ हुने योग रहेको छ । वैदेशिक रोजगारमा ढिलासुस्तीले मन तनावको योग रहेको छ । साताको उत्तरार्धमा यात्राको सम्भावना भएता पनि सबारी साधनबाट जोगिनु नै बेस रहने छ। रगत सम्बन्धि समस्या आउन सक्ने छ। पायल्स हुने हुदा हरियो दुबोको रस पिउनाले स्वस्थ हुन सकिने छ । शिर दोसको समस्याले सताउने छ । जग्गा जमीनबाट लाभको योग रहेको छ । बैवाहिक जीवनमा प्रेमका नया आयाम थपिने छ । प्रेम गर्ने जोडीलाई भने त्यति अनुकुल रहेको छैन यो साता । गणेश अथर्व पाठ गरेमा शुभ रहनेछ।(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
साताको सुरुवातको समयमा साथीहरू इष्टमित्र भाइभतिजाबाट प्रसस्त सर-सहयोग पाइने छ । जागिरको योग रहेको छ । साताको सुरु मै गलत मनसाय भएका जनहरुसंग बिवादमा परिने छ सावधान रहनु नै बेस रहने छ । सामाजिक कार्यक्रममा सहभागी होइने छ । सामाजिक पद प्रतिष्ठित व्यक्तिहरुले सम्मान दिनेछन । जन्म गृहमा मांगलिक कार्यक्रम हुने योग रहेको छ । बहुमुल्य बस्तु वा जमिनको खरिद बिक्री योग रहेको छ । यात्रा झन्झटिलो र खर्चिलो हुने छ । साताको अन्तमा मन असान्त रहनेछ । पित्त सम्बन्धि समस्याले ग्रस्त बनाउने छ । गहत वा जमराको जुस सेबनले पित्त सफा हुने छ । शुक्रबार आर्थिक लाभको योग रहेको छ । शनिबार मन असान्त रहि अलिक खर्चको रहेकोे छ । प्रेमको मामलामा तनाव हुनेछ बिश्वास गरेकोले धोका दिने हुदा मनमा नकारात्मक भाव पैदा हुने योग रहेको छ । बैवाहिक जीवनमा नया व्यक्तिको प्रवेशले बिहिवार घरेलुु उल्झन आइ लाग्नेछ।
(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
साताको पुर्बार्धमा आर्थिक लाभको योग रहेको छ। बाबुबाजेले गरि आएको कर्मबाट लाभ हुने छ । व्यापार बन्दोबस्तबाट आर्थिक उन्नति रहने योग रहेको छ। जेष्ठ सदस्यको सरसल्लाहमा गरिएको कामले दिर्घ काल सम्म लाभ रहने छ। जग्गा जमिनबाट लाभ हुने छ । लेन देनमा सजगता अपनाउनु पर्ने योग रहेको छ। छाती सम्बन्धि समस्याले फोक्सोमा समस्या आइलाग्ने छ । शनिबारदेखि प्रेमको सुरुवात हुने छ तर आफन्तहरुबाट भने तिरस्कार हुनु पर्ने छ । हरियोरंगको पहिरनले स्त्री जातीको लागि यो साता शुभ र प्रेम अटल बनाउन सहयोग रहने छ। बैदेशिक रोजगारको मामलामा शुभ रहेको छ । रत्न वा धातुको व्यापार बन्दोबस्त गरेको खण्डमा मिथुन राशीलाई शुभ रहने छ । नशा सम्बन्धी रोग बल्झन सक्ने छ । अत: ४५ बर्ष भन्दा माथिका जनलाई यो साता कम्मरको समस्याले सताउने छ ।अज्वाइनको तेलको मालिसले नशा तथा कम्मरमा फाइदा हुने छ।
(ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
सामाजिक कार्यमा सहभागी होइने योग रहेको छ । राजनैनिक भेटघाटको योग रहेको छ । शिक्षा शिक्षणको मामलामा यो साता शुभ रहेको छ । बिगतदेखि अपचलन रहि आएको अथवा खस्किएको व्यापारमा सुधार आउने योग रहेको छ । सफलताको मिठासको अनुभुती गर्न पाइने छ। सोमबारदेखि वैदेशिक रोजगारमा सफलता पाइने छ । प्रेममा सफलता पाइने योग रहेको छ । बैवाहिक जीवनमा सुखद अनुभुती हुनेछ । नया सन्तानको योग रहेको छ । साला जेठानबाट अपमानित हुनु पर्ने छ । बादबिवाद नगर्दा शुभ रहने छ । मुटुमा समस्या आइ लाग्ने योग रहेको छ, मसालेदार भोजन यो साता कर्कट जनलाई निषेध रहेको छ । नवीन कार्यमा हात हाल्नु पुर्ब सोच्नु पर्ने छ। इष्टमित्र सहित पारिवारिक भ्रमणमा रमाउन सकिने छ । बुधबारदेखि तनावग्रस्त होइनेछ । अपजसको सामना गर्नु पर्ने छ, सो यहाँलाई शुभ हुने छैन । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
यो साता यहाँलाई आर्थिक मामलामा अघि बढाउनको निमित्त कोसेढुङ्गा साबित हुनेछ । औसधि सम्बन्धी कारोबारमा सहभागी भएको खण्डमा जीवन नै कायापलट हुने योग रहेको छ । राज्यकोषबाट ठुलो रकमको धनमाल पाउन सक्नेछ । जग्गाजमिनबाट यहाँलाई आर्थिक लाभ हुने छ । रगत सम्बन्धि समस्याले याहालाइ तनाव हुने छ । पूर्वीय देशको यात्रा गर्दै हुनुहुन्छ भने यहाँहरुलाई शुभ रहने छ। दाम्पत्य जीवन सुमधुर रहनेछ । पुराना साथीहरूबाट यहाँहरुले आर्थिक लाभ हुने छ । शनिबारको दिन यहाँहरुलाई सुभ भने पक्कै छैन । सोमबारदेखि आर्थिक उपार्जनको लागि यहाँहरुलाई नयाँ मौका आउने छ । पैत्रिक सम्पत्तिमा मतमतान्तर हुने छ । पैत्रिक जग्गा जमिनमा मुद्दा मामिला दाखिला हुन सक्ने छ । अत: उतावली भावना न दर्साउदा नै सहि होला । यो साताको सोमबार भगवान शिवको दर्शन गर्नाले सबै पनौती दुर रहने छ ।
(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार: सोमबार
जग्गा जमिनबाट आर्थिक लाभ हुने छ । सभा सम्मेलनमा सहभागी हुन पाइने छ। सामाजिक क्षेत्रमा गरेको कार्यले गर्दा मान सम्मानको योग रहेको छ । राजनीति क्षेत्रमा सफलता पाइने छ । वाक कलाको तारिफ हुने छ । वैदिक परम्परालाई आत्मसात गर्न मन लाग्ने छ । अराजक व्यक्तिहरुसंगको बहसले अलिक तनाव होइने छ । प्रेसर सम्बन्धि समस्याले गर्दा यहाँहरुको पिडुल्ला फर्कने समस्याले गर्दा सिक फिल हुने छ । लगनशील कार्यले उ पल्लो मकामसम्म पुग्न मद्दत पुग्ने छ । बाबुबराजुले गरिआएको कार्यलाई यथाबत मै रहेको खण्डमा आउने दिनमा आर्थिक लाभ हुने छ । टेक्निकल फिल्डमा लगाएको लगानीले यो साता पुनता पाउने छ । यदि यहाँहरु चलचित्र सम्बन्धी काममा हुनुहुन्छ वा ओखती सम्बन्धि काममा हुनुहुन्छ भने यो साता प्रगती को योग रहेको छ । मेरुदण्डको समस्याले सताउने हुँदा अज्वाइनको तेल वा जैतुनको तेलद्वारा मालिस गर्नाले आराम पाइने छ । आफन्तसंग बैरभाव नगर्दा नै बेस रहने छ । बिहिवार आरोपित हुनुपर्ने छ । बिबादास्पद वचन नबोल्दा बेस (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
शिक्षा शिक्षणमा प्रगतिशील समय रहेको छ । शिक्षामा लगाएको लगानी यो साता भरमज्जुर उपभोग गर्न पाइने छ । दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध रहने छ। प्रेमि प्रेमिकाको मामलामा भने यो साता शुभ रहने छैन । भ्रातृभावको कमिले गर्दा पुर्खेउली सम्पत्तिमा बिवादको योग रहेको छ । उच्चस्तरीय महानुभावहरुसंगको भेटघाटले मन प्रफुलित रहने छ । सामाजिक प्रतिस्पर्धाको रेसमा सफलता पाइने छ । मान्यबरको आशीर्वाद अर्थात सहयोग पाइनेछ । शुक्रबारबाट नै नयाँ कामको सुरुवात हुने योग रहेको छ। जेष्ठ सदस्यको शारीरिक समस्याका कारण खर्च बढी आपत आइलाग्ने योग रहेको छ । माशी सम्बन्धि समस्याले जातकलाई उल्झनको समस्या झेल्नु पर्ने छ । चौपायाबाट आर्थिक लाभ हुने योग रहेको छ । साताको अन्तमा पुर्खेउली मुद्दामामला सुल्झने योग रहेको छ । बिहिवार आफन्त नस नातामा पातक योग रहेको छ । अपसगुन लाग्ने योग रहेको छ । सामन्य साता रहेको हुदा दुर्गा को उपासना ले मुक्ती पाइने छ अत सप्त सति पाठ गर्ना ले शुभ रहने छ ।
ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । धर्म कर्ममा मन जाने छ । अबरोद रहेको काम सुचारु रहने योग रहेको छ । शिक्षा शिक्षणमा सफलता पाइने योग रहेको छ । आइतबारदेखि बुधबारसम्म समय शुभ रहेको छैन । अत: सो समयमा यो साता लगानी नगर्नु नै बेस रहेने छ । पारिवारिक उल्झन समाधान हुने छ । जेष्ठ सदस्यहरुको बिमारले मन असान्त रहने छ । कब्जियत सम्बन्धी समस्या जातकलाई आउने योग रहेको छ । साथै मुटु वा रक्त बिकारको समस्या आइलाग्ने योग रहेको छ ।वैदेशिक रोजगारमा सफलता मिल्ने छ । आफन्तसंग लेनदेन नगर्दा नै बेस रहने छ । लामो यात्राको सम्भावना रहेको छ । साताको अन्तमा अचानक आर्थिक लाभको योग रहेको छ । जुवा तासमा मन नलगाउनुमा नै श्रेयकर रहन जाने छ । गलत बिचार भएका जनहरुको सिकार भैने छ । जेष्ठ सदस्यको कमिको महसुस हुनेछ । छिमेक र दुरको रिस्तेदारका बिपरित लिङ्गीसंग झुकाव हानिकारक रहने हुँदा सोमा मन नलागौनु नै उत्तम । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, दौड धुपका कारण समय तर्जुमा गर्न असजिलो हुने योग रहेको छ । साथी भाई मित्रहरूबाट नबनेको कामहरु पनि बन्ने योग रहेको छ । शिक्षा शिक्षण क्षेत्रमा लगाएको लगानीले शुभ फल दिने छ । शुक्रबार आफन्तबाट अपमानित हुनुपर्ने छ । जेष्ठ नागरिक र उच्चस्तरीय व्यक्तिको सल्लाहमा गरेको कामले सकारात्मक फल दिने छ । साताको अन्त आर्थिक लाभ मिल्ने योग रहेको छ । मूत्राशयमा बिकारको योग रहेको छ । आइतबार, शुक्रबार अपजस सहनु पर्ने छ । साताको पुर्बार्धमा शुभ पलको अनुभुती हुने छ। सन्तानको लागि मन असान्त रहने छ । राज्यस्तरबाट समानको योग रहेको छ । यदि यहाँहरु लोक सेवामा तयारी गर्दै हुनुहुन्छ भने यो साता शुभ रहेको छ । यो साता यहाँहरुको लागि राज योग बराबरको रहेको छ। पदोन्नतिको योग रहेको छ । एक ठाउ बाट अर्कोमा स्थानन्तरन को योग रहेको छ । पायल्सको समस्याले सताउने छ, दुबोको रस पानले आरामदायी महशुस हुने छ ।
(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो,
यो साता फाइदामन रहेको छ । शनिबार पुराना कार्यबाट डुब्न लागेका अर्थ पुन: वापस आउने छ । शिक्षा शिक्षणमा सफलता पाइने छ । जग्गा जमिनबाट फाइदा हुने छ । वैदेशिक रोजगारमा सफलता पाइने छ । आइतबारदेखि मन शान्त हुने छ । मोटर/कार सम्बन्धि कारोबारले आर्थिक लाभले एक बुनियादी छुने छ । आफन्त जनको घरमा मेजमानीमा सरिक हुन पाइने छ । मदिरा पान कम सेवन गर्दा सहि रहला नत्र बिवादमा आइने छ। बिछोडिएका प्रेमी पुन: प्राप्त वा मिलनले एक रंगिन जीवन यापन हुनेछ । क्षणिक समयको लागि बैवाहिक बन्धनमा बाधिने योग रहेको छ । बिफर तथा छाला सम्बन्धि रोग लाग्न सक्ने छ । संक्रमण बाट दुर रहनु नै बेस रहने छ । विधुत सम्बन्धि कारोबारले पनि आर्थिक उन्नति गराउने छ । एक्स्पोर्ट इन्पोर्टको काममा सफलता पाइने छ । पेटमा गडबड हुन सक्ने छ, खान पानमा सजगता अपनाउनु पर्ने छ। साताको अन्तमा आफ्नाले धोका दिने छन । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । साताको पुर्ब समयमा नै बैवाहिक रिस्ता आउने योग रहेको छ। प्रेम बैवाहिकमा परिवर्तन हुने योग रहेको छ । घरायसी समस्याले सताउने छ । बिगत देखि बिग्रीएको सम्बन्ध सुध्रने छाटकाट नहुने हुदा मन असान्त रहने छ । नयाँ काम गर्दा उच्च मनोबलका साथ गर्नु पर्ने हुन्छ । बैचारिक बिचलनता छाउने हुँदा सम्यम हुनु बेस रहला । वैदेशिक रोजगारमा सफलताको साटो असफलता चाख लाग्ने छ । प्रेसर लो हुने छ । खान पानमा सजगता अपनाउनु पर्ने छ। पिपलको सेवा गर्नाले र सुर्यको आरधना गर्नाले बिग्रीएको कामहरु सपरने छ । सुर्य मन्त्रको जप गरेको खण्डमा शुभ रहने छ। भोजभतेरमा रमाउन पाइने छ । यात्राको योग रहेको छ । बैराग्यताले गर्दा टाढा टाढाको यात्रा गर्न मन लाग्ने छ । दिदिबहिनीसंग यो साता लेन देन नगर्दा नै बेस रहने छ । पुराना प्रेमी पुन सामुन्ने पर्ने हुदा असमन्जस मा परिने छ । यो साता काला रङ्ग को पोसाक लगाउनु कुम्भ जन लाई अति उत्तम रहने छ (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो ।
नया रोजगारी पाउने योग रहेको छ । सामाजिक सेवामा मन जाने छ । प्रतिष्ठित ब्यक्तिहरु को संगतले गर्दा समाजमा मान सम्मानको योग रहेको छ । काम काजको दर्मियान दौडधुप हुने हुदा पुर्खेउली कार्यामा समस्या आइलाग्ने छ । शिक्षा शिक्षणमा प्रगतीको योग रहेको छ । बैवाहिक जीवनमा सुमधुर सम्बन्ध रहने छ। नयाँ प्रेमको प्रस्ताव आउने छ । उतारचढाव आर्थिकले मन असान्त रहने छ। शुक्रबार अपजसको सामना गर्नु पर्ने छ । मीनले यो साता धनु जनसंग कारोबार नगर्दा शुभ रहने छ। छाला सम्बन्धि रोग र गुप्त रोगले सताउने हुँदा निमस्नान गर्नाले चर्म र गुप्त रोग निको रहने छ । पैतालामा चोट लाग्ने योग रहेको छ । बिहीबारबाट अर्काको हातमा गएको धन पुन वापस आउने छ । बिपरित लिङ्गीमा मन बरालिने हुदा मन बेचैनी हुने छ र छरछिमेक मा बदनाम पनि हुने हुदा गलत हर्कत नगर्नु नै बेस । रत्नबाट लाभ रहने छ। औसधालयमा नोकरी को योग रहेको छ ।
(बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०७५ १३:१९