१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
आय आर्जनका पाटाहरु देखिनेछ । आर्थिक क्षेत्र फस्टाएर जाने योग छ। उद्योग धन्दामा सफलता पाइने योग छ । साथीहरूको सहयोगमा राजनीतिमा सफलता पाउन सकिने छ । यात्रा गर्नु पर्ने हुन्छ यात्राले आर्थिक लाभ मिल्ने छ । वैदेशिक रोजगारमा शुभ रहेको छ । दाम्पत्य जीवन शुभ रहने छ साथै प्रेममा पनि सफलता पाइने छ । परिवारका जेष्ठ सदस्यहरु बिमार परि खर्च बढी तनाब होइएला । बित्तीय क्षेत्रमा लगानी गर्दा होस पुराउन पर्ने छ । पेटमा सामान्य समस्या देखा पर्न सक्ने छ । सिरदोसको समस्याले अलिक सताउने छ । बोली चालीमा ख्याल राख्न नसके आलोचना खेप्नु पर्ने छ । (मंगल मुर्तये नम: १० हजार जप तथा हनुमान जि को आरधना गर्नु होला )
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
यात्रा भेटघाटका कारण रमाइलो वातावरण हुनेछ । रमाइलो तिर मन जानेछ । यहाँहरुले छुद्र वचन कम गर्दा बेस रहने छ हैन भने राजनीति क्षेत्रमा अपजस र मतमतान्तारको सामना गर्नु पर्ने छ । शिक्षा क्षेत्रमा सफलता हात लाग्ने छ । उच्च शिक्षाको लागि बिदेश गमनको योग रहेकोले पश्चिमि मुलुकको शैक्षिक यात्रा गर्दा फाइदा मुलक हुनेछ । बौद्धिक वर्गले प्रसंसा गर्नेछ्न । वैदिक शाहित्यमा मन जाने योग रहेको छ । व्यापार बन्दोबस्तबाट प्रसस्त आम्दानी हुनेछ । प्रेमको अंकुरण हुनेछ बिपरित लिङ्गीमा आशत्ति बढेर जानेछ । नेत्रमा अलि जलन हुने योग छ धुलो धुवाँ बाट बच्नु नै श्रेयकर रहला । साताको अन्तमा कुटिल मन हुनेछ ।
(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
मिथुन राशी हुने जनहरुको निमित्त यो साताको उत्तरार्धमा अर्थात अन्तमा आर्थिक लाभ रहने छ । व्यापार बन्दोबस्तीबाट मनगन्य आर्थिक लाभ मिल्ने छ । साथी संगीहरुसंगको सहकार्यबाट गरेको कामले सफलता पाउने छ । इष्टमित्रको सहयोगमा महत्वपूर्ण कार्य बन्नेछ । सवारी साधन या यात्रा नगरेको खण्डमा शुभ रहने छ । सामाजिक संजाल तथा सामाजिक सेवामा मन जाने छ र सामाजिक पद प्रतिष्ठित ब्यक्तिबाट सम्मान पाइनेछ । शिक्षा शिक्षणमा नसोचेको फल पाइने छ । बसोमबार शत्रु पक्ष हाबी रहने छ्न । बिहिवार आफन्त जनको भनाइले मन कुडिने छ । बुधबारदेखि शुभ कर्मद्वारा सम्मुनत हुन पाइने छ । नशा सम्बन्धी समस्या देखा पर्ने छ । चिसोको कारण स्वास प्रस्वासमा समस्या देखा पर्ने छ । बोलीको प्रभावले बढी नबनेका कामहरु पनि सुचारु हुनेछ । स्वास प्रस्वासको निमित्त इलाइची दुई दान दुई लिटर पानीमा राखी उमाल्ने र सोको बास्प लिएको खण्डमा आराम मिल्ने छ । सबै कष्ट निबारन हेतु चेलीबेटी भान्जि अथवा छोरीहरू लाइ हरियो सृंगार दान गरेमा शुभ रहने छ ।
(ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
यो साता कर्क रासी हुने जनले जग्गा जमिन सम्बन्धि काम गरेको खण्डमा आर्थिक लाभ मिल्ने योग छ । रेस्टुरेन्ट तथा होटेल सम्बन्धि कारोबार फस्टाएर जाने छ । मिस्ठान्न भोजन र राइलो तर्फ मन जाने छ । घर देखि टाढा रहनु पर्नेछ अर्थात यात्राद्वारा शुभ हुनेछ । साताको उत्तरार्धमा आम्दानी का पाटा हरु खुल्ने छन । मनमा सान्ती छाउने छ । शनिबार मन असान्त रहने छ । आइतबार सम्बन्धिबाट सहयोग प्राप्त हुने योग रहेको छ । सोमबारदेखि नबनेका कामहरु सुचारु रहने छ । बिहिवार अलि आर्थिक व्यय हुने योग छ । बिहीबार आफन्तले लाल्छ्ना लाउने छन् साबधान रहनु होला । अध्यन अध्यापनमा सफलता प्राप्त हुनेछ । रसिक जनहरुसंगको जमघटले मधुर भोजन र प्रेममिलाप हुनेछ । यौनिक गतिविधिमा सहभागी भैएला । रक्त र मुटुमा अलिक खराबी हुन सक्ने हुदा खानपानमा ध्यान दिनु होला। मुटु रक्षार्थ कर्क राशी का जनहरुले यो साता विशेष गरि सात्विक भोजन गर्दा शुभ रहने छ । दैनिक मनतातो गाइको दूधमा एक चिमटी बेसार मिलाइ पिएमा खुन सफा भै मुटु लाई आराम मिल्ने छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
यो साता यहाँहरुलाई मान सम्मानको योग छ । विद्वानहरुको संगतले मनमा रहेको संका तथा उपसंकाहरु दुर भएर जानेछ । संचारको क्षेत्रमा प्रगती हुने योग छ । कला साहित्य लेखनमा अभिरुचि भै प्रगती सकिने छ । नेत्र सम्बन्धी समस्याले सताउनेछ । वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने यो साता अशुभ रहेको छ अर्थात काम निस्पन्न हुन सक्ने छैन । शिक्षण क्षेत्रमा प्रगतीको योग रहेको छ । शिक्षामा लगाएको धनले प्रगती हुनेछ । आयाअर्जन सामान्य रहेको छ । शनिबार स्वास्थमा समस्या देखा पर्नेछ । नसा सम्बन्धि समस्याले शनिबार तनाव हुने छ । आइतबारदेखि रोकिएका कामहरु सुचारु हुने छ । बिहिवार अचानक यात्राको योग रहेको छ । दाम्पत्य जिवन सुमधुर रहने छ । सरकारी लाममा उल्झन आउने छ । नखाएको बीस लाग्ने योग छ । धैर्य रहनु होला । सामाजिक क्षेत्रमा गरेको कामको जस भने साताको अन्त्तमा पाइनेछ । पेटमा अपचको कारणले समस्या हुनेछ । खरो बानिका कारण बनेका काम पनि बिग्रन सक्नेछ ।
(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार: सोमबार
यो राशीको निमित्त साता पुर्न फलदायी रहेको छ । बोलिको प्रभावका कारण जग्गा जमिन आदिबाट पुर्न रुपमा आम्दानी हुनेछ । उत्तर पश्चिम् सम्बन्धि वैदेशिक रोजगार र बिदेश पठाउने कामबाट आम्दानी हुने योग छ । सरकारी वा अर्ध सरकारी जागिरमा अबसर प्राप्त हुने योग छ । लोक सेवाको तयारी गर्दा शुभ हुने योग छ । इष्टमित्र साथीभाईले सहयोग गर्नेछन । इष्टमित्र र सम्बन्धिहरुसंग प्रेम मिलापको योग रहेको छ । प्रेमीको हातबाट उपहार पाइने योग छ । दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध रहने छ । जागिरमा उन्नति हुने छ । टाढिेएका दाजुभाई आफ्नो सत्कर्मको प्रभावले नजिक हुने छन् ।सोम बिहीबार अलि अशुभ समाचार सुन्नु पर्ला । बुधबारदेखि काम बन्ने छ । बुधबार प्रेम प्रस्ताव आउनेछ । नशा सम्बन्धि रोगले तनावग्रस्त हुने योग छ । आफन्तहरु मध्यबाट कोइ एकको अशुभ समाचार सुन्नु पर्ने छ । अज्वाइनको तेल गुनगुनाहट सांझ सुत्ने समयमा हल्का हल्का दर्द भएको ठाउँमा मालिस दैनिक गर्नाले आराम मिल्ने छ । यो साता देवीको पुजन या दर्शन गर्नुस अशुभ फल पनि शुभ हुने छ। (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
विगतदेखि बिग्रेको दाजुभाईको सम्बन्ध सुमधुर हुने योग रहेको छ । दाजुभाईसंग मिलि गरेको कामबाट आम्दानी हुने छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध मजबुत हुने योग रहेको छ । सामाजिक कार्यमा मन लाग्ने छ । शुक्रवार नयाँ रोजगार मुलक अर्थात आयमुलक कामहरु फेला पर्ने छन । यात्रामा नबिन प्रेमीले दीर्घ प्रेमको प्रस्ताव गर्नेछन् । हतारमा गरेको निर्णय भबिस्यमा घातक हुन जाने छ । गर्भ योगको समय छ । साताको पुर्बार्धमा सुख शान्तिको महसुस हुने छ । सोमबार अलिक अप्ठ्यारो स्थिति शृजना हुन सक्ने योग रहेको छ । पुरानो मित्रहरुबाट आर्थिक सहयोग मिल्ने छ । साताको अन्तमा यात्रा गर्दा सावधानी अपनाउनु पर्ने छ । नत्र चोट पटकको योग रहेको छ । यो साता यहाँहरुको फियोमा समस्या आउने छ । अत: भोजन पानीमा ख्याल राख्नु होला। (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, यहाँहरुलाई वैदेशिक रोजगारबाट प्रसस्थ आम्दानी हुने योग रहेको छ । मिस्ठान्न भोजन र यात्रामा मन जाने छ । परिवारमा सौहार्द व्यवहार यहाँहरुले पाउनु हुनेछ। साझेदारी कार्यबाट बिगतमा नबनेका कार्यहरु पनि बन्ने छन । न्यायिक क्षेत्रबाट आम्दानीको योग रहेको छ । बैदेशिक यात्रा शुभ रहेकोछ।। बैदेशिक सम्बन्धी कार्यमा लगाएको धनले राम्रो मुनाफा कमाउने छ। विद्युतिय सामाग्री तथा बिद्युतिय गृहमा गरिएको लगानीले मनग्ये मुनाफा पाउने योग रहेको छ । बित्तीय संघ संस्थामा लगाएको सियरले भबिस्यमा शुभ रहने छ। परस्त्रीको कामना नगर्दा नै बेस रहने हुदा त्यता मन न लगाउदा शुभ होला । उदर तथा गुप्त रोगले सताउने छ । बिहीबार शिक्षामा प्रगति भएको समाचार सुन्न पाइनेछ ।
(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो,
यहाँको यो साता त्यति शुभ रहेको छैन । मन अशान्त रहनाले सम्झना शक्ति कम हुने छ । पारिवारिक कलहले तनाव प्राप्त हुने योग छ । सावधानी अपनाउनु नै बेस रहन्छ । सबारी साधनबाट चोट पटक लाग्न सक्ने छ सवारी चलाउदा साबधान हुनुहोला । सोमबार मंगलबार बुधबार स्वास्थ्यमा समस्या आइलाग्ने छ। मंगलबारबाट आर्थिक प्रगति हुने योग रहेको छ । दाम्पत्यजिवन शुभ रहेता पनि प्रेमी प्रेमिकाको लागि गारो छ यो साता । द्वि अर्थी भाव झल्कने स्वभाव भएकोले आफन्तले परेको समयमा पनि हेर्ने छैन्न । घर परिवारमा शुभ कार्य हुने योग छ । साताको अन्तमा पारिवारिक तनाव हुने भएकोले गलत काम नगर्दा बेस रहने छ । हतारमा गरिएको कामले पुर्णता नपाउने भएकोले सोच बिचार गरि काम गर्नु पर्ने हुन्छ । गणेशको आरधना गर्नु बेस हुने छ । यो साता मकर राशी हुने जनलाई छालामा बिकार देखा पर्नेछ । मासी सम्बन्धी समस्याले हड्डी जोर्नीमा पनि समस्या आउने छ । अत: दुग्ध जन्य पदार्थ सेवन गर्नाले शुभ रहनेछ। (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । शनिबार घर जग्गा सम्बन्धि काममा पारिवारिक झमेला आई लाग्ने योग छ तर पनि अन्तमा यहाँको नै मतको अनुमोदन हुने छ । पुर्खेउले अचल सम्पत्ति सुक्री बिक्रिको योग रहेको छ । साताको सुरुमा नै आम्दानीका स्रोतहरु खुल्ने छन् । साथै फजुल खर्च पनि तेतिनै हुने छ । पुराना साथिभाईको सर सल्लाहमा नवीन रोजगार फेला पर्ने छ । प्रेम अंकुरण हुने छ । पुरानो साथीसंग पुन अनैतिक सम्बन्ध हुन सक्छ अलिक सावधान हुन जरुरी छ। थकानको महसुस हुनेछ । आइतबार नशा सम्बन्धि रोगले अलि परेसान बनाउने छ । यदि यहाँहरु यात्रा मा हुनुहुन्छ भने सावधान रात्री रात्री यात्रा नगर्नु होला ।बुधबारदेखि घुंडा मा समस्या आउला।गेडागुडि को सब्जी बाट टाढा रहनु बेस । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो ।
साताको पुर्बार्धमा स्थानान्तरणको प्रबल सम्भावना रहेको छ । बिगतमा गरिएको सकारात्मक कर्मका कारण सामाजिक मान सम्मान मिल्ने छ । धर्म राजनीतिमा भने समस्या आई लाग्ने योग रहेको छ । सन्तान सुख योग रहेको छ । परिवारमा सद्भाव मान सम्मान वृद्धि रहने छ । दीर्घकलिन दैनिकीका कर्म हरु बाट आम्दानी सोछे अनुरुप पाइने छ।नवीन कार्यस्थल हरु को अन्वेषण गर्न मन जाने छ । बित्तीय क्षेत्रमा मा गरिएको लगानीले आम्दानी मा वृद्धि गराउने छ र मन प्रफुलित हुने छ । गोडा पाइतालामा समस्या हुने छ । सामाजिक कार्यमा सहभागी होइने छ । शारीरिक थकान बढी आलस्यता को महसुस हुने छ । शुखद यात्राको योग रहेको छ।
(बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५ १३:२०