१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
साताको सुरुमा मन खिन्न हुने छ । घरायसी झ्मेलामा परिने हुँदा बाहिरी कार्यमा रुकावटको योग रहेको छ । सामाजिक क्षेत्रबाट हपहेलित हुने हुँदा अलिक सजग हुनुपर्ने छ। बोलीको गरिमा मंगलबारबाट बढी लगानी क्षेत्रहरू देखा पर्नेछ्न । प्रेममा नयाँ पन आउनेछ । भोजभतेरमा सरिक होइनेछ । इष्टमित्रहरूको सहराना साताको अन्तमा पाइनेछ । टाउकोमा समस्या आइलाग्ने छ । कब्जियत हुने हुँदा तिखा बस्तु भोजन परेज गर्नु नै स्रेयकर हुन जाने छ। सन्तान योग रहेको छ । यात्रा गर्नु पर्ने छ । व्यापारमा मन्दी हुने हुँदा यो साता नयाँ व्यापार नगर्नु नै मेष जनलाई शुभ रहने छ। शिक्षा शिक्षणमा प्रगतीको योग रहेको छ । रातो वस्तुको सेवन पहिरन मेष जनलाई शुभ रहने छ । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
बृष जनको निमित्त यो साता तरल पदार्थको कारोबार गर्दा शुभ रहने छ। दहि दूध को कारोबार पनि शुभ रहेको छ । सभा सम्मेलनमा सरिक हुन पाइनेछ । धार्मिक सभा बैवाहिक समारोहमा सम्मेलनमा सरिक हुन पाइनेछ । पित्तमा खराबीका कारण जातकलाई भोजन अपचको सामना गर्नु पर्ने हुन्छ । मांसपेशीमा मासीको कमि हुनाले थकानको महसुस हुने योग रहेको छ। प्रेममा एक नयाँ मोडको स्थिति आउने छ । पतिपत्नी बिच टकरावको स्थिति हुँदा बाहिर प्रेमलाई भन्दा घर परिवारलाई समय दिदा शुभ रहने छ । शिक्षा शिक्षणमा सामान्य रहने छ । बित्तीय संस्था र संस्थान द्वारा लाभ हुनेछ। शिक्षामा लागाएको लगानीले बडोत्तरी हुने योग रहेको छ । मकरमा रहेको सुर्य बुधको युक्ति हुनाले टेक्निकल क्षेत्रद्वारा लाभ हुने छ । यो साता यदि लोक सेवाको तयारी गर्दै हुनुहुन्छ भने लाभ कर हुने छ ।
(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
यो साता बुधादित्य योग मकरसंग हुदा मिथुन जनलाई ओखती जन्य वस्तुबाट लाभ रहने छ। शिक्षामा प्रगतिको योग रहेको छ । टेक्निकल क्षेत्रको शिक्षाले प्रगती रहेको छ । छातीमा समस्या देखा पर्ने छ । नशा सम्बन्धि रोगले यो साता मिथुन जनलाई अलिक गारो हुने योग रहेको छ । मिथुन जनलाई यो साता प्रेम प्रस्तावको योग रहेको छ । परिवारमा बिगत साता देखि बिग्रीएको सम्बन्धमा नयाँ पनको सुरुवात हुने छ । श्रीमानश्रीमति बिच सुमधुर सम्बन्ध रहने छ । व्यापारमा बडोत्तरी को योग रहेको छ । साथीभाईहरुद्वारा सहयोग पाइने योग रहेको छ। परिवारमा जेष्ठ सदस्यहरुमा बिमार हुने योग रहेकोले मानसिक उल्झन मा परिने छ। मेसनरी सामान खरिदबिक्री को योग रहेको छ । जग्गा जमिन बाट लाभ हुने योग रहेको छ । चौपायाबाट शुभ रहको छ। होटेल रेस्टुरेन्टको सुरुवात गर्दैहुनुहुन्छ भने शुभ रहएको छ ।
(ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
हृदय सम्बन्धी रोगका कारण रक्त बाहिनीमा समस्या हुन सक्ने हुँदा अलिक साबधानी हुन आवश्यक रहेको छ। साताको पुर्बार्धमा अनेक खालको परेसानीले घर गर्ने योग रहेको छ । शिक्षण पेसामा रहुनु भएका जनलाई यो साता शुभ रहेको छ । ब्यापारमा सुरुको समय अलि मन्दी भए पनि सोमबारदेखि शुभ रहेको छ । रेस्टुरेन्टमा लगानी गर्दै हुनुहुन्छ भने शुभ रहेको छ यो साता याहाहरु लाई । प्रेम मिलापको योग रहेको छ । बुधबार दिलमा अचानक समस्या आउने हुदा कष्टको योग रहेको छ बुधबार आबेगमा आयि चर्को स्वरमा नबोले मा नै शुभ रहने छ। पिरो अमिलोबाट टाढा रहुनु नै बेस रहने छ। जग्गा जमिन सम्बन्धि कारोबार बाट लाभ रहनेछ । दाम्पत्य जीवनमा सुमधुर रहने छ । सन्तान योगको समय रहेको छ। सादगी जीवन यापन गर्न मन लाग्ने छ । यो साता कर्क जनले पशुपतिनाथमा पंचामृत स्नान गर्नाले सबै कष्ट हट्ने छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
शुक्रबारबार अनायास अपजसको सामना गर्नु पर्ने छ। शुक्रबार कन्या राशीमा चन्द्रमा रहेको कारण उपस्थ अंगमा समस्या आउने छ । व्यापार बन्दोबस्तबाट शुभ लाभ रहेको छ । साताको उत्तरार्धमा नाफामुलक कार्यको थालनी हुने योग रहेको छ । शिक्षा शिक्षणमा प्रगतीको योग रहेको छ । दाम्पत्य जीवनमा बाहिरी जनको प्रबेसले गर्दा अलिक तनावको योग रहेको छ। प्रेमको अंकुरणको योग रहेको छ । सामाजिक संजालमा व्यस्त होइने छ । सभा सम्मेलनमा समय व्यतित हुने छ र मान्यगन्यद्वारा सम्मानको योग रहेको छ। पुर्खेउली जग्गा जमिनबाट लाभको योग रहेको छ शनिबार कारोबारमा नलाग्दा नै शुभ रहने छ। वैदेशिक रोजगारको योग रहेको छ। गित संगितमा मन जाने योग रहेको छ ।
(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार: सोमबार । साताको सुरुवातमा कन्या जनको निमित्त सुभ रहेको छ । बिगत देखी रोकियको कारोबार सुचारु रहने छ । व्यापारमा वृद्धि योग रहेको छ ।बिगत मा भएको असमन्जस्ता कुसल व्यवहारका कारण यो साता अन्त रहने छ । शिक्षा शिक्षणमा प्रगतीको योग रहेको छ । कम्मरमा समस्या हुने योग रहेको छ । कृषि क्षेत्रमा गरेको लगानी शुभ रहने छ ।आर्थिक कारोबारमा प्रगती योग रहेको छ। प्रेममा नया आयामको योग रहेको छ । पुरानो प्रेम विवाहमा परिणत हुने छ अत मन पुल्कित रहने छ। दाम्पत्य जीवनमा सुमधुर योग रहेको छ। बित्तिय क्षेत्रमा गरेको लगानीले आर्थिक लाभ हुनेछ। जग्गा जमिनबाट लाभ हुने योग रहेको छ । सोमबार अपजसको योग रहेको हुनाले सजक्ता अपनाउनु नै बेस रहने छ। टेक्निकल फिल्डमा लागाएको लगानीले शुभ अर्थात लाभ रहने छ । होटेल रेस्टुरेन्टको ओपनिङ्ग गर्दै हुनुहुन्छ भने शुभ रहेको छ ।
(ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
बिगतदेखि बिग्रेको दाजुभाईको सम्बन्ध सुमधुर हुने योग रहेको छ। दाजुभाईसंग मिलि गरेको कामबाट आम्दानी हुने छ। दाम्पत्य एवं पारिवारिक सम्बन्ध मजबुत हुने योग रहेको छ। सामाजिक कार्यमा मन लाग्ने छ। शुक्रवार नयाँ रोजगार मुलक अर्थात आयमुलक कामहरु फेला पर्ने छन । यात्रामा नबिन प्रेमीले दीर्घ प्रेम को प्रस्ताव गर्नेछन् । हतारमा गरेको निर्णय भबिस्यमा घातक हुन जाने छ । गर्भ योगको समय छ । साताको पुर्बार्धमा सुख शान्तिको महसुस हुने छ । सोमबार अलिक अप्ठ्यारो स्थिति शृजना हुन सक्ने योग रहेको छ । पुराना मित्रहरुबाट आर्थिक सहयोग मिल्ने छ । सताको अन्तमा यात्रा गर्दा साबधानी अपनाउनु पर्ने छ । नत्र चोट पटकको योग रहेको छ । यो साता यहाँहरुको फियोमा समस्या आउने छ अत: भोजन पानीमा ख्याल राख्नु होला।
ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । साताको पुर्बार्धमा बृस्चिक जनको निमित्त फाइदाजनक रहेको रहेको छ । जग्गा जमिनबाट लाभ रहेको छ । पुर्खेउली जमिनबाट लाभ हुनेछ । औषधी जडिबुटीबाट लाभ रहने योग रहेको छ। आंत सम्बन्धी समस्या रहने छ । कलेजोमा जलन सम्बन्धि रोगको सामना गर्नु पर्ने छ। व्यापारमा भने यो साता अशुभ रहेको छ । शिक्षामा लगाव बढने छ । शिक्षण संस्थानमा लगाएको बित्तले फाइदा मुलक रहने योग छ । लाभ स्थानमा गुरुशुक्रको युक्ती रहेकोले बिछा राशीका जनले खनिज सम्बन्धि कारोबारबाट अत्यन्तै धन लाभ गर्ने छ्न।प्रेम मिलाप को योग रहेको छ। पतिपत्नी बिच तनावको योग रहेको छ । शिक्षा सम्बन्धि कारोबारबाट लाभ रहने छ । आइतबार कारोबारमा मन्दी आउने योग रहेको छ । खनिज पदार्थबाट लाभ हुने छ । फलाम सम्बन्धि कारोबारबाट लाभ रहने छ । सभा सम्मेलनमा सहभागी हुन पाइने छ। मान्यवरबाट सम्मानको योग रहेको छ । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, व्यय स्थानमा शनि बिराजमान रहेको कारण यो साता धन राशी को निमित्त अशुभ रहेको छ । पाकसाला सम्बन्धि कामबाट लाभ रहेको छ । शिक्षा शिक्षणमा गिरावटको योग रहेको छ। शुक्रबार कारोबार सम्बन्धी बिवादको योग रहेको छ । राहुको कारण यश साता धनको निमित्त आफन्त साथीहरूसंग नोक झोकको योग रहेको छ । अनेपेक्षित रुपमा धन जनको सम्मानमा गिरावट आउने छ । प्रेममा धोका धाडिको योग रहेकोले स्वयम् भन्दा जेष्ठसंग प्रेममा रहुनु हानीकारक रहने छ पुरुष जष को निमित्त ।दाजुभाई बिच लेन देन सम्बन्धि बिवाद रहने छ । नया वस्तुको खरिदबिक्रीको योग रहेको छ । बिलासिता बस्तुको आबस्यकता हुने छ । लामो यात्राको सम्भावना रहेको छ । नशा सम्बन्धि लतले समाजमा नकारात्मक छाप लाग्ने छ । दाम्पत्य जीवनमा सुमधुर योग रहेको छ । गर्भपतनको योग रहेकोले स्त्री जनले सावधानी अपनाउनु पर्नेछ । धातु सम्बन्धि रोगले सताउने छ । बिगतमा गरिएको गल्तीका कारण सो गल्ती बार बार याद आउनाले तनावग्रस्त होइने छ । साताको अन्तमा धन लाभको योग रहेको छ ।
(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो, बिलासिबस्तुको आबस्यकताले सताउने छ। बिलासित वस्तुको खरिदबिक्रीको योग रहेको छ । शिक्षा शिक्षणमा प्रगतीको योग रहेको छ । साथिभाइहरुबाट सर सहयोगको योग रहेको छ । पुराना काम बन्नाले मन आनन्दित हुने छ । शनिबार विछुडिको आफन्तको मिलनले मन सान्त रहने छ । तर आइतबार भने प्रेममा धोका पाइने छ । बिजुली सम्बन्धी कारोबार शुभ हुने छ । हड्डीमा समस्या आई लाग्ने योग रहेको छ । आइतबार पारिवारिक तनावग्रस्त होइने छ । जग्गा जमिनबाट प्रस्सत आम्दानीको योग रहेको छ । लामो यात्रा नगर्दा बेस रहने छ । दाम्पत्य जीवन सुखमय रहने छ । बिगत समयदेखि नबनेका कामहरु सुचारु हुने योग रहेको छ । फलाम तथा वाहान सम्बन्धी कारोबारमा शुभ रहने छ । साताको अन्तमा मन खराव भै कनिष्ठ बिपरित लिङ्ग प्रती असभ्य कर्म गर्न मन लाग्ने हुनाले इन्द्रिय कन्त्रोल गर्नु शुभ रहने छ ।
(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । आदरणीय कुम्भ जन याहा हरु ले योअ साता ठुला ठुला कार्य हरु थालनी गर्दै हुनुहुन्छ भने समय अनुकुल रहेको छैन । पहिला स्थानान्तरण गरि वरि मात्र कार्य थालनी गर्नु होला । सामाजिक क्षेत्रमामा मन जाने छ ।असाय जनहरुलाई सेवा गर्न मन लाग्ने छ साथै आडम्बर पनि वृद्धि हुने छ । वैदेशिक रोजगार मा गरेको कार्य सफल हुने छ । वचन अर्थात वाणीको ओज सफल हुने योग रहेको छ । साताको अन्तमा बोली रुखो भै बनिसकेका कामहरु पनि बिग्रने छन । आइतबारदेखि मति भ्रष्ट हुन सक्ने छ । नराम्रो सोच र हेराइ याहा हरुलाइ शुभ हुने छैन । अत: सकारात्मक सोचको अभावले मिहिनेत गरे अनुसारको फल मिल्ने छैन । मंगल कार्यमा सरिक हुन पाइने छ । मांसपेशीमा समस्या आइलाग्ने छ। ढाड सम्बन्धी समस्याले पनि सताउने छ । साताको अन्तम आफन्त या जेष्ठ सदस्यको हताहत भएको समाचार सुन्नुपर्ने हुन्छ । आफुले गतेको निर्णयले अफुलै नै पिरोल्ने हुदा निर्णय सोचेर मात्र लिनु उपयुक्त रहन जाने छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । सम आदरणीय मीन जन यो साता यहाँहरुको निमित्त मध्यम खालको रहेको छ । शिक्षा शिक्षणमा सामान्य प्रगती रहेको छ । आफन्त जनले धोका दिने छन । मावलीहरुसंग कारोबार नगर्दा नै बेस रहने छ । कपडाको कारोबारले आम्दानीमा बडोत्तरी हुने छ । संचित धनको ह्रास हुने योग रहेको छ अत लगानी गर्दा होसियार रहनु पर्ने हुन्छ । पहेलो धातु जन्यबाट प्रस्सस्त आम्दानी को योग रहेको भएता पनि मन सन्तुलन नरहेकाले शुभ रहने छैन । प्रेममा सफलता पाइने छ । पतिपत्नी बिच नोक्झोकको स्थिति आई लाग्ने छ । रत्न तथा पुस्तकको कारोबारबाट भने साताको अन्तमा फाइदा लिन सकिनेछ । नवीन कार्यको थालनी हुने छ । चौपाया र कृषि क्षेत्रबाट लाभ लिन सकिनेछ । बुधबारदेखि शुक्रबारसम्ममा अनपेक्षित आरोपित हुनु पर्ने छ अत मन बिक्षिप्त हुने छ । खिन्नताले मनमा बाँस गर्ने छ ।
(बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०७५ १०:१०