१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
आय आर्जनका पाटाहरु देखिनेछ । आर्थिक क्षेत्र फस्टाएर जाने योग छ । उद्योग धन्दामा सफलता पाइने योग छ । साथीहरूको सहयोगमा राजनीतिमा सफलता पाउन सकिने छ । यात्रा गर्नु पर्ने हुन्छ, यात्राले आर्थिक लाभ मिल्ने छ । वैदेशिक रोजगारमा शुभ रहेको छ यो साता । दाम्पत्य जीवन शुभ रहने छ साथै प्रेममा पनि सफलता पाइने छ । परिवारका जेष्ठ सदस्यहरु विरामेव परि खर्च बढी तनाव होइएला । बित्तीय क्षेत्रमा लगानी गर्दा होस पुराउन पर्ने छ । पेटमा सामान्य समस्या देखा पर्न सक्ने छ । सिरदोसको समस्याले अलिक सताउने छ । बोली चालीमा ख्याल राख्न नसके आलोचना खेप्नु पर्ने छ ।(ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
यात्रा भेटघाटका कारण रमाइलो वाताबरण हुनेछ । रमाइलो तिर मन जानेछ । यहाँहरुले छुद्र वचन कम गर्दा बेस रहने छ हैन भने राजनीति क्षेत्रमा अपजस र मतमतान्तारको सामना गर्नु पर्ने छ । शिक्षा क्षेत्रमा सफलता हात लाग्ने छ । उच्च शिक्षाको लागि बिदेश गमनको योग रहेकोले पश्चिमि मुलुकको शैक्षिक यात्रा गर्दा फाइदा मुलक हुनेछ । बौद्धिक बर्गले प्रसंसा गर्नेछ्न । वैदिक शाहित्यमा मन जाने योग रहेको छ। व्यापार बन्दोबस्तबाट प्रसस्त आम्दानी हुनेछ । प्रेमको अंकुरण हुनेछ बिपरित लिङ्गीमा आशत्ति बढेर जानेछ । नेत्रमा अलि जलन हुने योग छ धुलो धुवाँबाट बच्नु नै श्रेयकर रहला । शाताको अन्तमा कुटिल मन हुनेछ ।
(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
मिथुन राशी हुने जनहरुको निमित्त यो साताको उत्तरार्धमा अर्थात अन्तमा आर्थिक लाभ रहने छ। व्यापार बन्दोबस्तबाट मनगन्य आर्थिक लाभ मिल्ने छ । साथी संगीहरुसंगको सहकार्यबाट गरेको कामले सफलता पाउने छ । इष्टमित्रको सहयोगमा महत्वपूर्ण कार्य बन्नेछ । सबारि साधनमा यात्रा नगरेको खण्ड मा शुभ रहने छ । सामाजिक संजाल तथा सामाजिक सेवामा मन जाने छ र सामाजिक पद प्रतिष्ठित ब्यक्तिबाट सम्मान पाइनेछ । शिक्षा शिक्षणमा नसोचेको फल पाइने छ । सोमबार शत्रु पक्ष हाबी रहने छ्न । बिहिवार आफन्त जनको भनाईले मन कुडिने छ। बुधबारदेखि शुभ कर्मद्वारा सम्मुनत हुन पाइने छ । नशा सम्बन्धी समस्या देखा पर्ने छ । चिसोको कारण स्वास प्रस्वासमा समस्या देखा पर्ने छ । बोलीको प्रभावले बढी नबनेका कामहरु पनि सुचारु हुने छ । स्वास प्रस्वासको निमित्त इलाइची दुई दान दुई लिटर पानीमा राखी उमाल्ने र सोको बास्प लिएको खण्डमा आराम मिल्ने छ । सबै कष्ट निबारन हेतु चेलीबेटी भान्जि अथवा छोरीहरूलाई हरियो सृंगार दान गरेमा शुभ रहने छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
हृदय सम्बन्धी रोगका कारण रक्त बाहिनीमा समस्या हुन सक्ने हुँदा अलिक सावधानी हुन आबस्यक रहेको छ। साताको पुर्बार्धमा अनेक खालको परेसानी ले घर गर्ने योग रहेको छ । शिक्षण पेसामा रहुनु भएका जनलाई यो साता शुभ रहेको छ । व्यापारमा सुरुको समय अलि मन्दी भए पनि सोमबारदेखि शुभ रहेको छ । रेस्टुरेन्टमा लगानी गर्दै हुनुहुन्छ भने शुभ रहेको छ यो साता । प्रेम मिलापको योग रहेको छ । बुधबार दिलमा अचानक समस्या आउने हुदा कष्टको योग रहेको छ । बुधबार आबेगमा आदी चर्को स्वरमा नबोलेमा नै शुभ रहने छ । पिरो अमिलोबाट टाढा रहुनु नै बेस रहने छ। (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
यो साता यहाँहरुलाई मान सम्मानको योग छ । विद्वान हरुको संगतले मनमा रहेको संका तथा उपसंकाहरु दुर भएर जानेछ । संचारको क्षेत्रमा प्रगती हुने योग छ । कला साहित्य लेखनमा अभिरुचि भै प्रगती सकिने छ । नेत्र सम्बन्धी समस्याले सताउनेछ । शिक्षण क्षेत्रमा प्रगती को योग रहेको छ ।शिक्षा मा लगाएको धन ले प्रगती हुनेछ।आयाअर्जन सामान्य रहेको छ ।शनिबार स्वास्थ मा समस्या देखा पर्ने छ।नसा सम्बन्धि समस्या ले शनिबार तनाव हुने छ ।आइतबार देखि रोकिएका काम हरु सुचारु हुने छ ।बिहिवार अचानक यात्रा को योग रहेको छ।दाम्पत्य जिवन सुमधुर रहने छ।सरकारी लाम मा उल्झन आउने छ ।नखाएको बीस लाग्ने योग छ धैर्य रहनु होला।सामाजिक क्षेत्रमा गरेको काम को जस भने साताको अन्त्त मा पाइनेछ ।पेट मा अपच को कारण ले समस्या हुने छ ।खरो बानि का कारण बनेका काम पनि बिग्रन सक्नेछ ।
(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार
कन्या राशी जनहरुको निमित्त यो साता आर्थिक लाभ को समय छ।बिछोडिएका प्रेमी संग पुनर मिलन हुने छ रङ्ग रङ्गिला मा मन जाने छ।दाम्पत्य जीवन मा समस्या देखा पर्ने छ। साथी ले अर्थात जीवन संगी संगिनी लाई प्रेम को अभाव हुने छ ।सामन्य वाद बिबाद हुने योग रहेको छ साबधान रहनु ठिक रहन्छ।साझेदार अर्थात साझेदारी मा गरिएका काम हरुमा समस्या आइ लाग्ने छ ।नवीन मित्र हरु बाट धोका हुन सक्ने छ।साताको मध्य समयमा अलिक कष्ट दुख को सामना गर्नु पर्ने हुन्छ।धोका धाडि को योग प्रस्सत रहेको छ।जग्गा जमीन बाट आम्दानी हुनेछ ।जन्मस्थल बाट लाभ लिन सकिने छ ।नशा सम्बन्धी समस्या देखा पर्ने छ।चिसो बाट बच्नु पर्ने छ।
(ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
शत्रुहरुले केही बाधा अड्चन गर्ने योग छ । साता सामन्य नै रहेको छ । साताको पुर्बार्धमा नै आम्दानीका सोर्स हरु देखा पर्ने छन । शिक्षा शिक्षणका पाटाहरु समृद्ध हुने योग छ । आफन्त घर परिवारबाट यथेस्ट सर सल्लाह र सहयोग मिल्ने योग छ । आफ्ना साथिभाईहरुले धोका देलान् । लेनदेनमा किचलो हुने योग छ। धेरै समय सम्म चलेको प्रेम नातामा परिणत हुने भएकोले कुटुम्बले गरेको प्रस्ताव स्विकार्नु श्रेयकर हुन जान्छ । जमिन सम्बन्धि कारोबार ठिक छैन यो साता। प्रसासन र आर्थिक बिभाग पट्टिबाट आम्दानी हुनेछ । सहकारी बित्तीय क्षेत्र बाट पनि सफलता पाइने छ । दैनिक कार्यमा सफलता हासिल गरिने छ । आइतबार शुभ समाचार सुन्न पाइने छ। बुधबारदेखि सामान्य प्रगति हुने छ । नेत्र बिकारको योग रहेको छ । पिसाबमा इन्फेक्सन हुने सम्भावना बढी छ । घृत कुमारीको गुधी मिश्रिसंग पान गरेमा नेत्र जलनबाट मुक्ती पाइने छ । (ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । कृषिको क्षेत्रमा अग्रसरता बढी आय मुलक कर्म मा मन जाने छ । मान्यबरहरुको भेटघाटले नयाँ उर्जा प्राप्त हुनेछ । सामाजिक तथा पारिवारिक दायित्व बढी मन हर्सौलासमय हुने योग रहेको छ । आलस्यता र ढिलासुस्तीका कारण दैनिक कार्यमा अवरोध आउने योग रहेको छ । अत: सुस्त पन त्याग्नु नै असल होला। व्यापार व्यवसायमा सोचेको जति वृद्धि नहुन सक्छ। चौपाया र कृषिबाट भने प्रसस्त आम्दानी रहने छ । भाग दौडका कारण मानसिक र सारिरिक दुर्बलता बढने योग रहेको छ । टाउको दुख्ने समस्या वृद्धि हुनेछ। बैस्य जातीको संगतले आम्दानीमा वृद्धि योग रहेको छ । प्रेम अंकुरण हुने छ ।आफू भन्दा निकै कम उमेरका सदस्यप्रति मन जाने छ, सो अति हानिकारक छ साबधान । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, व्यय स्थानमा शनि बिराजमान रहेको कारण यो साता धन राशीको निमित्त अशुभ रहेको छ । पाठशाला सम्बन्धि कामबाट लाभ रहेको छ । शिक्षा शिक्षणमा गिरावटको योग रहेको छ । शुक्रबार कारोबार सम्बन्धी बिवादको योग रहेको छ । राहुको कारण यस साता धनको निमित्त आफन्त साथीहरूसंग नोक झोकको योग रहेको छ । अनेपेक्षित रुपमा धनजनको सम्मानमा गिरावट आउने छ । प्रेममा धोका धाडिको योग रहेकोले स्वयम् भन्दा जेष्ठसंग प्रेममा रहुनु हानीकारक रहने छ पुरुष जनको निमित्त । दाजुभाई बिच लेनदेन सम्बन्धि बिवाद रहने छ । नया बस्तुको खरिद बिक्रीको योग रहेको छ । बिलासिता वस्तुको आबस्यकता हुने छ । लामो यात्राको सम्भावना रहेको छ । नशा सम्बन्धि लतले समाजमा नकारात्मक छाप लाग्ने सक्नेछ ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो, । यहाँहरुको यो साता त्यति शुभ रहेको छैन । मन अशान्त रहनाले सम्झना शक्ति कम हुने छ । पारिवारिक कलहले तनाव प्राप्त हुने योग छ साबधानी अपनाउनु नै बेस रहन्छ । सबारी साधनबाट चोट पटक लाग्न सक्ने छ, सवारी चलाउदा सबधान हुनुहोला । सोमबार मंगलबार बुधबार स्वास्थ्यमा समस्या आइलाग्ने छ। मंगलबारबाट आर्थिक प्रगति हुने योग रहेको छ । दाम्पत्यजिवन सुभ रहेता पनि प्रेमी प्रेमिकाको लागि गारो छ यो साता । द्वि अर्थी भाव झल्कने स्वभाव भएकोले आफन्तले परेको समयमा पनि हेर्ने छैन्न । घर परिवारमा शुभ कार्य हुने योग छ।साताको अन्त मा पारिवारिक तनाव हुने भएको ले गलत काम नगर्दा बेस रहने छ । हतारमा गरिएको कामले पुर्णता नपाउने भएकोले सोच बिचार गरि काम गर्नु पर्ने हुन्छ । गणेशको आरधना गर्नु बेस हुने छ यो साता मकर राशी हुने जनलाई छालामा बिकार देखा पर्ने छ । मासी सम्बन्धी समस्याले हड्डी जोर्नीमा पनि समस्या आउने छ । अत: दुग्ध जन्य पदार्थ सेवन गर्ना ले शुभ रहनेछ। (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । आदरणीय कुम्भ जन यहाँहरुले यो साता ठुला ठुला कार्यहरुको थालनी गर्दै हुनुहुन्छ भने समय अनुकुल रहेको छैन । पहिला स्थानान्तरण गरि वरि मात्र कार्य थालनी गर्नु होला । सामाजिक क्षेत्रमामा मन जाने छ ।असाय जनहरुलाई सेवा गर्न मन लाग्ने छ, साथै आडम्बर पनि वृद्धि हुने छ । वैदेशिक रोजगारमा गरेको कार्य सफल हुने छ । वचन अर्थात वाणीको ओज सफल हुने योग रहेको छ । साताको अन्तमा बोली रुखो भई बनिसकेका कामहरु पनि बिग्रने छन । आइतबारदेखि मति भ्रष्ट हुन सक्ने छ साबधान । नराम्रो सोच र हेराइ यहाँ हरुलाई शुभ हुने छैन । अत: सकारात्मक सोचको अभावले मिहिनेत गरे अनुसारको फल मिल्ने छैन । मंगल कार्यमा सरिक हुन पाइने छ । मांसपेशीमा समस्या आइलाग्ने छ । ढाड सम्बन्धी समस्याले पनि सताउने छ। (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । वैदिक धर्म सामाजिक काममा अग्रसर भएको कारणले गर्दा उच्च पदस्थ व्यक्तिबाट मान सम्मान पाइने योग रहेको छ । साधु सन्त माहात्माको आशीर्वाद पाइने छ । जेष्ठ सदस्यको आशीर्वाद लेन काम गर्न जागर प्राप्त हुने छ । शिक्षा शिक्षणमा प्रगती हुने योग रहेको छ । परिवारको शुख प्राप्त भै परिवारमा खुसीयाली छाउने छ । साथिभाईबाट सहयोग पाइने छ । इष्टमित्र अलि टाढिन सक्ने छ्न । नयाँ कामको थालनि हुने योग छ। प्रेमी प्रेमिकाका सुमधुर सम्बन्ध रहने योग रहेको छ । दिदिबहिनीहरुलाई सहयोग गर्नु पर्ने योग रहेको छ।वैदेशिक रोजगारी या वैदेशिक कार्य ले आम्दानी मा बढोत्तरिको योग रहेको छ । शुक्रवार शनिबार धन मान हराउने योग र खर्च बढी तनाव उत्पन्न होला । आइतबारदेखि शुभ बेला छ । सन्तान सुखको योग छ । पाउ सम्बन्धि समस्या उत्पन्न हुने छ । धातुको क्षय हुने योग रहेको छ । अत: पोसिलो बस्तु या पदार्थ सेबन गर्नु उत्तम रहनेछ ।
(बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५ १३:४८