१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
समादरणीय मेष जनहरुको यो साता यहाँहरुको निमित्त मिश्रित फलको योग रहेको छ । तृतीय भावमा मीन र शुक्रबार मीन राशीमा नै चन्द्रमा हुनु भएकोले आम्दानीका पाटाहरु सुदृढ हुने छन । सामाजिक क्षेत्रमा ब्यस्त भैने छ । कर्म राम्रो र मेहनतको प्रभाव ले सम्मान पाइने छ । वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने यो साता शुभ रहने छ । चाकु र तिल दान गर्नाले बक्र शनि शान्त रहने हुँदा आम्दानी वृद्धि हुने छ । शिक्षण क्षेत्रमा पनि मेष जनको शुभ रहेको छ। यात्रामा झन्झटको सामना गर्नु पर्ने छ, स्वदेशी यात्रामा । प्रेम अंकुरण हुनेछ । दाम्पत्य जिवनमा मधुशाला छाउने छ । सगोतृय जनसंग मतभेद हुने छ ।(ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
ढिपिका कारण आफन्त जनहरु टेढिन सक्ने सम्भावना बढी रहेको छ । हातिघोडाको क्रयबिक्रय अर्थात सुकृबिक्रीको योग रहेको छ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुने छ । शनि महाराज र शुक्र देवको युक्ति धनुसंग रहेकाले यो साता यहाँहरुलाई अनावश्यक वस्तुमा खर्च गराउने छ, सो उपयुक्त भने हुन्न । यो साता राम्रो होस भन्ना का निमित्त यहाँहरुले दहि दान गरेमा शुभ रहने छ । राजयोगमा बिराजमान जनसंगको मेलमिलापले मन फुरुङ्ग हुनेछ । साथै घमण्ड पन वृद्धि मतमतान्तरण हुनेछ सो फलदायी न हुन सक्छ ।आफू यानकी जेष्ठ सदस्य हरु लाई कष्ट हुने योग रहेको बेथाबिमारले गर्दा संचित धन ह्रासको योग रहेको छ । प्रेम सदावाहार मिठासको अनुभव गर्न पाउनुहुनेछ । दाम्पत्य जीवन मधुरमय हुने छ । सन्तान सुखको अनुभव हुनेछ । वैदेशिक रोजगारमा जादैहुनुहुन्छ भने सोम पछि जादा शुभ रहने छ । मदिरा पानबाट टाढा हुनु श्रेयकर हुने छ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
आदरणीय मिथुन जन यहाँहरुको यो साता मध्यमखालको रहेको छ । अत: सकारात्मक सोच्र कर्म गरेको खण्डमा अशुभ कर्म हुनबाट बच्नु हुनेछ । छरछिमेकसंग नोक झोक हुन सक्ने छ । सांधसंधियारिसंग मतमतान्तरन भै असजिलो पन हुन सक्नेछ। धार्मिक कर्ममा व्यस्त होइने छ । आर्थिक हानीको योग रहेको छ । एक जगाहाबाट अर्को जगमा स्थान्तरण हुने योग रहेको छ । पुर्खाका जमिन र सम्पतीप्रति बिरक्त होइने छ । अन्तर जातिय प्रेमले परिवार जन र समाजको अपहेलित पात्र होइने छ । प्रेम विवाहमा परिणत हुने प्रबल योग रहेको छ । निमोनियाले सताउने योग रहेको छ । आम्दानी भागमा गुरु हुनाले सज्जन पढेलेखेका ब्यक्तिले सहयोग गर्ने छन । नआत्तिनु नै तपाईंको उन्नतिको कढि हुने छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
समादरणिय कर्क जन यो साता प्रेमिल समय नरहेको हुनाले जोड नदिनु नै राम्रो रहने छ सम्बन्धमा । साताको सुरुमा नै आफुले अति बिश्वास गरेका ब्यक्तिले धोका दिदा मन तनावग्रस्त हुने छ । बैवाहिक जीवनमा तुसारापात हुने छ । न सोचेको घटना परिगटना घटीत हुने हुँदा मानसिक कष्ट सहन गर्नु पर्ने हुन्छ तथापी यो साता यातायात र सबारी साधन बाट मुनाफा हुनेछ । रोग स्थामा सिंह राशी र अस्टमेष चथुर्थस्थ भएकाले पेटमा हतियार लगाउन पर्ने प्रबल सम्भावना रहेको छ । चोटपटकको योग रहेको छ । मित्रहरूबाट धोकाको योग रहेको छ । मासुजन्य खानेकुरा त्याज्य गर्नु शुभ रहने छ । पारिवारिक उल्झनमा परिने छ । मुद्दा मामिलामा शुभ रहेको छैन (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
यो साता त्यति शुभ रहेको छैन ता पनि अध्यन अध्यापनमा मन जाने छ । मांगलिक कार्यमा सहभागिता हुने छ । शिक्षा क्षेत्रमा गरेको लगानीले सफलता पाउने छ । प्रेमी प्रेमीकाबिच तनावको योग रहेको छ । पतिपत्नी बिचमा नया एक अर्काे ब्यक्तिको आगमनले धन सम्पती मान सम्मानमा ठेस पुग्न सक्ने छ । अत: पुर्ब प्रेमीहरुसंग टाढै रहदा शुभ रहला । अनावश्यक यात्राको सामना गर्नु पर्ने हुन्छ । जाय जेथामा अरुले आँखा लगाउने छन । नयाँ व्यवसाय नगर्नु नै शुभ रहने छ । जग्गा जमिन जोडजामको योग रहेको छ तर मन थिर नरहनाले अलिक गारो हुने छ । आफू भन्दा जेष्ठ सदस्यहरुको निमित्त स्वास्थ क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ ।
(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार यो राशीको निमित्त साता पुर्न फलदायी रहेको छ । बोलिको प्रभावका कारण जग्गा जमिन आदिबाट पुर्न रुपमा आम्दानी हुनेछ । उत्तर पश्चिम् सम्बन्धि वैदेशिक रोजगार र बिदेश पठाउने काम बाट आम्दानी हुने योग छ। सरकारी वा अर्ध सरकारी जागिरमा अवसर प्राप्त हुने योग छ । लोक सेवाको तयारी गर्दा शुभ हुने योग छ। इष्टमित्र साथीभाईले सहयोग गर्नेछन । इष्टमित्र र सम्बन्धिहरुसंग प्रेम मिलापको योग रहेको छ । प्रेमीको हातबाट उपहार पाइने योग छ । दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध रहने छ । जागिरमा उन्नति हुने छ। टाढिएका दाजुभाई आफ्नो सत्कर्मको प्रभावले नजिक हुने छन । सोम-बिहीबार अलि अशुभ समाचार सुन्नु पर्ला । बुधबारदेखि काम बन्ने छ । बुधबार प्रेम प्रस्ताव आउनेछ। नशा सम्बन्धि रोगले तनावग्रस्त हुने योग छ । आफन्तहरु मध्यबाट कोइ एकको अशुभ समाचार सुन्नु पर्ने छ। अज्वाइनको तेल गुनगुनाहट सांझ सुत्ने समयमा हल्का हल्का दर्द भएको ठाउमा मालिस दैनिक गर्नाले आराम मिल्ने छ । यो साता देबिको पुजन या दर्शन गर्नुस अशुभ फल पनि शुभ हुने छ।
(ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
विगतदेखि बिग्रेको दाजुभाईको सम्बन्ध सुमधुर हुने योग रहेको छ । दाजुभाईसंग मिलि गरेको कामबाट आम्दानी हुने छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध मजबुत हुने योग रहेको छ । सामाजिक कार्यमा मन लाग्ने छ । शुक्रवार नयाँ रोजगार मुलक अर्थात आयमुलक कामहरु फेला पर्ने छन । यात्रामा नबिन प्रेमीले दीर्घ प्रेमको प्रस्ताव गर्नेछन् । हतारमा गरेको निर्णय भबिस्यमा घातक हुन जाने छ । गर्भ योगको समय छ । साताको पुर्बार्धमा सुख शान्तिको महसुस हुने छ । सोमबार अलिक अप्ठ्यारो स्थिति शृजना हुन सक्ने योग रहेको छ।पुराना मित्र हरु बाट आर्थिक सहयोग मिल्ने छ।सताको अन्त मा यात्रा गर्दा साबधानी अपनाउनु पर्ने छ।नत्र चोट पटक को योग रहेको छ।यो साता यहाँ हरु को फियो मा समस्या आउने छ अत भोजन पानी मा ख्याल राख्नु होला।शुक्रवार पशुपतिनाथ मा पंचामृत पुजा गर्ना ले सबै पनौती नाश भै जाने छ ए।घ्यु दान गर्नु होला (ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । ८, बृश्चिक -कृषिको क्षेत्रमा अग्रसरता बढी आय मुलक कर्म मा मन जाने छ ।मान्यबर हरु को भेटघाट ले नया उर्जा प्राप्त हुनेछ । सामाजिक तथा पारिवारिक दाइत्व बढी मन हर्सौलासमय हुने योग रहेको छ।आलस्यता र ढिलासुस्ती का कारण दैनिक कार्य मा अवरोध आउने योग रहेको छ अत सुस्त पन त्याग्नु नै असल होला।ब्यापार ब्यबसाय मा सोचेको जति वृद्धि नहुन सक्छ।चौपाया र कृषि बाट भने प्रसस्त आम्दानी रहने छ।भाग दौड का कारण मानसिक र सारिरिक दुर्बलता बढने योग रहेको छ।टाउको दुख्ने समस्या वृद्धि हुनेछ।बैस्य जाती को संगत ले आम्दानी मा वृद्धि योग रहेको छ।प्रेम अंकुरण हुने छ ।आफू भन्दा निकै कम उमेरका सदस्य पर्ती मन जाने छ सो अति हानिकारक छ साबधान ।(ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, ९, धनु- धनु जनको निमित्त यो साता लाभ दायी रहेको छ ।यात्रा ले मन तरङ्गित हुने छ नया जोस र जागर प्राप्त हुने छ ।बिपरित लिङ्गी ले पछ्याउने छन ।अन्तरास्ट्रिय स्तरका जन हरुले स्थान दिने छ्न ।साना तिना समस्या आइ लाग्ने छन तर निडर भै गरेको खण्ड मा भने कुनै पनि अप्ठ्यारो आइ लाग्ने भने छैन साथिभाइ हरुको सहयोग ले नवीन कार्य बन्ने छ। सामाजिक संजाल मा बढी ब्यस्त हुदा स्वास्थ मा समस्या आउने छ सभा सम्मेलन मा सहभागी होइने छ ।धार्मिक काम मा र भबिस्यको हितार्थ को काम मा मन जाने छ ।आफुले गरेको काम ले गर्दा मन दङ्ग रहने छ ।सुनौलो रङ्ग यो साता धनु जन लाई शुभ रहेको छ ।छाला सम्बन्धी समस्या देखा पर्ने छ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो, । बिगत देखि भै रहेको स्वास्थ्य सम्बन्धि समस्या समाधान हुनेछ । स्वास्थ सुधारका कारण मनमा आनन्दको महसुस हुन्छ । वैदेशिक रोजगारीको अबसर प्राप्त हुनेछ । महत्त्वपुर्ण कर्ममा सहभागी हुन पाइने छ । सामाजिक सभा सम्मेलनमा सहभागी हुन पाइनेछ । दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध हुने छ । प्रेमि प्रेमिका बिच माया प्रेम अंकुरण हुने योग छ। दौडधुप बढनुको कारण थकानको महसुस हुने छ साताको पुर्बार्धमा सामाजिक क्षेत्रमामा मन जाने भएकोले शिक्षामा समय अपुग हुने छ । पारिवारिक सद्भाव बढ्ने छ। कार्य क्षेत्रमा पदोन्नति हुने छ । हड्डि सम्बन्धि समस्या आई लाग्ने छ । शरीरमा पानीको मात्रा कम हुने छ । पानीको मात्रा बढाउनु पर्ने छ । शनिबार शुभ समाचार सुन्न पाइने छ । आइतबार धन हानीको योग छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । साताको पुर्ब समयमा नै बैवाहिक रिस्ता आउने योग रहेको छ । प्रेम बैवाहिकमा परिवर्तन हुने योग रहेको छ । घरायसी समस्याले सताउने छ । बिगतदेखि बिगृएको सम्बन्ध सुध्रने छाटकाट नहुने हुदा मन असान्त रहने छ । नयाँ काम गर्दा उच्च मनोबलका साथ गर्नु पर्ने हुन्छ । बैचारिक बिचलनता छाउने हुँदा सम्यम हुनु बेस रहला । वैदेशिक रोजगारमा सफलताको साटो असफलता चाख लाग्ने छ । प्रेसर लो हुने छ । खान पानमा सजगता अपनाउनु पर्ने छ । पिपलको सेवा गर्नाले र सुर्यको आरधना गर्नाले बिग्रीएको कामहरु सपरने छ । सुर्य मन्त्रको जप गरेको खण्डमा शुभ रहने छ । पुर्खेउली सम्पत्तिमा आग्फन्तले आँखा लगाउने छन । शुक्रको गति बक्र अबस्थामा भएकोले अपहेलित महसुस हुने छ । मुद्दा मामिला अलिक सजक रहनु होला ।शुभ समय रहेको छैन । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । अग्रझरुको सरसल्लाहमा गरिएको कर्मले सफलता पाउने छ । रमाइलो यात्राको योग रहेको छ र साथै रमाइलो भेटघाट पनि हुने योग रहेको छ । मीन जनले यो साता सन्तुलन युक्त बोली रहन सहन गरेमा शुभ रहने छ । शिक्षा शिक्षणमा लगाएको लगानी शुभ रहने छ । साथीहरूबाट प्रसस्त आम्दानी र सहयोग पाइने छ । प्रेमको क्षेत्रमा यो साता शुभ रहेको छ । बैवाहिक जनको लागि पुर्वको यात्रा गरेको खण्डमा उत्तम हुने छ । साताको अन्तमा कष्ट भै बिचलित मन हुने छ ता पनि कुल देवीको आरधना गरेको खण्डमा भने शुभ नै रहने छ । व्यापार बन्दोबस्तबाट लाभको योग रहेको छ । बिहिवारबाट आर्थिक लाभको योग रहेको छ । दाजुभाईबिचको मन्मुटावले खिन्नता छाउने छ । साझेदारि कर्मबाट लाभ हुने छ । बाख्रा पालन यानकी चौपायाबाट लाभ हुनेछ । वैदेशिक रोजगारमा शुभ रहेको छ । अनैतिक कर्ममा लिप्त भएका जनको संगतले मन बेचन हुने छ । रागबैराग भन्दा पर बसेर गरेको कर्म सफल हुने छ ।
(बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शनिबार, माघ २६, २०७५ ०९:५०