काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको दुई वर्षको तलब आएको छ । राष्ट्रिय खेलकुद परिषदको स्टान्डर्ड चार्टड बैंकको खातामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले एक करोड ८८ लाख रुपैयाँ जम्मा गरेको हो ।
जुन खेलाडीको २ बर्षसम्मको तलब हुन जान्छ । योसँगै तीन श्रेणीमा वर्गीकरण गरिए अनुसार २२ जनाले नै दुई वर्षको तलब पाउने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार श्रेणी ‘क’ मा रहेका कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर,वसन्त रेग्मी,सोमपाल कामी,सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको मासिक तलब अनुसार ३५ हजारको दरले दुई वर्षको रकम पाउने भएका हुन् ।
त्यसतै ‘बी’ श्रेणीमा रहेका आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचनले मासिक २५ हजारका दरले तलब बाफतको पैँसा पाउनेछन् भने ‘सी’ श्रेणीका खेलाडीहरु सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारीले मासिक १५ हजारका दरले पाउने छन्।
नेपाल क्रिकेट संघलाई निलम्बन गरेको आईसीसीले पहिलो वर्षको तलब दिएको भएपनि दुर्इ वर्ष यताको बाँकी थियो ।