एजेन्सी । पन्ध्र वर्षको उमेरमा चार वर्षअघि इस्लामिक स्टेट (आइएस) समूहका लडाकुसँग बिहे गर्न लण्डन छाडेर सिरिया पुगेकी एक किशोरीको ब्रिटिस नागरिकता रद्द गरिएको छ।
आइएस लडाकुसँग विहे गरेकी शमिमा बेगमला नाम कि ति किशाेरीको नागरिकता रद्द गरिएको व्रिटिस अधिकारीहरूले जनाएका छन् ।
उनको आमाबुवा बांग्लादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको ब्रिटिशले नागरिकता रद्द गरिदिएको जनाएको छ ।
सन् १९८१ को ब्रिटिस राष्ट्रियता सम्बन्धी ऐन बमोजिम गृहमन्त्रीले दुईवटा सर्त पूरा भए कसैको नागरिकता रद्द गरिदिन सक्छन्।
पहिलो, यदि त्यसो गरिनु आम जनताको भलाइमा छ र दोस्रो, यदि ती व्यक्ति राज्यविहीन बन्दैनन् भने।
शमिमाको हकमा उनको आमाबुवा बांग्लादेशी भएकाले उनी राज्यविहीन नहुने तर्क गरिएको छ।
शमिमा बेगमलाको पारिवारिक वकिलले यो ‘निराशापूर्ण’ खबर भएको भन्दै कानुनी लडाई लड्ने बताएकी छिन् । अन्तराष्ट्रिय कानुन अनुसार कुनै पनि नागरिकलाई दशेविहिन बनाउन पाउँदैन ।
चार वर्षअघि ब्रिटिसबाट भागेकी शमिमा बेगम गत साता एक सिरियाली शरणार्थी शिविरमा फेला पारेकी थिइन् । उनी अहिले सुत्केरी छिन् । आइएसको अन्तिम प्रभाव क्षेत्र बगुजबाट भाग्दै गर्दा उनी त्यहाँ पुगेकी उनले सप्ताहान्तमा त्यहाँ छोरालाई जन्म दिएकी छन्।
सोमवार बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले आइएसका लागि ‘एउटा प्रतीक’ बन्न आफूले कहिले नखोजेको र अब चुपचाप ब्रिटेनमा फर्किएर बच्चा हुर्काउन चाहेको बताएकी थिइन्। तर उनी आफूले आइएस लडाकुसँग विहे गरेको बारे पश्चाताप गरेकी छैनन् ।
वीवीसीसँगको एक अन्तर्वार्ता मा उनले सन् २०१७ मा ब्रिटेनकाे म्यान्चेस्टरमा भएको आक्रमणमा मारिएको प्रति दुख व्यक्त गरेकी छन् तर पछिल्लो समय आइएस क्षेत्रमा पनि निहत्था महिला र बालबालिका मारिएको भन्दै उनले आइएसको बचाउ गर्न खोजिएको देखिन्छ ।