एजेन्सी । भारत प्रशासित क्षेत्र कश्मीरमा भएकाे आतंकवादी हमलापछि भारत-पाकिस्तान सम्बन्ध झनै चिसिएकाे छ । कश्मीरकाे पुलवामा गत हप्ता भएकाे साे हमलामा ४६ भारतीय सुरक्षाकर्मीकाे मृत्यु भएकाे थियाे ।
साे घटनामा पाकिस्तानकाे हात रहेकाे निष्कर्षसहित भारत सरकारले पाकिस्तानविरुद्ध कडा कदम चाल्ने बिबिसी हिन्दीले लेख्दै आएकाे छ । यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे मन्त्रीमण्डलले भारतीय भूमि हुँदै पाकिस्तानमा बग्ने ३ नदीकाे पानी राेक्ने याेजना अघि सारिसकेकाे जनाइएकाे छ ।
मारिएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रम माेदी
भारतले अाफ्ना उत्तरी हिमालय क्षेत्र हुँदै बग्ने र पाकिस्तान जाने नदीहरु रावी, सतलज र ब्यास नदीको पानी ड्याम बनाएर रोक्न लागिएको जनाइएकाे । भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीले जनाए अनुसार शाहपुर-कान्डी ड्याम निर्माणको काम पुलवामा हमला हुनअघि नै शुरु भइसकेको छ भने मोदी नेतृत्वको मन्त्रिपरिषदले अब अन्य दुई ड्याम बनाउने निर्णय गर्ने तयारी भइरहेकाे छ ।
गडकरीले आफ्नाे ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्री माेदीकाे मन्त्रिपरिषदकाे तयारी याे छ कि अब भारतले पाकिस्तानलाई दिँदै आएकाे पानी अब दिने छैन, भारत हुँदै पाकिस्तानतर्फ बग्ने नदीहरुलाई ड्याम बनाएर आफ्ना जनताका लागि कश्मीर तथा पञ्जावतिर माेडिनेछ ।’
सतलज नदी
The construction of dam has started at Shahpur- Kandi on Ravi river. Moreover, UJH project will store our share of water for use in J&K and the balance water will flow from 2nd Ravi-BEAS Link to provide water to other basin states.
— Nitin Gadkari (@nitin_gadkari) February 21, 2019
उनकाे याे ट्विटमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् भने केहीले प्रश्न समेत उठाएका छन् ।
सिन्धु सम्झाैता
सन् १९६० मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका राष्ट्रपति अयूब ख़ानले सिन्धु नदीकाे पानी बाडफाडका लागि सिन्धु सम्झाैता गरेका थिए । साे सन्धिअनुसार सिन्धुका सहायक नदीहरुलाई पूर्वी तथा पश्चिमी गरी दुई आधारमा बाँडिएकाे थियाे । जसअनुसार पश्चिमी सहायक नदी सिन्धु, झेमल तथा चेनाब नदीकाे पानी पाकिस्तानलाई दिइयाे भने पूर्वी सहायक नदी रावी, ब्यास र सतलजकाे पानी भारतलाई दिइयाे ।
सिन्धु नदी
साे सम्झाैता एकतर्फी रुपमा ताेड्न नमिल्ने भए पनि भारतले आफ्नाे भूमिमा पाकिस्तानद्वारा संरक्षित लडाकू समूहबाट हुने गरेकाे पटकपटकका हमलालाई देखाएर उ सम्झाैताबाट पछि हट्न सक्ने विश्लेषण भइरहेकाे छ ।
यसअघि बीजेपीकाे समर्थनमा महबूबा मुफ़्ती जम्मू-कश्मीरका मुख्यमन्त्री हुँदा उनले भनेका थिए, ‘सिन्धु नदी सन्धिका कारण राज्यले २० हजार करोड नाेक्सान व्यहाेर्दै अाइरहेकाे छ, यसलाई ध्यानमा राखी केन्द्र सरकारले कदम चाल्नु जरुरी छ ।’
चेनाव नदीमा भारतद्वारा निर्मित ४५० मेगावाट क्षमताकाे बगलिहार जलविद्युत परियोजना
पाकिस्तानका पञ्जाब तथा सिन्ध इलाकाकाे कृषि उत्पादन र सिचाइँका लागि यही सिन्धु नदीबाट पानी जान्छ, जसकाे पाकिस्तानले भरपूर फाइदा उठाएकाे बताइन्छ । पाकिस्तानका अधिकांश क्षेत्रका लागस सिन्धुलगायत नदीकाे पानी मुख्य हाे । साथै त्यहाँ उद्याेग कलकारखाना र शहरहरुमा बिजुली अापूर्तिका लागि समेत सिन्धु सम्झौता महत्वपूर्ण छ ।
बढ्दाे छ तनाव
तर अब भारतले पाकिस्तानलाई एक्ल्याउन अनेक कदम चाल्न थालेकाे बताइन्छ । उसले पानी राेक्नुका साथै अन्तर्राष्टिय कूटनीतिबाट समेत पाकिस्तानलाई एक्ल्याउने र अफ्ठेराेमा पार्ने काम गर्न बताइएकाे छ ।
इमरान खान
उता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने आफूमाथि जससुकै प्रकारकाे हमला भएमा अन्य विकल्प नसोचीकनै भारतलाई जवाफ दिने चेतावनी दिइसकेका छन् । भारत र पाकिस्तानबीचको याे बढ्दो तनाव रोकिने छाँट छैन ।
पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायमा भारतले सिन्धु सम्झाैता उलंघन गर्न लागेकाे भन्दै ध्यानाकर्षण समेत गराउन थालेकाे बताइन्छ । न्युज २४ अनलाइनबाट