१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । समादरणीय मेष जन यो साता यहाँको निमित्त सम रहने छ । शिक्षामा प्रगती हुने देखिन्छ । व्यापार व्यवसायमा असफलता व्यहोर्नु पर्ने हुन्छ । पारिवारिक मेलमिलापको योग र भ्रमण रहेको छ । पारिवारिक भ्रमणले मन प्रसन्न रहने छ । प्रेम सम्बन्धि अंकुरण हुने छ नै । बैदेशिक यात्रामा सफलता पाइने छ । सह-पाठिमित्र जनको सहयोग पाइने छ । स्वास्थमा खराबी आउने छ ।।पेटमा कब्जियत हुने छ। जमिन बिवाद रहने छ । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
वृष जातकले सवारी साधन चलाउदा सावधानी अपनाउन पर्ने छ । पारिवारिकमा खुशालको योग रहेको छ । दाम्पत्य जीवनमा रमाइलो पनको अनुभव गर्न पाइने छ । प्रेममा रहनु भएकलाई यो साता शुभ रहने छ । प्रेम विवाहमा परिणत हुने छ । व्यापार बन्दोबस्त मा होस पुराइ गरेको लगानी ले आनन्द प्राप्त हुने छ । मित्रहरू साथीहरूबाट लिएको सहयोग युक्त कामहरुले शुभ हुने छ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
प्रिय मिथुनजन यहाँहरु आफन्तको करकापमा पुराना निवास अदल बदल गर्न कर गरिने छ । सो अशुभ रहेको छ यो साता । चक्षु सम्बन्धी रोगले सताउने छ । दाम्पत्य जीवन र प्रेममा राम्रो सम्झदारी रहने योग रहेको छ । व्यापार बन्दोबस्त र कार्यमा बाधा अडचन आउने योग रहेको छ । तर धैर्य गर्नु भो भने यहाँहरुलाई साताको अन्तमा लाभ नै रहने छ । जग्गा जमिनबाट लाभ रहने योग रहेको छ । बुधबार आकस्मिक लाभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । आदरणीय कर्क जनहरुलाई यो साता उल्का समय जीवन यापनको योग रहेको छ । धार्मिक र सामाजिक कार्यमा सरिक हुने योग रहेको छ । धार्मिक क्षेत्रमा धन खर्च हुने छ र खर्च गर्न मन लाग्ने छ । बिलासिताका बस्तु किनबेचको योग रहेको छ । जग्गा-जमीन सम्बन्धि कारोबारबाट लाभको योग रहेको छ । मिष्ठान्न भोजनप्रती मन जाने छ । शरीरमा आलस्यता छाउने छ । इन्फेक्शन हुने हुँदा स्वास्थमा ख्याल राख्नु पर्ने छ । रुघाखोकी र छातीमा समस्या आइलाग्ने छ । व्यापार व्यवसायमा रत्न धातु र कस्मिकका सामान जन्यबाट लाभ रहेको छ ।(ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । सिंहजन अर्थात सिंह जातकको लागि योसाता शिक्षा शिक्षणमा शुभ रहेको छ । बिजुलि क्षेत्रमा लगाएको लगानी सियर लाभ रहने योग रहेको छ । गरिआएको कार्यक्षेत्रमा मान्यजनबाट प्रशंसा मान सम्मान पाइने छ । सहकर्मी साथीहरुसंग रमाइलो यात्रामा जान पाइने योग रहेको छ । स्टेशनारी सम्बन्धि कारोबारमा सफलता पाइने छ । उदर सम्बन्धि समस्या आउने योग रहेको छ । वैदेशिक रोजगारमा जाने जातकलाई शुभ रहेकोे छ साता। आम्दानीको वृद्धिले गर्दा परिवारमा खुसहाल छाउनेछ । आइतबारदेखि आर्थिक उन्नति रहनेछ । पुराना प्रेमी पुन भेट्न पाइने छ । दाम्पत्य जीवन अलिक खटपट हुने छ सो शुभ भने होइन होस पुराउनु होला । मान्यजन र माता पिता को मत लाई न लत्याउनु होला । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार यो राशीको निमित्त साता पुर्न फलदायी रहेको छ । बुध राशि स्वामी हुने कन्याजन जातकहरुको लागि यो साता अध्यन अध्यापनमा शुभ रहेको छ । सामाजिक र उच्चस्तरीय व्यक्तित्वहरुसंग भेटघाटको योग रहेको छ । राजनीति क्षेत्रमा पनि अब्बल हुन पाइने छ । राजनीतिक क्षेत्रमा मतमतान्तरन हुदा पनि जातकको भलो रहने छ ।पद प्रतिस्थापन हुने छ । पारिवारिक सद्भाव उच्च रहने छ । धर्म-कर्ममा मन जाने योग रहेको छ । वैदेशिक क्षेत्रमा जाने जनलाई समय अनिकुल भने छैन ।(ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण ।
समादरणीय तुला जातकका लागि यो साता बिलासिताका प्रयोन युक्त सामान खरिद बिक्री र बिलासिताका वस्तुमा ध्यान जाने योग रहेको छ । नगर बधुप्रती मन जाने योग रहेको छ ।सन्तान सुख प्राप्त छ । मित्रहरू बाट सहयोग को योग रहेको छ । गरिआएको कार्य हरिलाई यथास्थितिमा नै छोडनु शुभ रहने छ । स्थानान्तरणको योग रहेको छ । जग्गा जमिन सुक्रीबिक्रीबाट लाभ रहने योग रहेको छ । प्रेम मा नया पन आउने छ । पतिपत्नी बिच को ससम्झ्दारी दुर हुने छ ।बिश्वास मा वृद्धि हुने छ । (ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । मंगल राशि स्वामी हुने वृश्चिक जनको निमित्त यो साता सम रहेको छ । वैदेशिक रोजगारमा उन्नति रहेको छ । नयाँ प्रेमको अंकुरण हुने योग रहेको छ । पुराना साथीहरूबाट आस लाग्दो सरसहयोग पाइनेछ छ । प्रेम मा सफलता पाइने छ । पतिपत्नी बिच सुमधुर सम्बन्ध रहने छ । लेन-देनमा विवाद रहने छ । घरका जेष्ठ सदस्यहरु रुग्णताको कारण अलिक अशुभ हुने हुदा रुग्ण सदस्यको नजिक रहदा शुभ रहला । धार्मिक कार्यमा वादविवादको योग रहेको छ । व्यापार व्यसायबाट उन्नति रहने छ । रक्त बिकारले सताउने छ । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, आदरणीय धनु जन यो साता यहाँहरुको लागि सम रहेको छ । साताको पुर्बाद्धमा लामो यात्राको योग रहेको छ । बिजुलि सम्बन्धि व्यवसाय र सेयर खरिद बिक्रिमा शुभ रहने छ । दाजुभाईमा रहिरहेको असम्झदारी दुर रहने यो रहेको छ । स्वास्थमा सामन्य समस्या आइलाग्ने योग रहेको छ । धार्मिक यात्राले मन प्रसन्न हुने योग रहेको छ । वैदेशिक यात्रामा जाने जनलाई अलिक ढिला सुस्तीको योग छ । यात्रामा रमाइलो गर्न पाउने र मन आनन्दीत हुने भएता पनि समय र आर्थिक पाटाको हिसाबले शुभ नरहेकोले यात्रा नगर्दा शुभ । पत्नीलाई नजर अन्दाज गरे अलिक असम्झदारी हुने छ । साताको अन्तमा नसोचेको ठाँउबाट धनार्जन हुने छ । (ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो, । समादरणीय शनि राशि स्वामी हुनुहुने मकर जन यो साता शुभ रहेको छ । यहाँहरुलाई आफू भन्दा जेष्ठ वा अग्रज जनको सरसल्लाह गरेको कार्यले सफलता पाउनेछ ।प्रेम मा सफलता प्राप्त हुनेछ । पारिवारिक जिम्मेवारी बढी उत्तरदायित्व बहन गरिने छ । परिवारको भरोसा बन्ने योग रहेको छ । जग्गाजमिन जोडजामको योग रहेको छ । शिक्षा शिक्षणमा सफलता पाइने योग रहेको छ । साथीभाई र मित्रहरूबाट सहयोग पाइने योग रहेको छ । वैदेशिक रोजगारमा शुभ रहेको छ । पानी खोला नालामा जल क्रिडा सम्बन्धिबाट बच्नु होला । शनिबारदेखि आत्मावल बढने छ । जय होस शुभ होस मकर जन । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । कुम्भ जनको निमित्त यो साता मध्यम खालको रहेको छ । गुण र दोषको आधारमा फल मिल्ने योग रहेको छ । नयाँ सबारी साधन खरिद गर्ने योग रहेको छ । ठुला बढाबाट मानसम्मानको योग रहेको छ । अध्यन अध्यापनमा शुभ रहेको छ । शिक्षा शिक्षणमा लगाएको धन वृद्धि हुने योग रहेको छ । वैदेशिक रोजगार र बैदेशिक सम्बन्धि काममा शुभ आम्दानी हुने छ र साथै स्वदेशमा सुरक्षा सम्बन्धी कार्यालय स्थापनाले शुभ हुने छ,आम्दानीका पाटामा । बिधुवा स्त्री प्रती आखा न लागाउदा यहाँको जीवन राम्रो रहने छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । समादरणिय मीन जन जातक का लागि यो साता उत्तम रहेको छ ।धार्मिक तथा सामाजिक कार्य मा मान सम्मान पद प्रतिष्ठा मिल्ने योग रहेको छ । याहारुको स्वास्थ्य मा अलिक गडबडि हुने छ अत खानपन मा ध्यान दिनु होला ।नवीन कार्य को थालनी हुने योग रहेको छ ।जग्गाजमिन बाट राम्रो आम्दानी को योग रहेको छ ।पुराना घर घडेरि बाट आम्दानी शुभ रहने छ ।पुराना मित्रहरू संग आकस्मिक भेटघाट ले नया भ्रमण को योजना बन्ने छ र साथै मन प्रसन्न पनि हुने योग रहेको छ ।शिक्षा शिक्षण मा लगाइएको धन ले वृद्धि हुने अवसर पाउने छ । दाम्पत्य लाइफ शुभ रहेको छ ।सन्तान प्राप्ति योग रहेको छ ।पाउ सम्बन्धि रोग ले सताउला ।बिहीबार बाट आम्दानी र इज्जत बढ्ने छ ।
(बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५ ०९:१९