१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । शिक्षा तथा शिक्षणको क्षेत्रमामा सफलता पाइने योग रहेको छ । परिवारमा मंगल कार्य भई परिवारमा सुमधुर सम्बन्ध रहने छ । सामाजिक क्षेत्रबाट मान सम्मान पाइने योग रहएको छ । गरेको कार्य क्षेत्रबाट सफलता प्रगति हुने प्रबल सम्भावना छ । नयाँ साधनको खरिद बिक्रीको योग रहेको छ । प्रेममा अलिक खटपटको योग रहेको छ । टाढा हुनुभएका आफन्त जनसंग मेलमिलापको योग रहेको छ । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । बृष जनको निमित्त यो साताको पुर्वार्धमा शिक्षा क्षेत्रबाट सफलता हात लाग्ने योग रहेको छ । सरकारी उच्चस्तरीय व्यक्तिसंगको रहन सहनले ठुलो काम बन्ने योग रहेको छ । परिवारमा प्रेम सद्भावको वृद्धि हुने योग रहेको छ । आफू भन्दा जेष्ठ सदस्यहरु प्रति अलिक सजगता अपनाउनु पर्ने छ, रोग ब्याधीले सताउने र खर्च गराउने योग रहेको छ । सिद्धा योगिनीका कारण महत्त्वपुर्ण काम बन्ने योग रहेको छ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
जेष्ठ अग्रजको सरसल्लाहमा गरेको कार्यले सफलता पाउने छ । दैनानिदिनका कार्यमा प्रगतिको योग रहेको छ । यो साता जग्गा जमीनबाट पनि प्रसस्त आम्दानी हुने योग रहेको छ । पारिवारिक मेलमिलापका कारण एक उमंग छाउने छ । मन हल्का हुने छ । प्रेममा सफलता पाइने छ । महत्वोपुर्ण सामान भने हराउने योग रहेको छ । स्कुल तथा शिक्षा क्षेत्रमा गरिएको लगानीले मुनाफा आर्जन गर्ने योग रहेको छ र साथै बिजुलि हाइड्रोमा लगाइएको धनले पनि मुनाफा नै दिने योग रहेको छ। (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । पुर्खौली सम्पत्ति बेचबिखनको योग रहेको छ । स्थानान्तरणको योग रहेको छ। परिवारमा मेलमिलापको योग रहेको छ । परिवारको सरसल्लाहमा गरेको कार्यले दीर्घकालसम्म मुनाफा र आनन्द छाउने र पाउने छ । नयाँ काममा हतारिनु त्यति मनसुवा भने हुने छैन ।पाटनर सम्बन्धि कामले बाधा तथा खटपट आउने हुदा सहकार्य र मिजास अपनाउनु नै शुभ रहने छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । समादरणिय सिंह जन यहाँको यो साता उत्तम रहेको छ । दाम्पत्य तथा पारिवारिक सुख प्राप्त रहेको छ । यहाँको विशेष गरि मात्रीशक्ति जनहरुको आत्मवल , आत्मविश्वास बढी प्रगति हुने योग रहेको छ । परपुरुष वा परस्त्रीप्रति मन जान सक्ने छ सो भने राम्रो नहुन सक्छ विचार पुराउनु होला । कार्य गर्दा उच्च मनोबलका साथ गरेको कर्म सिद्ध हुने छ । आफ्नो बलबुद्धीले गरिएको काममा आनन्द तथा शुख मिल्ने योग रहेको छ । पुराना प्रेमिका प्रेमीसंग सहभोगको योग रहेको छ । मान्यजन र माता पिताको मतलाई न लत्याउनु होला । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार ।
प्रिय कन्या जन यहाँहरुको छरछिमेकका जनहरुसंग मनमुटाव हुन सक्ने हुदा अलिक सतर्कता अपनाउनु होला । जग्गा जमीन सम्बन्धि कारोबारले आम्दानीको स्तरउन्नति हुने योग रहेको छ । पतिपत्नीबिच मिठास पनको योग रहेको छ । अफिस कार्यालयमा चुस्त दुरुस्त गरिएको कामले गर्दा स्तरउन्नति हुने योग रहेको छ । सबारी साधन खरिदको योग रहेको छ । अपजस खानुपर्ने हुन सक्छ अलिक चलाख हुनु उत्तम रहन जान्छ । जय होस शुभ होस ।(ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण ।
शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । आफन्त जनहरुसंग घुमघामको योग रहेको छ । फजुल खर्च गर्न मन लाग्ने छ । पुराना साथीसंगीहरुसंग रमाइलो यात्रा रहने योग रहेको छ । वैदेशिक रोजगारको सट्टा स्वदेश मै केही गरेको खण्डमा शुभ रहने छ । स्वदेशमा नोकरी पाइने प्रबल योग रहेको छ । साताको मध्यमा अलिक तनाव भैने छ । आर्थिक लाभको योग रहेको छ । जिग्यासुको निमित्त साता शुभ रहेको छ । (ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । वैदेशिक रोजगारमा धोका पाइने योग रहेको छ । आदरणीय मंगल राशी स्वामी हुनुहुने जनहरु अलि सतर्कता अपनाइ मात्र वैदेशिक यात्रा को कर्म मा हात हाल्नु होला । परिवारले प्रसस्त सहयोग गर्ने छन । प्रगती उन्नति को योग रहेको छ । आफन्त तथा साथिभाइसंगको मेलमिलापले मन फुरुङ्ग हुने छन । पिसाब नलीमा सामान्य बाधा अड्चनको योग रहेको छ । जग्गा जमीनबाट लाभ हुने छन । बिजनेस गर्नुहुनेका लागि भने बिजुली पसल या बिजुलि सम्बन्धी कारोबारबाट फाइदा हुने योग रहेको छ ।(ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, धनु अर्थात धन राशीको लागि भने योसाता द्विविधा को साता रहेको छ । मानसम्मानमा कमि रहने छ शनिको समय हुँदै गर्दा पनि चन्द्र राहु को युक्तिका कारण शारीरिक समस्या आउने छन नशा सम्बन्धि समस्या ले सताउने छ। पतिपत्नीको घरले पिरोल्ने छ । आम्दानीका पाटाहरुमा भने सोचे भन्दा बढी फाइदा हुने योग रहेको छ । मित्रहरुले धोका दिने प्रबल सम्भावना छ । वैदेशिक यात्राको सम्भावना प्रबल रहेको छ । दाजु भाइमा पुर्खेउली धनमा बिवाद हुने छ । मातरीको स्वास्थ्यमा सुधार हुने छ भने सन्तान बिमार हुने योग रहेको छ ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो, । उन्नति प्रगतिको योग रहेको छ । आम्दानीका स्रोतहरु बढी आनन्दीत हुन पाइने छ । पुराना जग्गा जमिनबाट लाभको योग रहेको छ । वैदेशिक यात्रा शुभ रहेको छ । अदालती कामबाट सफलता पाइने छ । इष्टमित्र तथा साथीसंगीहरुसंग भेटघाटको योग रहेको छ । नुतन कर्ममा सफलता पाइने छ । सबारी साधन तथा बिलासिताका सामान खरिदबिक्रीको योग रहेको छ । पुर्खेउली जमिनमा समस्या आउने योग रहेको छ। पारिवारिक सुख तथा पतिपत्नी बिचको सम्बन्ध सुमधुर रहने छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । शिक्षा शिक्षणमा प्रगतीको योग रहेको छ आदरणीय शनि रासिस्वामी हुनुहुने कुम्भ जन । फुड पोइजन हुनसक्ने प्रबल सम्भावना रहेको हुदा खानपिनमा अलिक साबधानी अपनाउनु पर्ने हुन सक्छ । आयार्जनका नया स्रोतहरु फेला पर्ने छन । मांगलिक कार्य तथा भोजभतेरमा सरिक हुन पाइने योग रहेको छ । प्रेसर सम्बन्धी रोगले सताउने छ । वैदेशिक यात्रा गर्नु हुने जनको निमित्त भने यो साता शुभ रहेको छ। पुराना प्रेमीको सहयोगले महत्वपूर्ण कर्म बन्ने योग रहेको छ। दोस्रो बिवाहले भने तनावग्रस्त बनाउने छ । गरिराखेको कार्यमा भने बाधा अड्चनको योग रहेको । नखाएको बीस लाग्न सक्छ होसियार रहनु होला । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । समआदरणीय बृहस्पति राशिस्वामी हुनुहुने मीन जन यो साता यहाँहरुको पाउमा कष्ट हुने सम्भावना बढी रहेको छ । शिक्षा शिक्षण गर्नु हुने जनको निमित्त भने शुभ रहेको छ यो साता । नया प्रेमको अंकुरण हुने योग रहेको छ । मित्र तथा सहयोगिहरुबाट महत्वपूर्ण काम बन्ने हुदा बोलीको गरिमा लाई उच्च बनाउनु होला । मनमा एक खाले शान्ती छाउने योग रहेको छ । ब्यापार व्यावसायि गर्नुहुने जनको निमित्त भने अत्यन्तै आर्थिक लाभको योग रहेको छ । प्रेम मिलापको योग रहेको छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।