१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । समादरणीय मेष जन यहाँको यो साता आर्थिक परिवर्तन मुलक रहेको छ । अपरिचित तथा नसोचेको ठाउबाट आम्दानीका स्रोतहरु हात लाग्नेछन । बैदेशिक रोजगार सोचे अनुरुप रहने छ । अपेक्षा गरेको भन्दा बढी आम्दानी हातलाग्ने छ । रात्रीकालिन पेसामा अशुभ रहेको छ । मायाप्रेममा अशुभ समय रहेको छ । बैवाहिक जीवनबाट भने सुमधुर सम्बन्ध रहने योग रहेको छ फगतको यात्राले समस्या तुलाउने योग रहेको छ । बिजुली सम्बन्धी कार्यबाट फाइदा रहने योग रहेको छ । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । बृष राशी हुनुहुने आदरणीय जनको निमित्त भने यो साता पुल्कितको समय रहेको छ । रमणिय यात्रा र बिलासिताका समानहरु खरिद गर्ने शोक चलेर आउने छ । मनमा एकखाले चन्चलताले घर गरि बस्ने छ । पुर्व समयमा परेको आर्थिक अभाव काम सम्पन्न हुने हुनाले स्वत: समाधान हुने योग रहेको छ आदरणीय बृष जन । मनमा रहेको उद्बेग सान्त गराउन को निमित्त नया साथी पाइने छ भोज भतेरमा सरिक हुन पाइने योग रहेको छ । जेष्ठ सदस्यको कदर गरेको खण्डमा कार्य शुभ रहने छ । जग्गाबाट आर्थिक लाभ पाइने छ । चोटपटकको योग रहेको छ, अलिक साबधान रहनु होला (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
आदरणीय बुधराशी स्वामी हुनुहुने मिथुन जन यो साता यहाँहरुले राम्रोसंग होस पुराउन सक्नु भएन भने ठुलै किसिमको आर्थिक घाटा बेहोर्न पर्ने हुन सक्छ । चिसोले स्वास्थमा समस्या लेउने टडकारो रुपमा देखिन्छ । साथिभाईहरुको माध्यमबाट प्रेम गर्ने मानिसको पत्तो लाग्ने छ । प्रेममा नयाँ अंकुरणको अबस्था शृजना हुने योग रहेको छ । सताको अन्तमा भने फन्नी युक्त समय रहेको छ । पाई भन्दैमा पर जनसंग संसर्ग नगर्नु बेस रहने छ । परिवारमा मांगलिक कर्म हुने छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । बिगतदेखि गरिएको कडा मेहनत र निस्वार्थ भावका कारण कर्क जनका जातकले यो साता महत्वपूर्ण सामाजिक क्षेत्रमा भुमिका निर्बाहा गर्न पाउनु हुने छ । प्रेमी प्रेमिकाको निमित्त भने कडा खालको मेहनत गर्नु पर्ने समय छ रिस्ता मजबुत गर्नको निमित्त । विद्यार्थी जनहरुको निमित्त यो साता महत्त्वपूर्ण रहेको छ । शिक्षार्थीले आफुलाइ अब्बल साबित गर्ने मौका पाउनु हुने योग रहेको छ । साथै चर्चित पनि भैने छ । पुर्खेउली जिन्सी बस्तुको बिक्रीको योग रहेको छ । आफन्तमा मनमुटाव हुने योग रहेको छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । आदरणीय सुर्य राशी स्वामी हुनु हुने जातक जन यो साता यहाँहरुको निमित्त भने अलिक होसियार हुनुपर्ने छ । होसियार पुर्बक गरिएको कर्म को प्रभाव बाट मनग्ये धनार्जन गर्न सकिन्छ । सुज बुज र मेहनत पुर्बक गरिएको कामको प्रभावले सहरानिय प्रतिष्ठित हुन पाइने छ । काम लाई प्राथमिकता दिनु नै बुद्धिमानी भैने छ । रोजगारको क्षेत्रमा भने अलिक अप्ठ्यारो पन आउन सक्ने सम्भावना रहेको छ । आन्द्रामा नराम्रो किसिम को रोग लाग्न सक्ने छ । खानपानमा साबधानी बर्तिनु नै श्रेय कर हुने छ । दिदिबहिनीको सम्मानमा कुनै कसर नछोड्नु होला । जय होस शुभ होस ।। (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार यो आदरणीय कन्या जन कुनै पनि कार्य गर्दा आबेग मा आई नगर्नु होला । आवेश र आबेगमा गरिएको कार्यले उल्टो परिणाम दिने छ । घरायसी समस्या गरमै सुल्झाउदा शुभ रहने छ ।बैदेशिक रोजगार मा शुभ रहेको छ । उन्नति प्रगतिको योग रहेको छ । उमेर पुगेका जनको निमित्त मधुमासको समय भएकोले खुलस्त आफ्ना मनका कुरा प्रेमी जनमा भन्दा शुभ रहने छ । बैवाहिक लाइफ सुन्दर रहने छ । सामाजिक क्षेत्रमा बिजि भैइने छ । भोजभतेरमा सरिक होइने छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण ।
अधुरा चाहाना पूरा हुने समय आएको छ आदरणीय तुलाजनहरुको निमित्त ।आर्थिक क्षेत्रमा मा प्रभुत्व जमाइ अपेक्षा गरेबमोजिम आर्थिक लाभ लिन सकिने छ । प्रेमको बढोत्तरका साथै बिपरित लिङ्गी तर्फ झुकावको योग रहेको छ । घरायसी झै- झमेला घरका जेष्ठ सदस्यहरुमा छोड्नु मै श्रेय हुने छ । आफू भन्दा जेष्ठ सदस्यले गरेको निर्णय मान्नाले अवसरका ढोका खुल्ने योग रहेको छ । जग्गा जमिनबाट लाभ लिन सकिने छ । चल अचल सम्पतीको सदुपयोगले कालन्तरमा शुभ रहने योग रहेको छ । बैवाहिक जीवन सुमधुर रहने योग रहेको छ । सन्तान सुख पाइने छ । यात्राबाट आम्दानी हुने योग रहेको छ । (ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । दौड धुपका कारण स्वास्थमा प्रतिकुल असर पर्न जाने छ । अत: स्वास्थको ख्याल राख्नु नै बुद्धि मानी ठहरिनेछ । अन्जान व्यक्तिबाट अनायास प्रेम प्रस्ताव आउने छ।अत ध्यान पुराएर मात्र निर्णय गर्दा शुभ रहने छ । कुनै पनि योजना तर्जुमा गर्दा जेष्ठ सदस्यको सुझाव लिइ गरेको काम ले सफलता पाउने छ । अनुसासित भै गरिएको कामले पद प्रतिस्ठा प्राप्त हुने छ । कठोर परिश्रम गतेको फल साताको अन्तमा प्राप्त हुने योग रहेको छ । खनिज जन्य बस्तुबाट आम्दानी वृद्धि हुने छ । बिलासिताको सामान खरिद गरिने छ साताको अन्तमा (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान,सम आदरणीय धन जन यहाँको जिद्दी पनले हातमा आएका काम फुत्कने योग रहेको छ अत जिद्दी नगर्नु नै बेस रहला । पतिपत्नी बिचको अनबन यो साता रोमाञ्चक मोडमा आउने छ, गर्भ प्रक्रियामा सरिक होइएला । आर्थिक क्षेत्रमा सोचे अनुरुपको फाइदा लिन सकिने छ आफ्नो कामलाई धर्म सम्झी गरेको कामबाट भबिस्यमा पनि सुख सैल गर्न सकिने छ । धर्म कर्ममा आस्था जाग्ने छ । खानपानमा ध्यान पुराउन पर्ने छ । शारीरिक अवस्था कम्जोर हुने योग रहेको छ । पारिवारिक कलह सुलह हुन सक्ने छ घरका जेष्ठ सदस्यले गर्नुभएका निर्णय नै सर्वसम्मत हुने योग रहेको छ । अन्य व्यक्तिको जग्गा जमिनबाट आर्थिक लाभ हुने योग रहेको छ । (ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो, । साना घरेलु किसिमका कामबाट प्रशस्त आम्दानी गर्न सकिने योग रहेको छ । आफन्त जनमा मांगलिक कर्म हुने र सो ठाँउ मा अर्थ खर्च हुने योग रहेको छ । बिगतमा बिग्रेको स्वास्थ यो सातामा भने ठिक हुने योग रहेको छ ।हाड ( हड्डि सम्बन्धि ) समस्याबाट ग्रस्त होइने छ सो पनि साताको अन्तमा निको हुने छ । पुर्खेउली धनबाट कार्य गर्न सजिलो हुने योग रहेको छ । नजिकको आफन्तसंग नजर खराब हुन सस्क्छ सो शुभ नहुने हुदा साबधान ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । कुम्भ जनको निमित्त यो साता भ्रमण युक्त रहेको छ । भ्रमण बाट मन बुद्धि स्फुर्त हुने योग रहेको छ । अलिक बेसि मेहनतको फलले जीवनशैलिमा नयाँ खालको फड्को मार्न सकिने छ ।कुरा काट्ने चियो चर्चा गर्ने को कमि हुने छैन । आफू भन्दा जेष्ठ सदस्यको सर सल्लाहमा चल्न सके ईर्ष्या गर्ने चियो चर्चा गर्ने कुरा काट्ने कुरा लगाउने जनलाई पनि पछि पार्न सकिने अवस्था भने पक्कै छ । जग्गा जमिनबाट लाभ रहेको छ, साथै फलाम जन्य बस्तुको क्रयबिक्रय बाट पनि लाभ को समय रहेको छ ।प्यारो अर्थात प्रेमीजनले महत्वपूर्ण अवसर पाउँदा संसार जितेको भान हुने छ सो मिथ्या हो । मिस्ठान्न भोजन को अबसर प्राप्त हुने छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । आदरणीय मीन जन यो साता र महिना मीनको महिना हुनाले मीन जनको लागि विशेष रहेको छ । पहेलो बस्तु पहेलो रङ्ग शुभ रहेको छ । मधुमास भएकोले प्रेमिल बनाउने छ, साता याहाहरु को । हरेक कृयाकलापले प्रेमी मोहित हुने छन ।मीन को निमित प्रलोभन देखाउने संग भने जोगिनु पर्ने अबस्था छ । यहाँहरुलाई आइतबार पश्चात् अनेक प्रकारका अबसर प्राप्त हुने योग रहेको छ । गोडामा चोट पटक लाग्ने योग रहेको छ सबारी साधन चलाउदा होसियारि पन अपनाउनु नै शुभ रहने छ। आफन्त साथिभाईको कुरा आत्मसात गर्नाले महत्त्वपूर्ण पुरस्कार तथा स्याबासी पाइने छ । विपरित जेष्ठ लिङ्गी मा मन जाने छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं
फोन नं: ९८४१८९१९४१/ ९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५ १०:०४