एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलामा इटालियन क्लब युभेन्टस नेदरल्यान्डको क्लब आयाक्ससँग बराबरीमा रोकिएको छ ।
आयाक्सको घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पाहुन टोली युभेन्टसलो अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकियो । खेलको पहिलो हाफको अन्तिम समयमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
जोआओ क्यान्सिलोको पासमा अनमार्क रहेका रोनाल्डोले डाइभिङ हेडिङमार्फत गोल गर्न सफल भएका थिए । तर, दोस्रो हाफको सुरुवातमै घरेलु टोलीका डेभिड नेरेसले बराबरी गोल फर्काए । उनले खेल शुरु भएलगत्तै एकल प्रयासमा गोल गर्न सफल भएका थिए ।
खेलको ४५औं मिनेटमा जुआन कान्सेलोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका थिए ।
तर, दोस्रो हाफमा सुरुमै घरेलु टोलीले बराबरी गोल फर्कायो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा आयाक्सका लागि डेभिड नेरेसले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि खेलको बाँकी समयभरि दुवै पक्षबाट थप गोल नभएपछि खेल १–१ को बराबरीमा टुंगियो ।
बराबरीसँग दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै रहेको छ । यी दुई टोलीबीच आगामी अप्रिल १६ मा युभेन्टसको घरेलु मैदानमा क्वटरफाइनलको दोस्रो खेल हुँदै छ । उक्त खेलमा जसले जिते पनि लिगको सेमिफाइनलमा पुग्ने छ भने बराबरी नतिजा निकाले खेल लम्बिनेछ ।
यता गए राति नै भएकाे अर्काे लिगमा भने बार्सिलाेनाले म्यानचेस्टर युनाइटेडलाई १-० गाेल अन्तरले पराजित गरेकाे छ ।