२०७६ साल आषाढ ११ गते बुधबार
आषाढ कृष्ण पक्ष नवमी तिथी
सुर्यादय विहान ५ः११ सुर्यास्त साँझ १९ः०१
तिथि नवमी,५३ घडी ३३ पला,रातको ०२ बजेर ३७ मिनेट उप्रान्त दशमी । नक्षत्र रेवती,अहोरात्र । योग शोभन,४३ घडी ०५ पला,बेलुकी १० बजेर २६ मिनेट उप्रान्त अतिगण्ड । करण तैतिल,मध्यान्ह ०१ बजेर ५८ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ३७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा उत्पात योग । चन्द्रराशि मीन । पञ्च। दिनमान ३४ घडी ३५ पला ।
१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । टाढाको यात्रा हुने दिन छ । आफन्तसँग असमझदारी बढ्ने छ । स्वस्थ्यमा पनि समस्याको समय छ । आजको दिन मानसिक रुपमा अशान्ति हुन जानेछ ।
(ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
तपाईको कामको उचित मूल्यांकन हुनेछ । मेहनतको फल प्राप्त हुनेछ । दैनिक काममा आजको दिन धेरै फाइदा हुनेछ तथा आकस्मिक रुपमा आयआर्जनका स्रोत बढ्नेछन् ।
(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
अवसर प्राप्तीको समय छ तर चुनौतीपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । आज मेहनत गर्दा पैत्रिक सम्पती तथा कर्मफल प्राप्त हुनेछ भने सम्मान मिल्नेछ ।
(ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । धार्मिक रुपमा शुभकार्य तथा समानमा पनि तारिफ योग्य काम हुने छ । आफन्तको साथले लक्ष्य प्राप्ति हुनेछ साथै कलामा लोकप्रियता हासिल गर्न सकिनेछ ।
(ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । स्वास्थ्य समस्या रहने छ । दोष लाग्ने तथा अपमानको स्थिति रहनला । आजको दिन आम्दानी नभए पनि पछिका लागि सकारात्मक हुनेछ । आज निर्णय लिँदा समस्यामा परिनेछ ।
(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
६. कन्या (टो पा पि पु ष ण ठ पे पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार,
आज कला कौसलतामा सफताको समय बनेको छ । व्यापारमा आम्दानी बृद्धि हुने समय बनेको छ । अतिथिको रुपमा सत्कार पाइनेछ । सहयोगीहरु भेटिने समय छ ।
(ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण ।
ध्यान नपुग्दा नचाहिने सामान खरिद हुनेछ । सम्झौता नकारात्मक हुनेछ । विरोधीले आँटेका काममा समस्या दिनेछन् । अधिकारका लागि संघर्षमा जुट्नुपर्ने समय बनेको छ ।
(ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । बौद्धिक क्षमताका कारण आज काम बन्नेछ । आजको दिन सन्तानको सुखद समाचारले उत्साह थपिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
(ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, भौतिक बस्तुको खरिदले घरमा खुसिको बातावरण बन्नेछ । आमाको सहयोगबाट सोचेको काम सहजै सम्पादन हुनेछ । योजना महत्वाकांक्षी हुनेछ ।
(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो । मेहनती कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ भने सहयोगीका कारण जीवनशैलीमा परिवर्तन ल्याउनेछ । पराक्रम योग रहन गएको छ । आजको दिन कार्यमा सफता मिल्ने छ ।
(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । विवेकले काम लिने प्रयत्न गर्नुहोला । अरुको सहयोगले काम हुन जाने छैन । बोलीको कारण नयाँ जिम्मेवारी असफल हुनेछ । ईच्छाशक्ती कमजोरी रहन जानेछ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । नयाँ काममा सोचे अनरुप फाइदा नउठ्न सक्छ । व्यापारको क्षेत्रमा नाफाको समय भएपनि भेटघाट व्यस्त रहदा समस्या हुनेछ । कारोवारमा सम्झौता आर्थिक लाभयूक्त रहनेछ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
युवा ज्योतिष विष्णु प्रसाद गौतम
फोन ९८४७८२८०७२
चिना (जन्म कुण्डली) लेख्न, ग्रह सम्बन्धी जानकारी(फलादेश) तथा ग्रह शान्तीको लागी सम्झनु होस् ।
पुजाको लागी चाहिने सम्पूर्ण सामान समेत पाउन सक्नु हुनेछ ।
भिमगंगा वैदिक पूजा सामाग्री भण्डार
सत्य साई मन्दिर रोड
घोराही, दाङ
प्रकाशित मिति: बुधबार, असार ११, २०७६ ०७:०९