वि.सं. २०७६ असार १४। शनिबार । ई.स. २०१९ जुन २९। श्रीशाके १९४१। परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने । सं । ११३९ तछलागा । आषाढ कृष्णपक्ष। द्वादशी, २८:१ उप्रान्त त्रयोदशी। नक्षत्र– भरणी, ८:११ बजे उप्रान्त कृत्तिका। योग– धृति, २०:५७ बजेउप्रान्त शूल। करण– कौलव, १६:६ बजेदेखि तैतिल, २८:१ बजेउप्रान्त गर। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– मेष, १४:२३ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ५:१२ बजे, सूर्यास्त– १९:२ बजे र दिनमान ३४ घडी ३ पला। ८:१ बजेदेखि त्रिपुष्कर योग २८:१ बजेसम्म। वैष्णवहरूको योगिनी एकादशी व्रत।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आईतबार पछि परिस्थिति अलि असहज बन्न सक्छ । बोली व्यवहारमा सजग रहनुहोला । बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ । मंगलवार र बुधबार मेहनतले सम्मान पाउनेछ । मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ । उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले पनि साथ दिनेछन् । विहिवार भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ । साइनो गाँस्नेहरूबाट भने अलि सजग रहनुपर्ला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने रहन्छ । आईतवार र सोमबार आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शारिरीक रुपमा स्फूर्ति बढ्ने छ । मंगलबार र बुधवार लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नुपर्ला । आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन् । तापनि धैर्य गर्दा विहिवार पछि विशेष उपहारका साथै प्रशस्त धनलाभ हुने समय छ साथै दिगो फाइदा हुने काम प्रारम्भ होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आयआर्जन बढ्नुका साथै पछि सम्म फाइदा हुने काम सुचारु गर्ने अवसर जुट्नेछ । परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ । आईतवार र सोमवार खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ । बलजफ्ती गर्दा काम बिग्रनेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । मंगलबार र बुधवार उन्नती मुलक रहने दिन रहनेछ । कार्य सञ्चालनमा सहजता हुनेछ । शत्रु पनि मित्र बन्ने दिन देखिन्छ । विहिवार पछि आकस्मिक रुपमा मनोवल घट्नेछ । तपाईको ईच्क्षा विपरिथ कार्य होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हिम्मतले गर्दा काममा सुलभ हुन जानेछ । थोरै समयमा पनि कार्य सम्पादन सजिलै हुनेछ । समयमै चिताएको फाइदा उठाउन सकिएला । आम्दानीको मार्ग सफल रहन जानेछ । तपाईको सत्कारमा मान्यजनहरु मख्ख पर्ने देखिन्छ । मंगलवार र बुधवार खर्चको समय रहनेछ । कामकाज सञ्चालनमा रोकावट होला । अनावश्यक मानसिक समस्याको दिन देखिन्छ । विहिवार पछि जिम्मेवारीमा लगनशिल तथा कर्तव्यपालक बनिनेछ । शारिरीक सुन्दर्तामा पनि बृद्धि होला । शुभकार्यमा सहभागी हुने अवसर पनि प्राप्त हुन जानेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा विकासका काममा जुट्नुपर्ने छ भने काममा अप्ठेरा चुनौती पनि देखिने छन् । तर तपाईको भाग्यले साथ दिनेछ । आईतवार र सोमवार कर्म पुरा गर्न अग्रसर भईनेछ । व्यापार व्यावसायमा प्रगतीको बातावरण तयार हुन सक्नेछ । रोजगारको क्षेत्रमा पनि राम्रो अवसर मिल्ने दिन छ । मंगलवार र बुधवार आकस्मिक रुपमा आय आर्जन बृद्धिको समय छ । अचानक रुपमा दीर्घकालिन फाईदा हुने कार्य गरिने समय छ । विहिवार पछि केहि चुनौती रहनेछ । नकारात्मक नतिजा प्राप्त हुनेछ भने अरूको मन जित्न सकिनेछैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अप्ठ्यारो परिस्थितिसँग सम्झौता हुनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । रहस्यात्मक दिन देखिन्छ । सोध अनुसन्धानको क्षेत्रमा सफलता मिल्न सक्नेछ । भुमि सम्बन्धीको काममा अवरोध रहनेछ । आईतवार र सोमवार समाजले तपाईलाई प्रतिष्ठा दिलाउनेछ तर पारिवारिक रुपमा कमजोर रहनेछ । मंगलवार पछि अवसरले उत्साह जगाउनेछ । साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । रोकिएको काम बन्नुका साथै स्वास्थ्यमा सुधार तथा अनुहारमा नयाँ चमक देखापर्ने छ । विहिवार पछि सरकारी काम काजमा सफलता मिल्नेछ । रोकिएको काम पनि अगाडी बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कारोवारमा मुनाफा देखिन्छ । दाम्पत्य सुखको समय पनि रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । बैवाहिक सम्वन्ध प्रगाढ बन्नेछ । आईतवार र सोमवार परिस्थितिवश केही अप्ठ्यारोमा परिएला । विरोधीहरू बढ्नाले चुनौती देखा पर्नेछ । साथीभाइ टाढिनाले पनि समस्या बढ्नेछ । स्वास्थ्यमा कमजोरी देखिन्छ । मंगलवार र बुधवार भाग्यले प्रगती दिलाउने छ । नकारात्मक स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । सामाजिक कार्यको समय छ । विहिवार पछि कर्मफल मिल्नेछ । शुभकार्यमा समय दिन सकिनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय रचनात्मक तथा खेल क्षेत्रको लागी उपयूक्त देखिन्छ । बलियो प्रतिस्पर्धी रहेपनि तपाईको लगनशिलता र कार्यगत क्षमताले विजयी बनाउनेछ । आईतवार र सोमबार पारिवारिक समस्या देखा पर्दा दाम्पत्य जिबन तनाबयूक्त रहनेछ । व्यापारमा समस्या रहला । खर्चिलो र कष्टपूर्ण हुनेछ । झुटा आरोप लाग्नुका साथै अनावश्यक झमेला थपिदिनेछ । शारिरीक समस्याले सताउनेछ । विहिवार पछि सहयोगले प्रेणा दिलाउने छ । आफन्तको महत्वपूर्ण सुझाव मिल्नेछ । भाग्यले साथ दिने समय पनि बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गलत संगतमा परिनाले काम बिग्रने छ । विद्यामा कमजोर भईनेछ । कार्य रोकावटको समय पनि देखिन्छ । आईतवार र सोमवार आँट गर्दा धेरैलाई उछिन्न सकिनेछ । मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ । व्यापार र उद्योगमा फाइदा हुनेछ । मंगलवार र बुधवार मन मिल्ने साथी टाढा हुने देखिन्छ साथै पारिवारि बन्धन समेत कमजोर हुन सक्छ । विहिवार पछि आफू कमजोर भइने डरले सताउन सक्छ । जोडिएका सम्वन्ध कमजोर हुनेछन् । रहस्य यूक्त समय पनि देखिन्छ । खोजमुलक कार्य हुन सक्ने समय पनि छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानो कुरामा पनि घरमा समस्या हुन जानेछ । स्वास्थ्यमा देखिने कमजोरीले काममा समेत बाधा पुर्याउनेछ । विवादमा रहने हुनाले समाधानको बाटो खोज्न असमर्थ हुनेछ । आईतवार र सोमवार प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने छन् । गोपनीयतामा ध्यान पुर्याउनुहोला । मंगलवार र बुधबार लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ । खेलक्षेत्र अनुकुल रहन सक्नेछ । प्रतिस्पर्धा जितको नजिक हुनेछ । विहिवार पछि व्यापार व्यावसायमा घाटाको बातावरण रहन सक्नेछ । दाम्पत्य जिवनमा समेत नकारात्मक दिन देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जिम्मेवारी प्राप्त हुन जानेछ । बलवान समय देखिएको छ । सहयोगीहरु प्रसस्त भेटिने देखिन्छ । तपाईको प्रसंसा हुने दिन पनि छ । आईतवार र सोमवार उपलब्धिका लागि समय कमजोर रहनेछ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन् । मंगलवार र बुधवार स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिको बन्धनमा परिए पनि हिम्मतले काम लिनेहरूलाई फाइदै हुनेछ । विहिवार पछि बाताबरण अनुकुल रहन सक्ने देखिन्छ । ऋणबाट भए पनि कार्य सञ्चालनमा सहयोग पुग्न सक्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आक्षेप लगाउनेहरूले सताउन सक्छन् । आत्मसम्मानमा प्रश्न उठ्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आईतवार र सोमवार मिहिनेत गर्दा आँटेको काम बन्नेछ । जुझारु कार्यशैलीले शक्तिशाली व्यक्तिहरू समेत पछि पर्नेछन् । पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ । छोटो समयमा लक्ष्य प्राप्त गर्न सकिनेछ । मंगलवार र बुधवार आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ । साइनो गाँस्नेहरूबाट निकै सजग रहनुहोला । विहिवार पछि विद्या आर्जनमा अबरोधको समय देखिन्छ ।
युवा ज्योतिष विष्णु प्रसाद गौतम
फोन ९८४७८२८०७२
चिना (जन्म कुण्डली) लेख्न, ग्रह सम्बन्धी जानकारी(फलादेश) तथा ग्रह शान्तीको लागी सम्झनु होस् ।