एजेन्सी । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न श्रीलंकाले वेस्टइन्डिजमाथि २३ रनको जित निकालेको छ । जितसँगै श्रीलंका शीर्ष चारमा रहने न्युन सम्भावना यथावत राख्न सफल भएको छ ।
३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन मै समेटिदा श्रीलंकाको जित भएको हो ।
वेस्टइन्डिजका लागि निकोलस पुरनले शतक प्रहार गरे । उनी १ सय ३ बलमा ११ चौका र ४ छक्कासहित १ सय १८ रन बनाउँदै आउट भएका थिए । तर पनि रनपुरा नहुँदा वेस्ट इन्डिज पराजित हुन पुगेको हो ।
यासँगै पुरनले आफ्नो वान डे करियरको पहिलो शतक बनाएका छन् । पुरनले ९२ बलमा शतक पुरा गरेका थिए । सुनिल एम्ब्रिसलाई र शाई होप ५-५ रनमा आउट भएका थिए ।
क्रिस गेललाई ३५ रनमा, शिमरोन हिटमायर २९ रनमा रन आउट भए । जोसन होल्डर २६ र कार्लोस बर्थवेट ८ रनमा आउट भएपछि वेस्ट इन्डिज ३४।३ ओभरमा १९९-६ को कमजोर अवस्थामा पुगेको थियो ।
श्रीलंकाका लागि लाथिस मलिंगाल. ३र कसुन रजित,जेफ्री भान्डरसेय र एन्जिलो मेन्थिजले११ विकेट लिएका थिए ।
टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । श्रीलंकाको लागि युवा खेलाडी अभिष्का फर्नान्डोले १ सय ४ रनको योगदान दिए ।
फर्नान्डोले एक सय बलमा आफ्नो वान डे करियरको पहिलो शतक पुरा गरेका हुन् । जारी विश्वकपमा श्रीलंकाबाट शतक प्रहार गर्ने फर्नान्डो पहिलो खेलाडी हुन् । वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २,फबिएन एलिन,ओशन थोमस र कट्रेलले समान १ विकेट लिए ।