जेनेभा । स्वीस बैंकको नाम लिने बित्तिकै हाम्रो मनमा कालोधनको विचार उठ्छ। हालै मात्र स्वीस नेसनल बैंक (एसएनबी)ले एक आंकडा जारी गरेको छ।
जसअनुसार स्वीट्जरल्यान्डको बैंकमा सबैभन्दा बढी पैसा संयुक्त अधिराज्यको रहेको देखिएको छ। यो सूचीमा नेपाल १०९ औं स्थानमा रहेको छ।
हाम्रो छिमेकी मुलुक भारत ७४ औं स्थानमा रहेको छ। यो सूचीमा पाकिस्तान ८२ औं स्थनमा बंगलादेश ८९ औं स्थानमा, श्रीलंका १४१ औं स्थानमा, म्यानमार १८७ औं स्थानमा र भुटान १९३ औं स्थानम रहेका छन्।
एसएनबीका अनुसार स्वीस बैंकमा भारतीय धन जम्मा गर्ने मामिलामा धेरैनै पछाडि रहेका छन्। स्वीस बैंकमा विदेशिले जम्मा गरेको कुल धनमा केबल ०.०७ प्रतिशत मात्रै भारतीयको रहेको छ।
२०१८ को अन्त्यसम्ममा स्वीस बैंकमा जम्मा भएको कुल रकमको २६ प्रतिशत संयुक्त अधिराज्यका मानिसको थियो। युकेपछि दोस्रो स्थानमा अमेरिका रहेको छ। तेस्रोमा वेस्ट इन्डिज, चौथोमा फ्रान्स तथा पाँचौ स्थानमा हङकङ रहेको छ।
स्वीस बैंकमा कुल जम्मा भएको राशिको ५० प्रतिशतभन्दा बढी पैसा यी पाँच देशका रहेका छन्। स्वीट्जरल्यान्डको बैंकमा जम्मा दुई तिहाई धन शीर्ष १० देशका मानिसको रहेको छ। यी देसमा जर्मनी, लक्जम्बर्ग, कायमान तथा सिंगापुर समावेश छन्। स्वीस बैंकमा जम्मा करिब ७५ प्रतिशत धन शीर्ष १५ देशका मानिसको रहेको छ। जबकी ९० प्रतिशत धन शीर्ष ३० देशका मानिसको रहेको छ।
स्वीस नेसनल बैंकमा पैसा जम्मा गर्ने मामिलामा ब्रिक्स देशमा भारत सबैभन्दा तल्लो स्थानमा रहेको छ। जबकी रुस यो सूचीमा सबैभन्दा माथी अर्थात २० औं स्थानमा रहेको छ। चीन २२ औं, दक्षिण अफ्रिका ६० औं तथा ब्राजिल ६५ औं स्थानमा रहेका छन्।
सूचीम समावेश अन्य देश मौरिसस ७१ औं, न्यूजिल्यान्ड ५९ औं, फिलिपिन्स ५४ औं, भेनेजुयला ५३ औं, सेशेल्स ५२ औं, थाइल्यान्ड ३९ औं , क्यानडा ३६ औं, टर्की ३० औं, इजरायल २८ औं, साउदी अरेबिया २१ औं, पानामा १८ औं, जापान १६ औं, इटाली १५ औं, अस्ट्रेयिा १३ औं , संयुक्त अरब इमिरेटस १२ औं स्थानमा रहेका छन्।