आईसीसी विश्वकपमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । न्यूजिल्याण्डलाई ११९ रनले हराउँदै इंग्ल्याण्डले अन्तिम चारको स्थान सुरक्षित ग¥यो । यो नतिजाले आजको खेलमा पराजित भएको न्यूजिल्याण्ड भन्दा बढी दुःखी पाकिस्तानी टिम र समर्थक बन्यो ।
आजको खेलमा न्यूजिल्याण्ड विजयी भएको भए पाकिस्तानलाई सेमिफाइनलमा स्थान बनाउने एउटा सजिलो मौका थियो । न्यूजिल्याण्डलाई हराउँदै १२ अंक जोडेको इंग्ल्याण्ड तेस्रो स्थान र न्यूजिल्याण्ड चौथो स्थानमा छन् । पाकिस्तानले अब बंगलादेशसँग खेल्न बाँकी छ । उसले बंगलादेशलाई हराएपनि रन अन्तरको आधारमा पछि पर्ने निश्चित छ ।
३०६ रनको विजयी लक्ष्यका लागि मैदानमा उत्रिएको न्यूजिल्याण्डलाई ४५ ओभरमा १८६ रन बनाएको अवस्थामा अलआउट गरेपछि इंग्ल्याण्डले अन्तिम चारको यात्रा सुरक्षित ग¥यो । टस जितेर ब्याटिङ रोजेको इंल्याण्डले ५० ओरमा आठ विकेट गुमाउँदै ३०५ रन बनाएको थियो ।
इंग्ल्याण्डका लागि जोनी बेइस्र्टोले १०६ रनको शतकीय योगदान दिए । ९९ बल सामना गरेका उनले १५ चौका र एक छक्का प्रहार गरेका थिए । ज्यासन रोयले ६० रन जोड्दा इयोन मोर्गानले ४२ रन बनाए । जो रुटले पनि २४ रनको योगदान दिए । बलिङतर्फ ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स निशमले दुई–दुई विकेट बाँढे ।
आज न्यूजिल्याण्डको ब्याटिङ पूरै ध्वस्त थियो । टम लाथमले बनाएको ५७ रन नै उसका खेलाडीले बनाएको सबैभन्दा ठूलो स्कोर थियो । रोस टेलरले २८ र केन विलियमसनले पनि २७ रनभन्दा बढी जोड्न सकेनन् । अन्यको प्रदर्शन झनै खराब रह्यो ।
न्यूजिल्याण्डलाई कम स्कोरमा रोक्नका लागि मार्क उडले तीन विकेट लिए भने क्रिश वक्स, जोफ्रा आर्चर, लियाम प्लंकेट र बेन स्टोक्सले एक एक विकेट लिए ।