काठमाडौं । यो साता चन्द्रमाले असार २२ गते सिंह राशि, २३ र २४ गते कन्या राशि, २६ र २७ गते तुला राशि र २८ गते बृश्चिक राशिको गोचर गर्नेछन् । यो साता अन्य ग्रहहरु राहु, शुक्र र सूर्य मिथुन राशिमा, मंगल र बुध कर्कट राशिमा, बृहस्पती बृश्चिक राशिमा, केतु र शनी धनु राशिमा गोचर गर्नेछन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
मेष राशिका लागि यो साता चन्द्रमाको गोचर पञ्चम, षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । यो साता सन्तानका लागि बढि समय दिनुपर्ने देखिन्छ । विद्यार्थीको पढाईमा सकारात्मक समय रहनेछ । तपाईले यो साता कसैलाई पनि छिटो विश्वास गरेर हतारमा निर्णय नलिनु उत्तम हुनेछ । अन्यथा धोका हुन सक्छ । विरोधीले काममा वाधा व्यावधान ल्याउन सक्नेछन् । मानसिक स्वास्थ्य समेत बिग्रन सक्नेछ । प्रेम तथा पारिवारीक जीवन भने सुमधुर रहनेछ । जीवनसाथीसँग प्रेमिल समय बित्ने देखिन्छ । आर्थिक अवस्था मिश्रित रहनेछ । व्यापार व्यावसायमा पनि मध्यम समय हुनेछ । नोकरीमा उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्यसँग सुमधुर सम्बन्ध कायम हुनेछ । प्रेम सम्बन्ध सामान्य रहनेछ । यो साता तुलनात्मक रुपमा शनिबार तपाईका लागि तपाईका लागि कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्यलाई जल चढाउनु शुभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
तपाईका लागि चन्द्रमाले यो साता चतुर्थ, पञ्चम, षष्ठ र सप्तमा भावमा गोचर गर्ने छन् । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । परिवारमा कोही बिमारी हुनुहुन्छ भने स्वास्थ्यमा सुधार हुनेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा उपयुक्त वातावरण बन्नेछ । तपाईको काम देखेर उच्च पदस्थ कर्मचारी प्रशन्न रहनु हुनेछ । धन आर्जन हुनेछ । स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ । पञ्चमा भावमा चन्द्रमाको गोचरका कारण सिर्जनात्मक एवं कलात्मक क्षेत्रमा अभिरुचि बढ्नेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थीका लागि पनि यो साता उत्तम रहेको छ । बुधबार र बिहिबार चन्द्रमाको गोचर षष्ठम भावमा हुने हुनाले तपाईका विरोधीहरुका कारण चिन्ता बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नु अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :
यो साता मिथुन राशिका लागि चन्द्रमाले तृतीय, चतुर्थ, पञ्चम र षष्ठम भावको गोचर गर्नेछन् । तपाईका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा साहस तथा पराक्रम बलियो रहने छ । कार्य क्षेत्रमा तपाईको प्रदर्शन उच्च रहनेछ । नोकरी गर्नेहरुका लागि काममा बरिष्ठ अधिकारीको सहयोग लिनु उत्तम हुनेछ । मान सम्मानमा वृद्धि हुनेछ । मन शान्त रहनेछ । नयाँ सामानको खरिद हुनेछ । कसैलाई उधारो वा सापटि दिनुभएको छ भने फिर्ता आउनेछ । आफ्ना भाई बहिनीहरुबाट पनि राम्रो साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसायबाट उचित लाभ हुनेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । विद्यार्थीका पढाईमा सकारात्मक समय रहनेछ । सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् । यी दिनमा कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नु अगाडी भगवान बिष्णुको पुजा आराधना गर्नु शुभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहने हुनाले व्यापार व्यावसायबाट प्रशस्त धनआर्जन हुनेछ । आफ्नो मिठो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । मानसीक स्वास्थ्य सबल रहनेछ । परिवार तथा साथीभाईसँग रमाईलो एवं मनोरञ्जनात्मक कार्यमा संलग्नता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठासमेत बढ्नेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । मांगलिक कार्यमा सरिक हुने अवसर जुट्नेछ । तुलनात्मक रुपमा बिहिबार र शुक्रबार भने कमजोर दिनहरु रहेको देखिन्छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नु अगाडी ॐ विष्णवे नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
यो साता चन्द्रमाले तपाईको शिरमा, द्धितीय भाव, तृतीय र चतुर्थ भावमा गोचर गर्नेछन् । समग्रमा सिंह राशिका लागि यो साता मिश्रित रहेको छ । मन बिचलित भएर तपाईबाट गलत निर्णय हुन सक्नेछ । सजग रहनु होला । यो साता तपाईलाई बढि अल्छि लाग्न सक्छ । रोग प्रतिरोध क्षमता कमजोर हुने एवं मनमा चिन्ता भने बढ्न सक्नेछ । यसका लागि दैनिक ध्यान तथा योगामा केहि समय दिनु उत्तम हुनेछ । सामाजिक क्षेत्रबाट समेत चुनौतीहरु देखिन सक्नेछन् । मंगलबारदेखि भने अवस्थामा सुधार हुँदै जानेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधा आउन सक्नेछ । सकारात्मक सोचका साथ परिश्रम गर्नु आवश्यक छ । अप्ठ्यारो परिस्थितीमा आफना आफन्तको सहयोग भने मिल्नेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । शनिबार तुलनात्मक रुपमा तपाईका लागि कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नु अगाडी सुर्यको पुजा आराधना गर्नु शुभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
यो साता चन्द्रमा ले तपाईको व्यय स्थान, प्रथम, द्धितीय र तृतीय भावमा गोचर गर्नेछन् । कन्या राशिका लागि यो साता मिश्रित रहनेछ । आईतबार बाह्रौं भावमा चन्द्रमाको गोचरबाट साताको शुरुवात हुनेछ । जसले गर्दा स्वास्थ्य बिग्रन सक्नेछ । तपाईको बोली र व्यावहार अरुका लागि रुखो देखिन सक्नेछ । तपाईलाई सानो तिनो कुरामा बढी रिस उठ्न सक्नेछ । संयम रहनु होला । तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । तर मंगलबारदेखि भने अवस्थामा सुधार हुनेछ तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । आफ्ना साथीभाईबाट सहयोग प्राप्त हुनेछ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्नेछ । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । साझेदारीका कार्यमा विवाद आउन सक्नेछ । धैर्यताका साथ काम गर्नुहोला । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । यो साता भौतिक सुख सुबिधाका लागि खर्च बढ्न सक्नेछ । विद्यार्थीको पढाईमा कमजोरीमा देखिन सक्नेछ । पढाईमा राम्रो ध्यान दिनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नु अगाडी भगवान सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
साताको शुरुमा लाभ स्थानमा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने देखिन्छ । आर्थिक अवस्था सबल रहनेछ । आत्मबिश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा भने मिश्रित अवस्था रहनेछ । कार्यालयमा आफुभन्दा उच्च अधिकारीसँग विवाद पर्न सक्नेछ । कसैले तपाईबिरुद्ध हाकिमलाई पोल लगाएको हुन सक्छ । सजग रहनुहोला । त्यसैगरी आफ्ना दाजुभाईहरुसँग पनि विवाद पर्न सक्ने देखिन्छ । परिवारका अन्य सदस्यसँग सकारात्मक सम्बन्ध कायम रहनेछ । आफ्नो जीवन साथीबाट उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई भने कमजोरी देखिन सक्ने हुनाले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । सोमबार र मंगलबार तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन् । यि दिनहरुमा अनावश्यक यात्रा हुने एवं खर्च बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
बृश्चिक राशिका लागि यो साता चन्द्रमाले दशम, एकादश, व्यय र प्रथम भावमा गोचर गर्नेछन् । बृश्चिक राशिका लागि यो साता उत्तम रहने देखिन्छ । नोकरी गर्नेहरुका लागि शुभ समय रहनेछ । परिश्रम गर्न मन लाग्नेछ । कडा परिश्रमबाट चुनौतीपूर्ण कार्यहरु सम्पन्न गर्न सक्नु हुनेछ । कुनै सरकारी कार्य अल्झिएर रहेका छन भने यो साता पुरा हुनेछन् । तपाईका विरोधीहरु पराजित हुनेछन् । नोकरीमा पनि उच्च अधिकारीबाट तपाईको कार्यमा सहयोग हुनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । मानप्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोगले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यावसायमा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमीसँग देखिने मनमुटावहरु समाधान हुनेछन । तर आफ्नो रिसलाई नियन्त्रणमा राख्नु उत्तम हुनेछ । बुधबार र बिहिबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान श्री गणेशको पुजा आराधना गर्नू शुभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
धनु राशिका लागि चन्द्रमाले यो साता नवम, दशम, एकादश र व्यय भावमा गोचर गर्नेछन् । धनु राशिका लागि यो साता शुभ रहेको छ । भाग्यले साथ दिनेछ । परिश्रमअनुसार सफलता मिल्नेछ । आर्थिक अवस्था सकारात्मक रहनेछ । त्यसैगरी व्यापार व्यावसायबाट पनि उचित लाभ मिल्नेछ । अचानक धन लाभ हुने योग छ । व्यापार व्यावसायबाट सोचे अनुरुप नै लाभ मिल्नेछ । नोकरी गर्नेहरुका लागि कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । पितासँग कतिपय विषयमा विवाद पर्न सक्नेछ । विद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन मिश्रित रहनेछ । आफ्ना मान्छेसँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । तुलनात्मक रुपमा शनिबार भने कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी श्री गणेशाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :
मकर राशिका लागि यो साता चन्द्रमाले अष्टम, नवम, दशम र एकादश भावको गोचर गर्नेछन् । मकर राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा चन्द्रमाको गोचर अष्टम भावमा रहने हुनाले स्वाथ्यसम्बन्धि समस्या देखिन सक्नेछ । मनमा डर र चिन्ताले डेरा जमाउन सक्नेछ । कुनै पनि महत्वपूर्ण कामबारे हतारमा निर्णय नगर्नु उत्तम हुनेछ । अन्यथा समय र धन नाश हुन सक्नेछ । कार्यमा शत्रुबाधा देखिन सक्नेछ । विना अर्थका यात्राहरुमा जानुपर्ने अवस्था आउनेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु बिताउन सकिने योग छ । ब्यापार व्यावसायबाट उचित लाभ मिल्नेछ । अचानक धन लाभ हुने योग छ । पारिवारिक जीवन सुखद रहने छ । प्रेमीसँग कतिपय विषयमा वादविवाद पर्नाले चिन्ता बढ्न सक्नेछ । आपसी समझदारी कायम गर्न इमान्दारीताका साथ प्रयास गर्नुहोला । पढाईका लागि सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नू शुभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :
कुम्भ राशिका लागि यो साता शुभ रहने छ । साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले । व्यापार व्यावसाय मा सफलता मिल्नेछ । साझेदारीका कार्यबाट लाभ हुनेछ । नसोचेको क्षेत्रबाट सामानका लागि माग हुन सक्नेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन् । यो साता विशेषगरी खोज तथा अनुसन्धान गर्नेहरुका लागि उत्तम समय रहनेछ । कला तथा साहित्य क्षेत्रमा कलम चलाउने महानुभावहरुका लागि पनि सिर्जनात्मक क्षमता उच्च रहनेछ । नोकरी गर्ने हरुका लागि सकारात्मक रहनेछ । नयाँ कुरा सिक्न पाईने हुनाले आफ्नो अनुभव एवं क्षमता बढ्नेछ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । सामान्य चोटपटकको सम्भावना देखिन्छ । सवारी साधनमा विशेष ख्याल गर्नुहोला । आफ्ना साथिभाईबाट महत्वपूर्ण साथ र सहयोग प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुःखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई भने समस्या आउन सक्नेछ । तपाईका लागि सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन् । भोग विलासका लागि खर्च बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी हनुमानको पुजा आराधना गर्नु शुभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :
यो साता चन्द्रमाले तपाईको षष्टम, सप्तम, अष्टम र नवम भावमा गोचर गर्नेछन् । मिन राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुमा छैठौं भावमा चन्द्रमाको गोचर रहने हुनाले चिन्ता बढ्न सक्नेछ । सन्तानको विषयलाइृ लिएर चिन्ता बढ्न सक्नेछ । कुटुम्ब पक्ष एवं मामली पक्षबाट साथ र सहयोग प्राप्त हुन सक्नेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । व्यापार व्यावसायमा मिश्रित समय रहनेछ । आर्थिक अवस्थामा सामान्य उतार चढाव आउन सक्नेछन् । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । कार्यस्थलमा सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । यो साता नोकरी बदल्न सक्नु हुनेछ । त्यसैगरि आफ्नो जीवनसाथीसँग रमाइला पलहरु बिताउने अवसर प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । बुधबार र बिहिबार भने तुलानात्मक रुपमा कमजोर दिनहरु रहेका छन् । मुद्दामामिला वा अनावश्यक विवाद आई लाग्न सक्नेछ । सचेत रहनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।