आज वि.सं.२०७६ साल साउन १४ गते । मंगलबार । ईश्वी सन् २०१९ जुलाई ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि त्रयोदशी,१८ घडी ०१ पला ,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र आद्रा,२५ घडी ५१ पला,दिउसो ०३ बजेर ४७ मिनेट उप्रान्त पुनर्वशु । योग हर्षण,४३ घडी २८ पला,बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त बज्र । करण वणिज,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर ४९ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा चर योग । चन्द्रराशि मिथुन । काठमाडौंमा सूर्योदय ५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ३७ पला । घण्टाकर्ण चतुर्दशी। गठेमंगल (गथाँमुग चस्ह्रे पूजा)।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्रम बढ्नेछ । दैवीय शक्तिमा विश्वास बढ्नेछ । वौद्धिक स्तर बढ्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनुहारमा कान्ति बढ्नेछ। प्रेम प्रसङ चल्नेछ । शत्रु पराजय हुनेछन् । शारीरिक परि श्रम बढ्नेछ । सौन्दर्य वृद्धि हुनेछ।परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सञ्चित धन हानी हुनेछ । दैनिक कार्यहरू प्रभावित रहने छन् । सामाजिक अपमानको सामना हुनेछ । व्यापारिक क्षेत्रमा भय रहनेछ।घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । वैदेशिक यात्रा हुनेछ।आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक चिन्ता घट्नेछ। कर्ममा निष्ठता बढ्नेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । धार्मिक यात्रा हुनसक्छ । धन लाभ हुनेछ ।परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनैतिक नैराश्यता बढ्नेछ । आध्यात्मिक कार्य हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । शारीरिक चञ्चलता रहनेछ । हर्ष बढ्नेछ, सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य स्थिति कमजोर रहनेछ । आम्दानीको स्रोत सबल हुनेछन । खर्चमा वृद्धि हुनेछ । मित्र बढ्नेछन । संकटको सामना गर्नु पर्ला।तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रेममा सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । किर्ती बढ्ला।पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक वादविवादको सामना गर्नुपर्नेछ । धनआर्जनको अवसर मिल्नेछ । आफन्तको सहयोग रहनेछ । भूमि वाहनको सुख प्राप्त हुनेछ ।छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा रुचि बढ्नेछ । मुद्दामा मिलामा विजय प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल सहनेछ । व्यक्तित्व विकास हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोवारमा लाभ मिल्नेछ। यात्रा गर्दा सचेत रहनु होला । रोजगारमा स्थानान्तरण हुनसक्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान्यजनको सहयोग प्राप्त हुनेछ । आफन्तसँग मनमुटाव बढ्न सक्छ । कष्टकर यात्रा हुनेछ । आलश्यता बढ्नेछ । सत्रु परास्त हुनेछन् । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।