मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशि हुनुहुने महानुभावहरुले सामाजिक क्षेत्रमा गर्नु भएकोले महत्व पाउने छ । परोपकार,धर्म कर्ममा मन जानेछ ।आइतबार मन खिन्न हुने योग रहेको छ । धनार्जनको योग रहेको छ । नयाँ कामको थालनी हुने छ । मंगल कर्मको चर्चा परिचर्चा हुने योग रहेको छ । अनावश्यक ठाउँमा खर्च हुने योग रहेको छ । अलिक सावधान रहनू होला । मंगलबार शुभ संकेत प्राप्त हुने छ । यहाँको साता शुभ रहोस् । शुभ रंग रातो रहेको छ । पुर्व दिशामा गरेको कर्म सफल रहने छ यो साता ५,८ अंक शुभ रहेको छ । अधिक सफलताको लागि माता श्री बंगलामुखीको आरधना गर्नु होला साता शुभ रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बृष राशि हुनु हुने समादरणीय महानुभावहरुको यो साताको आरम्भमा स्वास्थमा असर हुने खालको योग रहेको छ । अलिका सावधान रहनू होला । चुनौतीपुर्ण कर्महरु गर्नु परने छ । बाह्य जनले यहाँहरुलाई उपयोग गर्न सक्ने छन । पुन: साताको मध्य समयमा कार्य सफलताले शिखर चुम्दा उत्साह जाग्ने छ । यदि अप्ठ्यारो अबस्था आइलागेमा पनि साथ दिनेहरु निस्कीने छन । मंगलवार देखी शुभ लक्षणहरु देखा परने छ । रोकियेका काम बन्ने योग रहेको छ । साताको अन्तमा अवसरको निमित्त विवादास्पद कर्म गर्नु पर्ने छ । कुलदेवताको आरधाना गरेको खण्ड अशुभ कर्म पनि शुभ रहने छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
साताको सुरु सुरुमा मिथुन जनहरुको लागि खर्चिलो समय रहेको छ । पुराना प्रियजनहरुसंगको भेटघाटले मन फुरुंग हुने छ । यात्राको योग रहेको छ । उत्तर दिशाको यात्रा शुभ रहेको छ । छाती तथा पेटमा समस्या आइ लाग्ने छ । मनदेखी आटेका कामहरु सुचारु हुन समय लाग्ने छ अर्थात अवरूद्ध हुनेछ तथापी साताको अन्तमा नबनेका कामहरु बन्ने योग रहेको छ । आफन्तहरुले साथ दिने छन । बित्तिय क्षेत्रबाट लाभ रहने छ । देवीको आराधना तथा चेलिबेटीको सम्मान गरेमा बिग्रिएको काम सुचारु हुने छ । बुधाबारबाट लाभको योग रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समादरणीय कर्क जनहरु याहाहरुको साताको सुरुको समयमा अनावस्यक प्रतिस्पर्धाले दू:ख पाउनू हुने योग रहेको छ तथापि यहाँको हातमा अवसर प्राप्त हुने योग रहेको छ । जीबन शैलिमा परिबर्तन आउने छ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ । मंगल,बुध र बिहिबार अनावस्यक दौड़ धुप गर्नु पर्ने छ । शुक्ष्म बुद्धिको प्रभावले बिग्रिन लागेको काम पनि सफल रहने छ । साताको पुर्बाद्ध शुभ रहेता पनि सप्ताहान्तमा भने झुटा मुद्धा मामिला बहस गर्नु पर्ने भेको ले एभिडेन्स साथ मा राख्नू होला । शम्भु सदा शिवको आराधनाले कार्य शुभ रहने छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समादरणीय सिंह जन यहाँहरुले साताको सुरुवातमा अवरोधको सामना गर्नु पर्ने छ । अवरोधका कारण यहाँ लाई भविष्यको चिन्ता हुने छ । मेहनत र बुद्धि लगाएर गरेको कर्मले सफलता पाउने छ । लगन र मेहनतका कारण लक्षमा पुग्न सकिनेछ । शिक्षा शिक्षणको क्षेत्रमा प्रगतिको योग रहेको छ । प्रेमको प्रसंग चल्ने योग रहेको छ । सहपाठी बिचको प्रतिस्पर्धामा सफलता पाईने योग रहेको छ । साताको मध्य समयबाट काम सुचारु हुने योग रहेको छ । सन्तानको योग रहेको छ । यो साता यहाँहरुले ऋण धन नगर्दा नै बेस हुने योग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या जनहरुको लागि यो साताको सुरुवातमा मन सफा नभएका व्यक्तीहरुले आत्मीय सम्बन्धमा फाटो ल्याउने हरदम चेष्टा गर्ने छन । तर सफलता भने पाउदैन्न । सुरुको समयमा घरेलू समस्याले सताउने छ । ललाई फकाईमा पर्न सकिने योग रहेको छ अली चनाखो रहनू होला । भौतिक विलासिताका बस्तुहरुको आबस्यकता तीब्र हुने योग रहेको छ । लगनशिल र मेहनतले गुमेका कार्यहरु पुन प्राप्त हुने योग रहेको छ । साताको उत्ताराद्धमा राजनैतिक तथा महत्वपूर्ण व्यक्तिहरुको संगतले उच्च ओहदामा रहेका व्यक्ति विशेस लाई निस्तेज गर्न सकिने छ । प्रेमको नयाँ अंकुर हुने योग रहेको छ । कुटुम्बमा एक खाले नयाँ तरंग पैदा हुने छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समादरणीय तुला तथा राशि स्वामी शुक्र हुनु हुने तुला जन यहाँहरुको साता मध्यम खालको रहेको छ । सहयोगी हातहरु फेला पर्ने योग रहेको छ । भाग्य र सत्कर्मको प्रभावले विभीन्न नया अवसरहरु जुर्ने योग रहेको छ । महत्वपूर्ण महानुभावहरुसंगको संगतले नया तथा महत्वपूर्ण काम हात लाग्ने छ । सहयोगी हातहरु फेला पर्ने छ । साताको अन्त्य समयमा दुस्ट व्यक्तिको संगतले कुल परम्परालाई नै घाट हुन सक्ने कार्य हुने भएकोले संगतमा ध्यान दिनु होला । कुसंगतको संगत नगर्नू नै हितकर रहने छ । प्रेम र प्रेम सम्बन्धी कुराले मनमा अशांत र छटपटाहटले घर गारी बसने छ । प्रेमको समय रहेकोले गुलावी र खैरो रंगले खुसहाल ल्याउने योग रहेको छ । अशुभ फलबाट बच्नको निमित्त यहाँले माता महालक्ष्मीको आराधना गरेको खण्ड मा शुभ रहने छ । धन आर्जन हुने योग रहेको छ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विवादास्पद जिम्मेवारी वहन गर्नु परेता पनि बोलिको प्रभावले बिग्रन लागेका कामहरु सप्रने योग रहेको छ । आर्थिक भार बढ्ने योग रहेको छ । काममा ढिला सुस्तीको योग रहेको छ । विलासिता तथा अत्याधुनिक भौतिक वस्तुको अभिलासा बढ़ने योग रहेको छ । आम्दानीका बाटाहरु पैलिने योग रहेको छ । दीर्घ काल सम्म लाभ हुने खालको कार्यको थालनी हुने योग रहेको छ । सहयोगी हातहरु आउने योग रहेको छ । स्वार्थ भाव राखी साइनो पहिलाई ठगी काम गर्न आउनेको कमी नहुने हुँदा होशियार हुन आवश्यक रहेको छ । आफनै आफन्तबाट भने सहयोग पाईने योग रहेको छ
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समादरणीय धनु जन यहाँको यो साता मध्य खालको रहेको छ। साताको सुरुआतमा इच्छा शक्ति बढ़ोत्तरी हुने योग रहेको छ । महत्वाकांक्षी भैने छ मन र बुद्धि को तालमेलमा गरिएको कामले सफलता पाउने योग रहेको छ । ज्ञान बुद्धि लगाएर गरिएको कामले सफलता पाउने छ । पुर्व समयका कमी कम्जोरिहरुलाई सुधारने मौका मिलने योग रहेको छ । आम्दानीका स्रोत हरु पैदा भै संकटको सामना हुने योग रहेको छ । बोलीमा अव्यवारिकता झल्कने हुदा साताको अन्तमा अली समस्या ब्यहोर्न पर्ने योग रहेको छ । गोपनीयतामा ध्यान पुराउनु पर्ने योग रहेको छ । भौतिक बिलासिताका बस्तुहरुको कमी महसूस हुने छ। कुलकुलायनको आराधनाले शुभ फल मिल्ने योग छ । गुलावी रंग र पहेलो रंग शुभ ।१,५ अंक शुभ रहेको छ । भैरवको दर्शन गर्नाले अशुभ शुभ फलमा बदल्ने योग छ
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समादरणीय मकर तथा शनि राशि स्वामी हुनुहुने जनहरु यो सातामा इच्छा आकांक्षा पुर्ण हुने योग रहेको छ । बिगतमा गरिएका त्रुटीहरुलाई सच्चाऊने अबसर प्राप्त हुने योग रहेको छ । यहाँहरुले गर्नु भएको शुभ कर्म को चर्चा हुने छ । राज्यस्तरका जनहरुले यहाँहरुको कार्यलाई सहराना गर्ने छन । धनार्जनको स्रोत पत्ता लाग्ने योग रहेको छ ।
कार्य सफलताका कारण मनमा शान्ती र तनमा कान्ति छाउने योग रहेको छ । बैदिक साहित्यहरुमा मन जाने योग रहेको छ । बिग्रन लागेको काम सपार्न का खातिर याहाहरुले दुर्गा भवानी को आराधना गरेको खण्ड मा शुभ रहने छ । शुभ अंक यो साता ५ रहेको छ ।कालो रंग शुभ रहेको छ
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुम्भ जनहरुको लागि यो सातामा लामो समय देखी रोकिएर रहेका कार्यहरु अधुरा कार्यहरु सम्पन्न हुने योग रहेको छ । जोश जागर हिम्मत बढ़ने योग रहेको छ । एउटै कामबाट दोहोरो फाइदा लिन सक्ने समय रहेको छ । व्यापार बन्दोवस्ती तथा नया अर्थात् नवीन कार्य को थालनी हुने योग रहेको छ । साताको आइतबार अशुभ समाचार सुन्नू पर्ने योग रहेको छ । सताको मध्य समयमा भ्रमणको योग रहेको छ
शुभ अंक १,७ रहेको छ । शुभ रंग नीलो र रातो रहेको छ । कार्य गर्नु पुर्व माता रानी बंगलामुखी को आराधना तथा पूजा पाठ गरी गरिएको कार्य ले सफलता पाउने छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समादरणीय मीन जन यहाँहरुको शुरुको सातामा अवसर प्राप्त भएता पनि परिबन्धले समस्या ल्याउन सक्ने योग रहेको छ । विवादास्पद कार्यलाई मन दरो बनाई आत्मासात गरी गरिएको कार्यले दिगो फाइदा हुने योग रहेको छ । आफ्नो हक हित र गोपनियताका लागि भने सझग बन्नू पर्ने रहेको छ । मीन जनको लागि मगल, बुध र बिहिवार आय आर्जन मा बृद्धि हुने योग रहेको छ । शिक्षा शिक्षणमा बृद्धिको योग रहेको छ । सिक्ने मौका रहेको छ । बैदेशीक रोजगारीको लागि शुभ रहेको छ साता । साताको अन्तमा धन बाहिरिने योग रहेको छ । यो साता याहाको अंक २,३ शुभ रहेलो छ । पहेलोले बाहार ल्याउने छ ।
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६ ०८:३५