मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । सुर्य कारक भएकोले आइतबार अशुभ समाचार सुन्नू पर्नेछ । साताको मध्य समयमा आम्दानीका स्रोतहरु फेला पर्ने छन । प्रेमका नयाँ अंकुरण पलाउने छ । जग्गा जमिनबाट र कृषि क्षेत्रबाट शुभ रहेको छ । आफन्तबाट सहयोगबाट अल्झिएर बसेको काम बन्ने योग रहेको छ । अंक ६,८ शुभ रहेको छ । आकाशे रंग र पिताम्वर रंग शुभ रहेको छ । गौरी, गणेशको आरधाना शुभ रहेको छ । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । भोज भतेर सभा सम्मेलनमा साताको पुर्बार्द्ध समय जाने छ । नयाँ व्यापारिक जनहरुसंग भेटघाटले काम गर्ने जागर तीव्र हुनेछ । मन चन्चलताले काममा कठिनाई आउने योग रहेको छ । उच्च शिक्षा आर्जन गर्न विदेश जानु हुने विद्यार्थीहरुलाई शुक्रवार देखी बुधबारसम्म शुभ रहेको छ । आफन्तहरुबाट मजाकको पात्र बन्न सकिने भएकोले बोलीमा सुधार गर्नु पर्नेछ । राजनैतिक क्षेत्रबाट शुभ रहेको छ । पतिपत्नीबिच शंकाका कारण अनावश्यक कुरामा बिवाद हुने योग रहेको छ । राज सेवकको लागि सोम, शुक्र शुभ रहेको छ । यो साता बृष राशिलाई ३,८ अंक शुभ रहेको छ र सुन्तला रंग बृष राशि लाई सुन्तला रंग शुभ रहेको छ । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । प्रियजनहरु संगको भेटघाटले मन उमंग छाउने योग रहेको छ । पुर्खौली सम्पत्तीको शुक्रि बिक्रीको योग रहेको छ । बोली अर्थात बाणीका देवता बुध भएकाले बोलीको प्रभाव रहने छ । बित्तिय संथाबाट धनार्जनको योग रहेको छ । सभा सम्मेलनमा सरिक भैने छ । इस्ट मित्र बिचको खटासले मन खिन्न हुने योग रहेकोले झै झगडा नगर्दा नै शुभ हुने छ । वैदेशीक रोजगारमा शुभ रहेको छ । मिथुन राशिका लागि यो साता गुलावी र पहेलो रंग शुभ रहेको छ । बृष राशि लाई १,५ अंक शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । छातीमा समस्या आउने छ धुवाधुलो, धुम्रपान छुटकारा मीले मा छतिमा आराम हुनेछ । यो साता कुम्भ राशिसंग अनावश्यक झै झगडा हुनेछ । अत: कुम्भ राशिसंग टाढा रहनू नै कर्कलाई शुभ होला । औषध विज्ञानबाट शुभ रहेको छ । विज्ञान विषय लिएर अध्ययन गर्नु हुने शिक्षार्थीको लागि यो साता शुभ रहेको छ । प्रेम प्रसंग चल्ने योग रहेको छ । महत्वपूर्ण कार्य अवरूद्ध हुने योग रहेकोले आफ्नो ईष्ट देवको आराधना गर्नाले शुभ रहने छ । होटल रेस्ट्रुरेंटको थालनी गर्दा शुभ रहेको छ । यो साता कर्कको लागि बैजनी रंग शुभ रहेको छ । २,९ अंक शुभ रहेको छ यो साता कर्क को लागि । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । शनिवार अनावस्यक झमेलाको सामना गर्नु पर्ने योग रहेको छ । बुद्धि विवेकको प्रयोगले बिग्रन लागेको काम पनि बन्ने योग रहेको छ । आइतबार महत्वपूर्ण काम बन्नाले मन आनन्दीत रहने छ । शिक्षा शिक्षणमा रुकावट तथा अनावश्यक खर्च हुने छ । नकारात्मक सोच हावी हुने हुनाले सम्बन्धी अर्थात ईस्ट मित्रसंग बैमनस्यता हुने छ । पुर्खौली सम्पत्तिमा अचानाक विवाद हुने योग रहेको छ । राजनैतिक क्षेत्रबाट लाभको योग रहेको छ । अनैतिक सम्बन्ध तीर मन वा ध्यान न लगाउदा नै श्रेय कर रहला । सिंह राशिको लागि यो साता ५,७ अंक शुभ रहेको छ । सेटो र घ्यू रंग शुभ रहेको छ सिंह राशिको लागि । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार सोमबार, शुभ दिशा: पुर्व, अशुभ: उत्तर र पश्चिम,शुभ रङ्ग: पहेलो, अशुभ रङ्ग: हरियो ।
गत हप्ता देखी गड़बड़ भएको कारोबार यो हप्ता पुर्व सहकर्मी तथा पुर्व प्रेमीबाट बन्ने योग रहेको छ । नाता गोता ईस्ट मित्रबाट धोका हुने योग रहेको छ । शिक्षार्थीको लागि भने यो साता शुभ रहेको छ ।।विगत देखी अनवन भएको प्रेम सुचारु हुने योग रहेको छ । बैदेशीक रोजगारमा विदेशमा रहनू भएका जनको लागि स्वदेश फिर्ता हुने योग रहेको छ । टिकाटिपण्णीबाट न आत्तिकन अडिग भै गरेको कामले सफलता पाउने छ ।।दिदि-बहिनीको मंगलमय शुभकामना राम्रा कामहरु फेला पर्ने छन । अत: दिदिबहिनीलाई इज्जत गर्नु नै शुभ रहेको छ । शूभ अंक ३,७ र शुभ रंग खरानि रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण ।
आउने शुक्रवार अनपेक्षित रुपमा आम्दानीका स्रोतहरु फेला पर्ने छ। गग्गा जमिनबाट लाभको योग रहेको छ । आफन्त जनसंग बिग्रिएको सम्बन्ध सुध्रने योग रहेको छ । पतिपत्नीमा विश्वासको धागो जोड़ीने छ । संतान सुखबाट भने यो साता अलिक बिमुख को योग रहेको छ । अन्न अनाजको लागि पौरख गर्नु पर्ने छ । अनैतिक कर्ममा मन साताको मध्य समयमा जाने योग रहेको छ अत: होसियार नै हुनु बेस रहला । शिक्षा शिक्षणमा र बित्तिय क्षेत्रमा सफलाताको योग रहेको छ । तुला राशिको लागि यो साता ५,९ अंक शुभ रहेको छ । गुलावी तथा रातो प्रेम युक्त रंग याहाहरुको लागि शुभ रहेको छ । (ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । पुर्खौली जग्गा जमिन र सम्पत्तिमा अन्य व्यक्तिहरुले आखा लगाउने छन, सावधानी रहनु नै श्रेयकर हुन जाने छ । अनावश्यक झन्जटले मन अशान्त रहने छ । नक्कलि प्रेमीहरु सल्बलाऊने छन । बिद्यामा बाधाको योग रहेको छ । मंगलबार शुभ संकेत देखा पर्नाले मनमा शुभ तरंग फैलीने छ । पुर्व दक्षिण तीरको दिशामा शुभ रहेको छ । आइतबार पुराना क्रियाकलापको पुनस्मरणका कारण तनाव होइने योग रहेको छ । वित्तिय संस्थानहरुमा गरिएको लगानीले प्रतिफल पाउने योग रहेको छ । यो राशिको लागि २,६ अंक शुभ रहेको छ । बैजनी रंग शुभ रहेको छ यो साता यहाँहरुको लागि । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान,
साताको मध्य समयमा शनि बक्री हुने हुँदा न खाएको विष लाग्न सक्नेछ । अनावश्यक झमेला झै झगड़ामा सरिक हुनु पर्ने योग रहेकोले कुल देवताको आराधना नै उत्तम उपाय रहेको छ । बुध शुक्र समय आफू अनुकूल न रहन सक्ने हुदा अलिक सजग भई कार्य गर्दा शुभ रहला । शिक्षामा बाधाको योग रहेको छ । मान्यजनहरुको स्नेहले मन स्फूर्त रहने छ । अध्यात्म क्षेत्रमा गरिएको कार्यको सही मूल्यांकन हुने योग छ । सगोत्रिहरुबाट मानसिक चोटको योग रहेको छ । आम्दानीका पाटाहरु बिहिवारबाट सुचारु हुने योग रहेको छ । गैर वर्णसंगको प्रेम लूकि छिपी दीर्घ कालसम्म रहिरहने छ तर धन खर्च भने राम्रै हुनेछ । साला सालिले अलिक तनाव दिने योग रहेको छ । घरमा मांगलिक कर्म हुनेछ । ३,८ अंक यो साता धनु लाई शुभ रहेको छ । घ्यू र पहेलो रंग शुभ रहेको छ यो साता । (ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो, । भोज भतेर सभा सम्मेलन मा जाने शुभ अबसर प्राप्त हुने योग रहेको छ । राज्यस्तरका मान्यजनसंगको उठबसले भविस्य मा राम्रो काम लिन सकिने हुँदा संयमित भएर कार्य गर्दा शुभ छ । खर्चको योग रहेको छ । साथी भाई ईस्ट मित्रबाट सहयोग पाप्त हुने योग रहेको छ । आइतबार अशुभ समाचार सुन्नू पर्ने योग रहेको छ । नयाँ प्रेम प्रसंग चल्ने योग रहेको छ । हार्डवेयर क्षेत्रबाट मनग्न्य आम्दानी गर्न सकिने छ । बिदेशीक रोजगारमा अलिक कठिनाईको योग रहेको छ । श्रीमान श्रीमती बिच मन मुटाव हुन्छ सो मनमुटाव समाजमा ओराल्दा अदालत सम्म पुग्ने हुदा घर भित्रै समाधान गर्नु बेस । ४,५ अंक शुभ रहेको छ र साथै सुन्तला रंग शुभ रहेको छ यो साता यहाहरु लाई
(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । अचानक यात्राको योग रहेको छ आउने शनिवार । खर्च अनावस्यक गर्नुपर्ने छ ।आइतबार लेनदेन न गर्नु नै शुभ रहने छ । यो साता यहाँहरुलाई शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । युवा अवस्थाका कुम्भ राशिको यो साता प्रेमको अंकुरण हुने योग रहेको छ । राम रमाइलो तीर मन जाने योग रहेको छ । जग्गा जमिन खरीदको योग रहेको छ । सोमबार चोटपटकको योग रहेको छ । अनावश्यक झमेला सहनु पर्ने योग रहेको छ । आलोचक भईने योग रहेको छ । सन्तान सुखले मन आल्हालित हुने छ । बित्तिय क्षेत्रबाट प्रसस्त आम्दानी हुने छ । १,९ अंक शुभ रहेको छ यो साता यहाहरुको लागि ।गुलावी रातो रंग शुभ रहेको छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । ऋणात्मक समय रहेको छ । लेनदेनबाट सजग रहियेको खण्डमा यहाँहरुको लागि शुभ रहने छ । महत्वपूर्ण कर्मको योग रहेको छ । मान्यजनहरुको सर सल्लाहमा गरेको कार्यले सफलता पाउने छ । आउने शुक्रवार मुद्दा मामिलामा पर्न सकिने हुँदा अनावश्यक र जुवाडेहरुसंगको संगत त्याग्नू शुभ रहने छ । प्रेममा अनबनको योग रहेको छ । बिगतका गल्ति आत्मसात गर्नाले धर्म पत्नी वा पतिले समेत साथ दिने छन । शिक्षा शिक्षणमा बाधा आई परेता पनि बिहिबारबाट सुचारु हुने छ । बाबुआमासंग द्रोह नगर्नू नै यो राशिको लागि रक्षक साबित हुनेछ । यात्रा शुभ रहने छ । बिहिवारदेखी गरिएको कार्यले सफलता पाउने योग रहेको छ । यो साता यहाँहरुको लागि १,४ को अंक बारण गरेको खण्डमा बिग्रेको काम पनि शुभ रहने छ । खैरो रंग शुभ रहेको छ यहाँहरुलाई । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६ ०६:५०