भाद्र १४ गतेदेखि २१ गतेसम्म
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । पारिवारिक यात्राको सम्भावना बढी रहेको छ । यात्रा गर्दा सकुन मिल्ने योग रहेको छ । वैदेशिक यात्राको योग रहेको छ । सवारी साधन खरीद को योग रहेको छ । पतिपत्नी बिच सामान्य विवाद हुने योग रहेको छ । पुराना साथी संगीहरुसित भेटघाट हुने योग रहेको छ । पेटमा समस्या देखा पर्ने छ । शिक्षामा प्रगति योग रहेको छ । २,६ अंक शुभ रहेको छ । यो साता र आकाशे रंग शुभ रहने छ याहाहरु लाई । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । शिक्षार्थिहरुको निमित्त यो साता अती ऊत्तम रहेको छ । पठन पाठनको लागि गरिएको कार्य सफलता प्राप्त हुनाले मन खुशी रहने छ । बिगत देखी झङ्गिएको प्रेम सम्बन्ध अझ प्रगाढ हुने योग रहेको छ । पुराना मित्रहरुबाट धनार्जन गर्ने अवसर प्राप्त हुने छ । सोच बिचार पुर्वक गरिएको कार्यले शुभ हुनेछ अन्यथा घाटा हुन सक्ने छ । यो साता ७ अंक शुभ रहेको छ र साथै क्रीम कलर शुभ रहेको छ यो साता । (ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान । परीक्षार्थीको लागि यो साता शुभ रहेको छ । स्मरण शक्ति बढ्ने योग रहेको छ । स्वास्थ्यमा गडबडी हुने सम्भावना बढी छ । पिरो अमिलोबाट टाढा रहनु हित कर हुने छ । आर्थिक लाभको समय रहेको छ । आफन्तहरुसंग अकस्मात भेटघाट हुने छन । सबारी साधन खरीद बिक्रीको योग रहेको छ । १,९ अंक शुभ रहेको छ । सुन्तला रंग मिथुन लाई शुभ रहने छ यो साता । बृष राशि लाई १,५ अंक शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । आफन्तजनहरुबाट उमेर पुगेका कर्क राशिका स्त्री पुरुषको लागि वैवाहिक सम्बन्धको प्रस्ताव आउने योग रहेको छ । सोमबार आर्थिक लाभको योग रहेको छ । व्यापार बृद्धिको योग रहेको छ । लेन देनको कारण साताको अन्त अर्थात् बुधाबार मानसिक तनाव हुने छ । ९ अंक शुभ रहेको छ र यो साता घ्यू रंग शुभ रहेको छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । दैनिक कर्म बाहेकका अन्य ठुला कामहरु यो साता हात नहाल्दा नै शुभ रहेको छ । बैदेशिक रोजगार तथा बिदेश जानु हुनेका लागि शुभ समय रहेको छ । स्थानांतरणको योग रहेको छ । काममा जस पाउने चांस कम रहेको छ । मिहनत गरे अनुसारको फल पाऊन भने मुस्किल रहेको छ । ५,८ अंक शुभ रहेको छ । नीलो रंग यो साता शुभ रहेको छ शिंह को लागि । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार सोमबार, शुभ दिशा: पुर्व, अशुभ: उत्तर र पश्चिम,शुभ रङ्ग: पहेलो, अशुभ रङ्ग: हरियो ।
सरकारी उच्चस्थ व्यक्ति तथा राजनैतिक उच्चस्थ व्यक्तिहरुसंग भेटघाटको योग रहेको छ । पतिपत्नीबिच माधुर्यता झल्कने छ । अत: काममा स्फूर्ति जाग्ने छ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुने समय रहेको छ । मंगलवार आर्थिक हानी को योग रहेको छ । प्रेमजागृत को समय रहेको छ । १,९ अंक शुभ रहेको छ ।हरियो रंग शुभ रहेको छ । शूभ अंक ३,७ र शुभ रंग खरानि रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण । सहपाठी तथा सह कर्मीहरुसंग मतमतांतरको योग रहेको छ। आर्थिक एजेंडा प्रमुख कारण भएकोले गर्दा स्थानांतरण को प्रबल योग रहेको छ । साताको अन्तमा भने गरिएको कार्य सफलता हात लाग्ने योग रहेको छ । गरिआएको कार्य भने केहि समयको लागि यथास्थितीमा रहन दिदा शुभ होला । २,६ अंक शुभ रहेको छ ।सेतो तथा घ्यू रंग शुभ रहेको छ यो साता ।(ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । आर्थिक दृष्टीकोणको हिसाबले नया मौकाको ताकमा हुनुहुनेको लागि सहि मौका रहेको छ । कब्जियत तथा अन्य स्वास्थ सम्बन्धी समस्याले सताउने योग रहेको छ । हतारमा गरिएको कार्यले मुनाफाको साटो घाटा तरफ लान सक्ने छ । आइतबार अलिक आफन्तहरुसंग मनमुटाव हुन सक्ने हुँदा सहनु नै शुभ रहने छ । सहपाठी तथा सहकर्मीले कार्यमा बाधा पुराउन सक्ने छन । अत: अलिक चनाखो हुनु पर्ने छ । ६ अंक शुभ रहेको छ । पानी रंग शुभ रहेको छ । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान,
रमणीय स्थानमा इस्टमित्र आफन्त सहित भ्रमणको योग रहेको छ । धार्मीक यात्रा हुने छ साथै धार्मीक रुचि बृद्धि हुने छ । वैस्यकको लागि भने यो साता प्रेममा धोका हुने योग रहेको छ । शत्रु बृद्धि हुने छन । नजिकका साथीसंगीबाट नसोचेको धोका पाईने छ । नया काम कारवाही गर्दा बिचार पुराएर गर्नु पर्ने छ । बिद्वान र उच्चस्थ व्यक्तिको संगतले कुसंगति नास हुने योग रहेको छ । २,८ अंक शुभ रहेको छ ।पहेलो र घ्यु रंग धनु राशि लाई शुभ रहेको छ । (ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो । शनिवार गुप्त धन हात लाग्ने योग रहेको छ । होटल रेस्ट्रुरेंट सम्बन्धी कार्यमा गरिएको लगानी ले भविस्य मा मुनाफा हुने योग रहेको छ । छाती सम्बन्धी समस्या हुने योग रहेको छ । नया व्यापार तथा उद्योगको थालनी गर्दा शुभ रहेको छ । कपडा तथा ओखतीको कारोबारबाट शुभ रहेको छ । शिक्षार्थीको परीक्षा फल सोचे अनुरुप हुने छैन । प्रेममा अनबनको योग रहेको छ । संकाका कारण घरबार धारापमा पर्न सक्ने छ । ५ अंक शुभ रहेको छ । घ्यू रंग शुभ रहेको छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे ।वैदेशिक रोजगारबाट मनग्न्य आम्दानी लिन सकिने छ । नौकरी गर्नु हुने महानुभावको लागि भने पदोन्नतिको योग रहेको छ । मान सम्मानको योग रहेको छ । साथीभाई इष्टमित्रबाट सहयोग प्राप्त हुने योग रहेको छ । नयाँ बन्नू भएका साथीहरुसंग यात्रा गर्नाले मनमा स्फूर्ति जाग्ने छ । पति पत्नी बिच मत भेद हुन सक्ने छ । कुम्भको लागि यो साता ४,५ अंक शुभ रहेको छ । नौनी रंग शुभ छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । बित्तिय संथानमा गरिएको लगानी सत प्रतिसत मुनाफा हुने छ । बिहिवार माया मारियेको धन आउने योग रहेको छ । मित्रबाट धोकाको योग रहेको छ । पैतालो र पिडुल्लामा समस्या देखा पर्ने छ । प्रेम प्रसंग चल्ने योग रहेको छ । बिद्युत सम्बन्धी कारोवार फस्टाउने योग रहेको छ । यो साता मीन राशिका व्यक्तिले सकभर यात्रा नगर्नू नै शुभ रहने छ । वैदेशिक रोजगार सम्बन्धी कार्य गर्ने व्यक्तिको लागि कानुनी झमेला सहन गर्नु पर्ने छ । ८ अंक शुभ रहेको छ । खैरो तथा पहेलो रंग शुभ रहेको छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६ ०५:५९