मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । पारिवारिक यात्राको सम्भावना बढी रहेको छ । यात्रा गर्दा सकुन मिल्ने योग रहेको छ । वैदेशिक यात्राको योग रहेको छ । सवारी साधन खरीदको योग रहेको छ । पतिपत्नीबिच सामान्य विवाद हुने योग रहेको छ । पुराना साथी संगीहरुसित भेटघाट हुने योग रहेको छ । पेटमा समस्या देखा पर्ने छ । शिक्षामा प्रगति योग रहेको छ । २,६ अंक शुभ रहेको छ । यो साता र आकाशे रंग शुभ रहने छ । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । साताको सुरुमा अर्थात् आइतबार लेन देनमा अलिक खटपट हुन सक्ने छ । सोमबारबाट अनौठो प्रकारका काममा मन जाने छ । साथीभाईसंग रमाइलो भेटघाट हुने छ । प्रशासनीक कार्यमा सफलता मिल्ने छ । पुराना वस्तुको संग्रह गर्न मन लाग्ने छ । बैदेशिक रोजगारमा शुभ रहेको छ । बिहिवार झुटा आरोपको सामना गर्नु पर्ने छ । ४अंक शुभ रहेको छ । घ्यू रंग शुभ रहेको छ ।(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान । व्यबहारिक शिक्षामा मन जाने योग रहेको छ । अध्यात्ममा मन जाने योग रहेको छ । देवीको दर्शनले मनमा ताजगी पैदा हुने छ । नशा सम्बन्धी रोग बल्झने सम्भावना बढी रहेको छ । आफन्तसंग लेनदेन को कारण अनबनको योग रहेको छ । बुधबार शुभ समाचार तथा आम्दानी हुने योग रहेको छ । जड़ी बूटिको कारोबारबाट आम्दानी राम्रो हुने छ ।३,५ अंक शुभ रहेको छ । सुगा रंग शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । छातीमा संक्रमणको योग रहेको छ । धुलो धुवाबाट बच्नु श्रेयकर हुने छ । चामलको कारोबार शुभ रहेको छ । उत्तर दिशामा यात्राको योग रहेको छ । पुराना साथीसंगीहरुसंग भेटघाटको योग रहेको छ ।भोज भतेरमा सरिक हुने योग रहेको छ । बित्तिय सघ संस्थामा महत्वपूर्ण पद पाउने योग रहेको छ । सोमबार प्रेमीसंगको अकस्मात भेटले नयाँ मोड लिने छ । धेरै उत्ताउलो पन घातक हुने छ । २ अंक शुभ रहेको छ । सेटो र नीलो रंग शुभ रहेको छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । औषधि सम्बन्धी कारोबारबाट मनगन्य आम्दानी हुने योग रहेको छ । मंगलवार आर्थिक-राजनीतिक मत मतांतरणले मन खिन्न हुने योग रहेको छ । जमिन खरीद बिक्रीको योग रहेको छ । पुर्व दिसाको यात्रा को योग रहेको छ । बैदेशिक रोजगारमा जानू भएका श्रमिकको लागि यो साता शुभ रहेको छ । घाम रंग शुभ रहेको छ । ५ अंक शुभ रहेको छ । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार सोमबार, शुभ दिशा: पुर्व, अशुभ: उत्तर र पश्चिम,शुभ रङ्ग: पहेलो, अशुभ रङ्ग: हरियो । शिक्षामा प्रगतिको योग रहेको छ । विशेष टेक्नीशियनहरुको लागि यो साता शुभ रहेको छ । प्रेममा अनबनको योग रहेको छ । अलिक साबधानी अपनाउनू पर्ने छ । कारोबारमा गिरावटको योग रहेको छ । महत्वपूर्ण व्यक्तीहरुसंगको भेटघाटले भविस्यमा शुभ प्रभाव पार्ने भएकोले समझदारीका साथ भेटघाट गर्नु होला । पतिपत्नीमा बिगतका सन्काहरु दर हुने योग रहेको छ । बालकको लागि भने यो साता शुभ रहेको छ । अनायस आम्दानी हुनेछ बुधाबार ।३अंक शुभ रहेको छ । नेबी ग्रीन शुभ रहेको छ कलर । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण । प्रसासनीक क्षेत्रबाट फाइदा हुने समय रहेको छ । मित्रहरुबाट शुभ लाभको योग रहेको छ । आम्दानिमा बढ़ोत्तरीको योग रहेको छ । पतिपत्नी बिचको समझदारीमा गरिएको कामले फाइदा पुराउने योग रहेको छ । संतान गर्भ योगको समय रहेको छ । बिहिवार पुराना प्रेमीको कारण अलिक तनावमा रहनु पर्ने छ । धर्म कर्ममा मन जाने छ । खाईकुफत हुनेछ । खानामा ध्यान दीनू पर्ने छ । २,९अंक शुभ रहेको छ हरियो र पहेलो रंग शुभ रहेको छ ।(ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । कब्जियत हुने भएकोले टाउको दुख्ने समस्याले सताउने छ । नया सामन र बिलासी बस्तुहरु खरीद गर्ने योग रहेको छ । सेना पुलिसको लागि यो साता शुभ रहेको छ । आम्दानी योग रहेको छ । बैदेशिक रोजगारमा जानु भएका श्रमिकलाई यो साता शुभ छैन । अपवादको सामना गर्नु पर्ने छ । अराजनैतिक क्रियाकलापले मन तरंगित हुने छ । कारोबारमा उन्नतिको योग रहेको छ । प्रेमी प्रेमिकाबाट धोका पाईने योग रहेको छ । ३ अंक शुभ ।सिन्दूर रंग शुभ रहेको छ यो साता । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान,
ऋणात्मक योग रहेको छ । मनमा छटपटी बेचैनको योग रहेको छ । यात्रा फलदाई रहने छ । आफ्नो प्रभाव छोडन सकिने छ । शत्रु भाव राख्नेहरु पनी परास्त हुने छन ।ढोङ्गी ब्यक्तिहरुबाट बच्नु पर्ने योग रहेको छ । शिक्षामा प्रगतिको योग रहेको छ । धन भन्दा विद्वत जनसंगको संगतले भविस्यमा शुभ प्रभाव पर्ने योग रहेको छ । ३,९ अंक शुभ रहेको छ ।नया प्रेम को अंकुरण हुने योग रहेको छ ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो, । पारिवारिक अस्वस्थताका कारण धन खर्च हुनेछ । यात्रा बेसि गर्नु पर्ने छ । मनमा उथल पुथलको योग रहेको छ । शिक्षा शिक्षणमा बाधा पर्ने छ । बुधाबारबाट भने आर्थिक लाभ हुनेछ । बैदेशिक रोजगारको अवसर मिल्ने योग रहेको छ । पतिपत्नी बिच सुमधुर सम्बंध रहने योग छ । तथापी अनतर सम्बंधको अवसर पनी प्राप्त हुने छ । जमिनबाट आर्थिक लाभ हुने छ । ५,३अंक शुभ रहेको छ । ध्वासे रंग शुभ रहेको छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । हाड़जोर्नि सम्बन्धी रोगले सताउने योग रहेको छ । पश्चिम दिसाको यात्रा गर्नु पर्ने योग रहेको छ । अध्यात्म प्रती बैराज्ञ जाग्ने छ । हार्डवेर सम्बन्धी कारोबारले आर्थिक लाभ हुने योग रहेको छ । खनिज पदार्थबाट शुभ लाभ लिन सकिने छ । पतिपत्नीबिच अलिक खटपटको योग रहेको छ । प्रेम प्रसंगले मौलाउने समय पाएको छ । अनैतिक सम्बंधले प्रसैय पाउने छ । नातागोताबाट तिरस्कार हुनु पर्ने छ । ३,५ अंक शुभ रहेको छ ।नीलो रंग शुभ रहेको छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । पारिवारिक झमेला सहन गर्नु पर्ने योग रहेको छ । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । आम्दानीका बाटाहरु बन्द हुनाले मन तरंगित हुने छ । कानुनी झमेला खेप्नु पर्ने योग रहेको छ । बैदेशिक यात्रा फलदायक रहेको छ । नाफामुलक कार्यले प्रसैय पाउने छ । यात्रा स्थागन हुने छ । अनावस्यक धनको खर्च हुने छ । बादबिवाद बाट टाढा रहनु नै शुभ रहने छ । महत्वपूर्ण महानुभावहरुको साताको अन्तमा कृपा प्राप्त हुनेछ । अन्तरास्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालय दाखिला होइने योग छ ।९ अंक शुभ ।पहेलो रंग शुभ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६ ०९:४१