भाद्र २९ गतेदेखि असोज ४ गतेसम्म
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । आकस्मिक यात्रा को योग रहेको छ । धार्मिक कार्यमा मन तथा रुचि बढ्ने योग रहेको छ । उच्चस्तरीय व्यक्तिहरुसंग भेटघाटको योग रहेको छ । सामाजिक पद प्रतिष्ठा प्राप्तिको योग रहेको छ । वैवाहिक तथा प्रेममा खुसहालको योग रहेको छ । अरेन्ज कलर शुभ रहेको छ ।१ अंक शुभ रहेको छ (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । आध्यात्म क्षेत्रमा रुचि बढ्नेे योग रहेको छ । साथी-संगीहरुसंग मन मुटावको योग रहेको छ । कार्यमा ढिलासुस्तीको योग रहेको छ । प्रेममा अनबनको योग रहेको छ । पतिपत्नीबिच समधुर सम्बन्ध रहने छ । विश्वास गरेकाले धोका दिने छन । यात्रा तथा स्थानांतरणको योग रहेको छ । ७ अंक शुभ रहेको छ । क्रीम कलर शुभ रहेको छ ।(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान । मिथुन ,आर्थिक उपार्जनको नया मौका मिल्ने योग रहेको छ । बुधबार आकस्मिक धन लाभ हुने छ । बाणीको गरीमालाई ख्याल राख्नू पर्ने छ अन्याथा विवादमा पर्न सकिने छ । कार्य मा बाधा अड्चन आउने छ । शत्रु हावी हुने योग रहेको छ बिहिवार । ५ अंक शुभ रहेको छ । बैजनी कलर शुभ रहेको छ ।(ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । आर्थिक रुपमा ठुलो छलांग गर्न सक्ने योग रहेको छ । विलासिताको सामान खरीदको योग रहेको छ । साथी-भाईहरुबाट लाभको योग रहेको छ । खानपानको अनबनका कारण पेटमा समस्या आउने योग रहेको छ । बुधवार अपजसको योग रहेको छ । फोक्सोमा समस्या आऊन सक्ने छ । घ्यू कलर शुभ रहेको छ र पहेलो कलर पनी शुभ रहेको छ ।४ अंक शुभ रहेको छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । साथीभाईहरुबाट सोचे भन्दा बढी सहयोग प्राप्त गर्न सकिने योग रहेको छ । बैदेशिक रोजगारबाट राम्रो फल मिलने मिल्ने योग रहेको छ । साताको मध्य समयमा आम्दानीको योग रहेको छ । साताको अंत्य समयमा व्यापारिक क्षेत्रबाट हानी हुने योग रहेको छ । नयाँ नोकरीको योग रहेको छ । आफन्त आफन्तबीच मनमुटावको योग रहेको छ । रातो रंग शुभ रहेको छ। १ अंक शुभ रहेको छ ।(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार सोमबार, शुभ दिशा: पुर्व, अशुभ: उत्तर र पश्चिम,शुभ रङ्ग: पहेलो, अशुभ रङ्ग: हरियो । ऋणात्मक समय रहेकोले लेनदेनमा सजग रहनु पर्ने योग रहेको छ । शिक्षा शिक्षण संस्थान र कलेजमा लगानी गर्दा शुभ रहेको छ । इन्जीनियरहरुको लागि यो साता शुभ रहेको छ । व्यापारमा उन्नतिको योग रहेको छ । सन्तान सुख रहेको छ । हरियो तथा सुगा रङ्ग शुभ रहेको छ । अंक ३ शुभ रहेको छ ।(ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण । पारिवारिक कलहका कारण छुट्टीएर बस्नू पर्ने योग रहेको छ तथापि पतिपत्नीबिच भने सुमधुर सम्बंध रहने छ । एक प्रकार को सुख शान्ती को समय रहेको छ ।कार्य सफल हुने योग रहेको छ । प्रेम सम्बन्ध कसिलो हुने योग रहेको छ । शुक्रबार शुभ समाचार सुन्न पाईने योग रहेको छ । विश्वास गरेका मान्छेबाट धोका हुन सक्नेछ । क्रीम तथा ह्वाइट कलर शुभ रहेको छ ।२ अंक शुभ रहेको छ । (ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । वैदेशिक यात्रा गर्नु हुनेहरुको लागि शुभ साता रहेको छ । मंगलाबार अनावस्यक झैझगडा को योग रहेको छ ।अत अनावस्यक प्रतिस्पर्धा नगर्नू नै शुभ रहेको छ । यात्राको योग रहेको छ । पुराना साथीहरुबाट सहयोग हुने योग रहेको छ । बित्तिय क्षेत्रबाट शुभ योग रहेको छ । सिन्दूर रंग तथा हरियो रंग शुभ रहेको छ। ८ अंक शुभ रहेको छ ।(ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान,
ऋणात्मक समय रहेको छ । अनावश्यक यात्रा गर्नु पर्ने छ । आफन्तबाट असहयोग हुने हुदा मन खिन्न हुने छ । हाइड्रो तथा विजली क्षेत्रबाट आम्दानीको योग रहेको छ । साताको अन्तमा आम्दानी हुने छ । पार्टनरसीपबाट आय बृद्धि हुने छ साताको अन्तमा न्याय क्षेत्रमा भने मन्दिको योग रहेको छ । पहेलो तथा सेतो रंग शुभ रहेको छ । ९,३अंक शुभ रहेको छ ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । पारिवारिक मेलमिलाप हुनाले रमाइलो पनको महसूस हुने छ । व्यापारमा प्रगतिको योग रहेको छ । गाडी घोडाबाट शुभ फलको योग रहेको छ । पतिपत्नीबीच शंका उपशंकाले अशान्ती हुने हुदा शंका नगर्नू नै बेश होला । धार्मीक कार्यमा मन जाने छ । नीलो र बैगुन रंग शुभ रहेको छ ७ अंक शुभ रहेको छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । आर्थिक पक्ष सबल रहने छ । आइतबार अशुभ समाचार सुन्नू पर्ने छ । साताको मध्य समयमा लेनदेनमा झमेला हुने योग रहेको छ । आफन्त टाढिने योग रहेको छ । कृषि क्षेत्रबाट शुभ आम्दानी हुने छ । साथीहरुबाट धोका हुने लक्षण देखा पर्नेछ । अत: सजग हुनु होला ।औसध उपचारमा खर्च हुने छ । साताको अन्तमा आकस्मिक धन लाभ हुने छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । प्रेममा समस्या आउने योग रहेको छ । आर्थिक-राजनीतिक क्षेत्र फराकिलो हुने योग रहेको छ । पतिपत्नी मिली गरिएको कार्यले सफलता पाउने योग रहेको छ । पशु व्यापारबाट मनग्न्य आम्दानी हुने छ । नाकारात्मक सोच भएका मुर्खहरुसँग सम्बंध नराख्नू नै वेश रहने छ । जग्गा जमिनबाट लाभको योग रहेको छ । धनु राशिसंगको कारोबार शुभ रहने छ । व्यापारमा लाभको योग रहेको छ । पहेलो र सेतो रंग शुभ रहेको छ ।९,३अंक शुभ रहेको छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६ ०८:०४