मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । पारिवारिक झै-झगडा शान्त हुने योग रहेको छ । धार्मिक तीर्थस्थलको यात्राको सम्भावना रहेको छ । शिक्षा शिक्षण संस्थानहरुमा लगानी गर्दा शुभ हुने योग रहेको छ । जग्गा जमिनबाट लाभ हुने छ । बैदेशिक रोजगारबाट लाभ हुने छ । साताको मध्यमा अलिक न्यायिक झमेलामा पर्ने योग रहेको छ । घाम कलर शुभ रहेको छ र १ अंक शुभ रहेको छ । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । सोमबार आकस्मिक लाभको योग रहेको छ । पतिपत्नीबीच बिगतमा बिग्रिएको सम्बन्ध सुमधुर हुने योग रहेको छ । घाटिमा समस्या आइलाग्ने योग रहेको छ । बिहिवार लेनदेनमा अलिक सावधानी अपनाउनू पर्ने छ । शिक्षक बर्ग हरुको लागि साता फलदाई रहेको छ । व्यापारमा बढोत्तरीको योग रहेको छ । प्रशासनमा समस्या आउने हुँदा अर्थ कारोबार र हिसाव मिलानमा ध्यान दीनू होला । घ्यू कलर र नीलो रंग यो साता शुभ रहने छ । २,७ अंक शुभ रहने छ ।(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान । ऋणात्मक समय रहेको छ । उत्तरीय दिशाको यात्रा गर्नु पर्ने छ । धर्म कर्ममा समय व्यथित हुने योग रहेको छ । पुराना जिन्सी सामानहरु विक्रि हुने योग रहेको छ । जग्गा जमिनबाट लाभको योग रहेको छ । प्रहरी सेवामा लाग्नू भएका महानुभावहरुलाई बिशेष यो साता शुभ रहेको छ । ओखतिको कारोबारबाट शुभ रहने छ । आम्दानी सोचे भन्दा बेसि हुने छ । हरियो सतो रंग शुभ रहेको छ । ५अंक शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । रेस्टुरेन्ट र होटल व्यवसायमा लाग्नू भएका श्रमिक जन हरुको लागि साता शुभ रहेको छ। वित्तिय क्षेत्रमा गरिएको लगानी शुभ प्रद हुने छ । बैदेशिक क्षेत्रमा जानु भएका ब्यक्ति लाई भने साता शुभ छैन । अलिक होसियार भएर बस्नु पर्ने योग रहेको छ । महत्वपूर्ण महानुभाव व्यक्तिसंग भेटघाट हुने योग रहेको छ ।साताको अन्तमा आकस्मिक लाभ हुने छ । प्रेममा समस्या आउने छ । बुधवार मन खिन्न हुने छ । सेतो र पहेलो रंग शुभ रहने छ । अंक ४ शुभ रहने छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । शिक्षा शिक्षण संस्थान र बित्तिय क्षेत्रबाट हानीको योग रहेको छ । सेना पुलिस फौजीको लागि भने यो साता फलदायी रहेको छ । महत्वपूर्ण महानुभाव र विशिष्ट जनको सल्लाहमा गरिएको काम फलदायी रहने छ । प्रमोशनको योग रहेको छ । आर्थिक लाभको योग रहेको छ । साताको अन्तमा फजुल तथा कस्मेटिकमा खर्च हिने योग रहेको छ । विगत साता देखी प्रशासनमा आएका समस्याहरुको निदान हुने योग रहेको छ । नयाँ प्रेमको अंकुरण हुने योग रहेको छ । घाम रंग र भ्यान्टा रंग शुभ रहेको छ । अंक ५ शुभ रहेको छ ।(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार सोमबार, शुभ दिशा: पुर्व, अशुभ: उत्तर र पश्चिम,शुभ रङ्ग: पहेलो, अशुभ रङ्ग: हरियो । पारिवारिक हर्ष उल्लासले मन प्रफुल्ल रहने योग रहेको छ । पतिपत्नी बिचको विगत देखिका अनबन मत्थर हुने योग रहेको छ । तथापी मन भने बाहिर तीर नै हुने हुदा ठीक-ठीक सोच्न नसकिएला । आम्दानी भन्दा खर्च बढी हुने हुदा मन असान्त रहने छ । साताको अन्तमा आकस्मिक लाभ हुने छ । रमाइलो पटी मन जाने योग रहेको छ । जग्गा जमिनबाट लाभ हुने योग रहेको छ । आफन्तले बक्री नजर लगाउने छन । सगा रंग शुभ रहेको छ । ३,६ अंक शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण । सोमबार आकस्मिक लाभको योग रहेको छ । यात्रामा कठिनाई हुने सम्भावना बढी रहेको छ ।धार्मीक गतिविधिमा समय व्यथित रहने छ । नगरबधुबाट टाधा रहनु नै बेश होला नत्र लुटिन सकिने छ । माता-पिताको स्वास्थ्यमा खराबी आउनाले मन असान्त रहने छ । दिदिबहिनीहरुबाट सर सहयोगको आशामा तुसारापात हुने सम्भावना बढि भएकोले आफन्तबाट धनको आश नगर्दा नै बेश होला । दुग्ध जन्य पदार्थको कारोबारबाट लाभको योग रहेको छ । श्वेत वस्तुबाट लाभ होला । सेतो तथा घ्यू रंग शुभ २,७ शुभ ।(ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । राजनैतिक विसंगतिले गर्दा राजनीतमा लाग्नु भएकाहरुमा मन बरालिन सक्ने योग रहेको छ । आत्मविश्वासको कमी रहने योग रहेको छ । पठनपाठनमा सकारात्मक ध्यान नजाने हुँदा स्मरणमा ह्रास आउने छ । जमिनबाट लाभको योग रहेको छ । मान्यजनहरुलाई रिझाउन सकिने छ । आयमा बढोत्तरिको योग रहेको छ । कब्जियतले पेटमा आकस्मिक समस्या ल्याउन सक्ने छ । प्रेममा सफलता पाईने योग रहेको छ । गुलाब तथा रातो रंग शुभ रहेको छ । ३,८ शुभ रहेको छ । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान,
शिक्षा शिक्षणबाट आकस्मिक लाभ रहने छ । न्यायिक क्षेत्रमा सुधारको योग रहेको छ । शाहित्य कला क्षेत्रमा शुभ संकेत रहेको छ । आम्दानीका श्रोतहरु खुल्ने योग रहेको छ । धार्मिक तीर्थस्थलको सेवाबाट आत्मसंतुस्टी को योग रहेको छ । धार्मीक गतिविधिमा समय बित्ने छ । साताको अन्तमा आकस्मिक लाभको योग रहेको छ । धार्मीक छद्मभेषीहरुबाट यो साता बच्न सकेको खण्ड मा सदा मन खुसी रहने छ । छद्मभेषीहरु अनैतिक कर्म गराउं ऊद्द्त रहने छन । बिपरीत लिंगीबाट आर्थिक लाभ हुने छ । पहेलो र बैजनी रंग शुभ । ९,३ शुभ रहेको छ अंक ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो । पारिवारिक जीवनमा आकस्मिक समस्या आइ लाग्नाले मन चिंतित रहने योग रहेको छ। साताको मध्य भागमा सन्तान सुखको अनुभूति गर्न पाईने योग रहेको छ । शनिवारबाट नै धनोर्पार्जनको योग रहेको छ । महत्वपूर्ण कार्यहरु फत्ते हुने योग रहेको छ । जग्गा जमिनबाट लाभको योग रहेको छ । ढुंगामाटोको कारोबार गर्नु हुने लाई समय अलिक शुभ रहेको छ । सेना पुलिसलाई स्थर उन्नतिको योग रहेको छ । नीलो खैरो रंग बाट शुभ रहेको छ । ५अंक शुभ रहेको छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । पतिपत्नीमा मनमुटाव बढ्न ग्रैर-कानुनी ढोकामा चाहर्नु पर्ने योग रहेको छ । प्रेम प्रसंगले महत्व पाउने योग रहेको छ । आफन्त जनबाट तिरस्कृत हुनु पर्ने छ । साताको मध्य समयबाट आफ्नो पक्षमा समय रहेको छ । फलाम जन्य वस्तुबाट लाभ रहने छ । गाड़ी हात्ती घोड़ाबाट लाभको योग रहेको छ । शिक्षा शिक्षणमा बृद्धि योग रहेको छ । साथीहरुबाट आर्थिक सहयोग पाईने छ । आवेग तथा रीसले बनिसकेका काम पनि बिग्रन सक्ने हुँदा सावधानी अपनाउनू पर्ने देखिन्छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । धार्मिक यात्रा हुने योग रहेको छ । सभा-सम्मेलनमा आकस्मिक रुपमा भाग लिनू पर्ने योग रहेको छ । परिवारमा सुमधुर सम्बन्ध रहने योग रहेको छ । आर्थिक लाभको योग रहेको छ । पुराना धेरै समय भेटघाट नभएका आफन्तहरुसंग भेट घाट हुने योग रहेको छ । उपहार पुरस्कार पाईने योग रहेको छ । माता-पिता को सेवा गर्ने अबसर प्राप्त हुनाले मन आनन्दीत हुने छ । पहेलो घ्यू रंग शुभ । ९,१अंक शुभ रहेको छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६ ०८:४१