मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । पारिवारिक जमघटको योग रहेको छ साथै भ्रमणको योग रहेको छ । ऋणात्मक समयरहेको छ । बैदेशिक रोजगारमा कठिनाईको सामना गर्नुपर्ने छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी लिन सकिने योग रहेको छ । प्रेम अंकुरणको योग रहेको छ । महत्वपूर्ण महानुभावबाट सम्मान पाईने योग रहेको छ ।आइतबार अलिक कस्ट तथा लाल्छना लाग्ने योग रहेको छ । साताको उत्तराद्धमा आकस्मिक समस्या आऊन सक्ने छ अत: कुलकुलायनको आराधना गर्नु शुभ रहने छ । अंक १शुभ रहेको छ । रातो गुलावी रंग शुभ रहेको छ । अंक २ शुभ रहेको छ ।शुभ रंग नारंगी रहेको छ ।(ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । यात्रा फलदायी नहुन सक्छ चनाखो हुनु होला । राज्यद्वारा झुट्टा मुद्धा लाग्ने प्रबल सम्भावना रहेको छ । अनावश्यक बहसले उग्र रूप लिन सक्ने प्रबल संभावना रहेको छ । सोमबारबाट आर्थिक लाभ हुने छ । व्यापार व्यवसाय शुभ रहेको छ । प्रशासनीक क्षेत्रबाट लाभको योग रहेको छ । मानसम्मानमा बृद्धिको योग रहेको छ । राजनीतिक क्षेत्रमा महत्वपुर्ण निर्णयले रंग लेउने छ ।राजनिती तथा कूटनीति सफल हुने योग रहेको छ ।प्रेममा बाधा आउने छ बुधाबार बाट अत: अलिक रशिक भै बोलचाल गर्नु पर्ने छ ।अंक ७,१ शुभ रहेको छ ।नीलो तथा स्वेत रंग शुभ रहेको छ(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान । ऋणात्मक समय रहेको छ । आम्दानी भन्दा खर्चको योग बढि रहेकोछ । यात्रामा कठिनाइ आएता पनी यात्रा गर्नु पर्ने बाध्याता रहेको छ । संतानको योग रहेको छ । भाई भाईमा अंश बंडा सम्बंधी समझौता गर्नु पर्ने योग रहेको छ । बैदेशिक रोजगारको अवसर बुधाबारबाट प्राप्त हुनेछ । होटल रेस्ट्रुरेंटबाट लाभको योग रहेको छ । अध्यनमा प्रगतिको योग रहेको छ । पतिपत्नीबिच अनबन को योग रहेको छ । बिपरीत लिंगी प्रती झुकाव हानिकारक सिद्ध हुने छ ।अंक ५,७ शुभ ।हरियो,गुलावी र आकाशे रंग शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । आर्थिक-राजनीतिक क्षेत्रबाट लाभको योग रहेको छ । परिवारमा नयाँ सन्तान आउने योग रहेको छ। अध्यन अध्यापनमा प्रगतिको योग रहेको छ । बैदेशिक रोजगारमा शुभ प्रगतिको योग रहेको छ । फोक्सोमा समस्या आकस्मिक देखा पर्ने योग रहेको छ ।जग्गाजमिन को सुक्रि-विक्रि को योग रहेको छ ।अनैतिक सम्बंध ले कालकोठरीसम्म पुग्नु पर्ने भएकोले होसमा नै रहदा शुभ । व्यापारमा प्रगतिको योग रहेको छ । अंक २ शुभ रहेको छ । घ्यू रंग शुभ रहेको छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । पेट गडबड़का कारण शारीर ग्लानि हुने छ । खानपानमा होस पुराउनु पर्ने छ । फूड पोइजनको प्रबल सम्भावना रहेको छ । शिक्षा शिक्षणमा समस्या आउने छ । व्यापारमा आकस्मिक लाभको योग रहेको छ । राजनैतिक क्षेत्रबाट धोकाको सामना गर्नु पर्ने छ । धार्मिक कार्यमा मन जाने छ । इस्टमित्र भेटघाट हुन्दा मन हलुन्गो हुने छ । अंक १ शुभ । रातो र गुलाबी रंग शुभ रहेको छ । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार सोमबार, शुभ दिशा: पुर्व, अशुभ: उत्तर र पश्चिम,शुभ रङ्ग: पहेलो, अशुभ रङ्ग: हरियो । शिक्षा, शिक्षण संस्थानमा काम गर्नुहुनेलाई भने आर्थिक-राजनीतिक लाभको योग रहेको छ । राज्यस्तरबाट लाभ लिन सकिने योग रहेको छ । व्यापार बन्दोबस्तबाट मनग्न्य लाभ लिन सकिने योग रहेको छ । पारिवारिक सम्बन्ध प्रघाढ हुने छ । नाकारात्मक सोच भएकाहरु ले भने बिहिबारबाट भने अलिक दु:ख दिने छन । जग्गाजमिनबाट लाभको योग रहेको छ । बैदेशिक रोजगारमा जानु भएकालाई भने साता तेती शुभ रहेको छैन । मंगलाबार अकस्मात परिजनहरुको नराम्रो समाचार सुन्नू पर्ने योग रहेको छ । ३ अंक शुभ रहेको छ । पहेली रंग शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण । पारिवारिक जिम्बेवारी बढ्ने योग रहेको छ । पुर्खेउली सम्पती बिवाद सुल्झने योग रहेको छ । मातापिताको रोग ब्याधिका कारण आइतबारबाट उल्झनमा परिने योग रहेको छ । अर्थको कमीपनको महसुस भै मन खिन्न रहने छ । घरपरिवारमा आकस्मिक समस्या लाग्नाले विदेशीएका व्यक्तिहरु पनि स्वदेश आउनुपर्ने योग छ । पतिपत्नीमा समुधुर सम्बन्ध रहने योग रहेको छ । महत्वपूर्ण महानुभावबाट श्रष्टाहरुको नाम उपहार पाइन सक्ने योग रहेको छ । अंक २,७ शुभ रहेको छ । सेतो र घ्यू रंग शुभ रहेको छ । (ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । शिक्षा, शिक्षण संस्थानबाट लाभको योग रहेको छ । स्थानांतरणको योग रहेको छ । पारिवारिक भेटघाट जमघटले मन स्फुरित हुनेछ ।वैदेशिक रोजगार शुभ रहेको छ । आम्दानीका पाटाहरु खुल्ने योग रहेको छ । आइतबार झुटा मुद्दा तथा आरोप लाग्न सक्ने योग रहेको छ । महत्वपूर्ण महानुभावहरुको सरसल्हामा गरिएको कामले भविस्यमा उन्नति गर्न सकिनेछ अत: मनगलबार शुभ कार्यको थलनी गर्दा शुभ रहने छ । प्रेमको मामिलामा आकस्मिक समस्या आइलाग्ने योग रहेको छ । प्रेममा धोकाको योग रहेको छ । मिस्ठान्न भोजन र गरगहना प्राप्त हुने छ । बुधाबारका दिन सुखानुभुती गर्न पाईने छ । अंक १,८ शुभ ।रातो र बैजनी रंग शुभ । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान,
यो साताको समय व्यस्तताको बाबजुद पनि आफन्त इस्टमित्रसंगको भेटघाटघाटले मनमा एक खालको सकारात्मक तरंग पैदा हुने योग रहेको छ । आम्दानीका पाटाहरु खुल्ने छन् । वैदेशिक रोजगारमा कठिनाईको सामना गर्नु पर्ने छ । राजनीतिक क्षेत्रबाट धोका पाईने योग रहेको छ । मित्रहरुबाट छ्रिर्कि लगाउने प्रयास हुनेछ । विधार्थीको लागि भने समय शुभ रहेको छ । महत्वपूर्ण कार्यहरु निस्पन्न गर्न सक्ने योग रहेको छ । नहडबडाइकन गरिएको कार्य सफलता प्राप्त हुने योग रहेको छ। व्यापार बन्दोबस्तबाट लाभको योग रहेको छ । प्रेम अंकुरणको योग रहेको छ । ३,९ अंक शुभ रहेको छ । पहेलो नीलो शुभ रहेको छ । (ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो । शनी प्रधान राशि भएकोले यमपंचक भरी लाभको योग रहेको छ । महत्वपुर्ण ब्यक्ति महानुभावहरुसंग घुमफिर गर्ने अवसर मिल्ने योग रहेको छ । टाढाको यात्रा फलदायी रहेको छ । मामाचेला फुपुचेलाबाट राम्रो हुने योग रहेको छ । दाजुभाई दिदिबहिनीबीच समदुर सम्बन्ध प्रघाड़ हुने छ । आइतबार भने आरोपित हुनु पर्ने योग रहेको छ । हार्डवेर क्षेत्रबाट लाभको योग रहेको छ । जमिन खरीदबिक्रीको सुरुवात हुनेयोग रहेको छ । मर्यादित हुनुमा नै यो साता लाभकरसिद्ध हुने छ । ३,५ शुभ । नीलो कालो रंग शुभ । अंक १ शुभ रहने छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । शिक्षा शिक्षण संस्थानबाट अपहेलीतको सामना गर्नु पर्ने बाध्यकारी योग रहेको छ । अरुको मनमा ठेष पुग्ने खालका बचनबाट दर रहनु नै प्रगतिमा उक्ल्नू रहने छ । अपवादको सामना गर्नु पर्ने छ । मंगलाबार पश्चात परिवारको ढाढस र हिम्मतका कारण गुमेको कार्य र इज्जत पुन: बिहिबार बाट पाईने योग रहेको छ । कथनी र करणीमा भिन्नता हुने छ । नकारात्मक भाव बुधाबारबाट हट्ने योग छ । लाभ युक्त मार्गहरु खुल्ने छन्। वैदेशिक मुद्राको कारोबारबाट लाभ हुने छ । परिवार मा शुखशान्ती को अनुभूति गर्न पाईने योग रहेको छ । १,७ अंक शुभ रहेको छ । कालो र नीलो रंग शुभ रहेको छ यो साता । अंक ७,९ शुभ रहेको छ । नीलो कालो र बैजनी रंग यो साता शुभ रहेको छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । ऋणात्मक समय रहेको छ । आम्दानी भन्दा खर्च बढीको समय रहेको छ । लामो यात्रा यो साता नगर्दा शुभ रहने छ । लामो समय देखी पारिवारमा भएको तिक्तता दुर हुने योग रहेको छ । पुर्खेउली सम्पतीबाट लाभ लिन सकिने योग रहेको छ । जग्गाजमिन सुक्रिबिक्री को योग रहेको छ । महत्वपूर्ण कार्यको थालनी हुने योग रहेको छ ।वैदेशीक क्षेत्रमा रहनु भएकाहरुलाई भने साता उत्तम रहेको छैन । दुर्घटना योग रहेको छ । पिडुल्ला गोडामा चोटपटक लाग्ने योग रहेको छ । परलिंगसंगको योगले भविस्यमा मानसम्मानमा आच आउने योग रहेको छ । प्रेममा बाधा । ३,१२ शुभ ।पहेलो क्रीम रंग शुभ रहेको छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६ ०८:४९