काठमाडौं । राप्रपा अध्यक्ष पशुपतिशमशेर जबराले मधेसका मुद्दालाई राजनीतिक दाउपेचको विषय मात्र बनाउने ठूला राजनीतिक दल र मधेस केन्द्रीत दलको क्रियाकलाप अस्वभाविक र लज्जास्पद रहेको बताउनु हुँदै मधेसको मामिलामा राप्रपा मात्रै जिम्मेवार दल भएको बताउनु भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राणाले पूर्ववर्ती सरकारले ४०% को प्रावधान राखी जारी गरेको राजनीतिक दल सम्बन्धि अध्यादेशको चर्को विरोध गर्ने हालको गठबन्धनका दलहरुले दल र संसदमा २०% को प्रावधान सहितको अध्यादेशले राजनीतिक अस्थिरता सिर्जना गर्ने ठोकुवा गर्नुभएको छ ।
सरकार गठनको एक महिना भन्दा बढी समय भइसक्दा सरकारलाई पूर्णता समेत दिन नसक्ने सरकारबाट जनताले ठूलो आशा राख्न नसकेको बताउदै अध्यक्ष राणाले सरकार असफल हुने संकेत देखिइसकेको उल्लेख गर्नुभएको छ । विभिन्न राजनीतिक दल परित्याग गरि सप्तरीका तीन दर्जन भन्दा बढी राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष राणाले पार्टीमा प्रवेश गराउदै स्वागत गर्नुभएको छ ।
लामो समय नेपाली कांग्रेसमा रहि ०५४ को निर्वाचनमा राजविराज नगरपालिकामा मेयर पदको उमेदवार रहेका, ट्रेड युनियनमा आबद्ध उमेश कमाण्डो भनिने उमेशप्रसाद शाह सहित सुरेन्द्र कुमार साह, रामबहादुर साफी, मुरबिमा साफी, अरबिन्द साह, रबि साह, मुकेस साफी, हरदेब सुनार, करण साफी, जानकी रजक, प्रभात सहनी, अशोक रजक, भगवान गुप्ता, सिफेटलाल खङ्ग, चौरबी खङ्ग, हरिदेब मण्डल, गणेश सहनी, श्रीमती सावित्री देवी, हनुसादेवी शाह, शिबजी सदा, जया महतो, काजल महतो, निलम सदा, जाकिर रजक, उभदल गनी, सुशीला दास, निर्मला सहनी, शंकर साह लगायत तीन दर्जन भन्दा बढी नेपाली कांग्रेस, एमाले, जसपाबाट राप्रपामा प्रवेश गरेका छन् ।