काठमाडौं । जलासययुक्त सुनकोसी २ आयोजना खारेजीको माग गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र विद्युत विकास बिभागका महानिर्देशक सन्दिप कुमार देवलाई माझी समुदायले ज्ञापनपत्र बुझाएको छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले यस बारे आफु गम्भिर रहेको र अध्ययन गरेर अगाडी बढ्ने वताउनु भएको छ भने महानिर्देशक देवले हाल वातावरणीय प्रभाव मुल्याङ्कन बारे अध्ययन भईरहेको अहिले नै बनिहाल्यो भन्ने नसोच्न आश्वासन दिँदै समुदायको मागलार्ई प्राविधिक, सामाजिक र वातावरिण प्रभाव मुल्याङ्कन गरि प्रतिवेदनमा समावेश गरि पठाउने वताउनु भएको छ ।
बागमति प्रदेश साँसद रिता माझीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाउँदै आदिवासी माझी र अन्य स्थानीय समुदायको पुख्र्यौली भूमि, पहिचानजन्य भाषा, धर्म, भेषभुषा, संस्कार, संस्कृति, रितिरिवाज, ऐतिहासिक थातथलो, पुरातात्विक स्थल, लदीपुजा, कोशीपुजा, साँस्कृतिक स्थल, पितृ बोलाउने, बगाउने स्थान, घाटहरु, सामुहिक र सामुदायिक सम्पत्तिहरु, देवथान, मठमन्दिर, देउराली, चौतारा, पानीका मुहान, पँधेरा, माछा मार्ने, डुङ्गा चलाउने, मर्चा बनाउने, सामाजिक संरचना, प्रथा र प्रथाजनित कानुन र संस्था (मझेसावा), इतिहास लगायत समग्ररुपमा भौतिक, साँस्कृतिक, राजनैतिक, आर्थिक र सामाजिकरुपमा विस्थापित गर्ने तथा भूमिहिन र पहिचानविहिन बनाई इतिहास, सभ्यता, अस्तित्व र पहिचान समाप्त पार्ने भएको हुँदा नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गर्दै माझी समुदाय र अन्य स्थानीयवासीकोे जातीय अस्तित्व र पहिचान रक्षाका लागि सुनकोशी २ जलविद्युत खारेजी हुनु पर्ने वताएका छन् ।
ज्ञापनपत्र संघर्ष समितिका अध्यक्ष बलविर माझी (नवराज) ले मन्त्री भुसाल र महानिर्देशक देवलाई बुझाएका थिए ।
विद्युत् विकास विभागले सिन्धुली र रामेछापका बीच बग्ने सुनकोसी नदीमा उच्च बाँध निर्माण गरी ९ सय ७८ मेघावाट क्षमताको आयोजना अघि बढाएको छ ।