काठमाडौँ । राप्रपाले स्थानीय तहको चुनाव परिचालनका लागि निर्देशिका पारित गरेको छ। बुधबार बसेको पार्टीका पदाधिकारीहरुको बैठकले स्थानीय तह निर्वाचन निर्देशिका २०७८ पारित गर्दै पार्टीको सम्पूर्ण ध्यान चुनवामा केन्द्रित गर्ने निर्णय गरेको हो। निर्देशिकामा राप्रपाले उम्मेद्वार छनोटको प्रक्रिया, उम्मेदवार हुन चाहिने मापदण्ड स्पष्टसँग उल्लेख गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
निर्देशिका पारित भएसँगै अब राप्रपामा उम्मेद्वार छनोट कार्य वडा तहको सम्बन्धित जिल्ला अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उमेदवार छनौट समितिले र उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख केन्द्रले छनौट गर्ने भएको छ।
चुनावका लागि राप्रपाले चैत २८ गते एकै दिन सबै जिल्लामा चुनावी अभियान सञ्चालन गर्नेछ। ‘आफ्नो टोलमा पुगौँ’, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम सञ्चालन गर्नेछ प्रवक्ता श्रेष्ठले जानकारी दिए। बैठकले जिल्लाका सदरमुकामबाट कार्यक्रम गर्दा साना ठूला आमसभा, कोणसभा अनिवार्य रुपले गर्न निर्देशन दिएको छ।
राप्रपाले स्थानीय तहमा उम्मेद्वार छनोट गर्दा लोकप्रियता, उच्च नैतिक, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्ध भएको व्यक्तिलाई प्राथामिकता दिने जनाएको छ।
पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेको अवस्थामा त्यस्ता व्यक्तिलाई पनि पनि उम्मेद्वार बनाउने तयारी राप्रपाको छ।
राप्रपाले चुनावी अभियान सञ्चालन गर्न प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत निर्धारण गरेको छ। उनीहरुले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट, विभिन्न अभियानका लागि सहजिकरण गर्नेछन्।
कुन जिल्लामा को केन्द्रिय प्रतिनिधि?
विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ्ग उदयपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, अर्जुन राई ओखलढुङ्गा, राम थापा मोरङ्ग, भक्ति प्रसाद सिटौला इलाम, गोपाल प्रसाद पौडेल पाँचथर, हरि प्रसाद घिमिरे तेर्हथुम, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हाद प्रसाद साह सुनसरी, पदम बहादुर तामाङ भोजपुर, दिनेश कुमार साह संखुवासभा,
मोहन प्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही, विरेन्द्र प्रसाद लाल कर्ण सिराह, राजनारायण प्रसाद साह पर्सा, किशोर बहादु कार्की बारा, बुद्धिमान तामाङ नुवाकोट, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकास रिमाल धादिङ्ग, विक्रम बहादुर थापा ललितपुर, रविन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दिपक कुमार राई रसुवा, भरत प्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरुङ्ग मकवानपुर,
प्रविण कुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा, मोहन श्रेष्ठ तनहुँ, भिम प्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरुङ्ग कास्की, हिक्मतजंग कार्की अर्घाखाँची, ध्रुब बहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदिप कुमार उदय कपिलवस्तु, मेनुका खाँड के.सी. स्याङजा, प्रेम बहादुर भण्डारी बर्दिया, डा। धवल शम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धन बहादुर बुढा जुम्ला, ज्ञानेन्द्र शाही कालिकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्ती कुमारी शाही सुर्खेत, धनसुर शाही जाजरकोट, जनक बहादुर सिंह रुकुम पश्चिम,
धर्मराज जोशी कैलालाी, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्ण बहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खडका सिन्धुली, उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्लान, मिना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुब बहादुर प्रधान रुपन्देही, भरत चन्द पाल्पा, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ, भुजुङ गुरुङ्ग मनाङ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८ १८:०७