तेल अभिभ । युद्धविराम गर्न दवाव दिएका संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटेरेसलाई इजरायलले आफ्नो देश प्रवेशमा रोक लगाएको छ । धेरैलाई थाहा नहुन सक्छ, आखिर इजरायलले राष्ट्र संघका महासचिव गुटेरेसलाई नै आफ्नो देश प्रवेशमा किन प्रतिबन्ध लगायो ?
गुटेरेस एक कम्युनिष्ट नेता हुन् । उनि पोर्चुगिसहरु बीचमा लोकप्रिय छन् । पछि उनले सोसलिष्ट पार्टी खोले र त्यसलाई पोर्चुगलमा फैलाउन सफल भए । अनेक बाधा पन्छ्याएर उनी संयुक्त राष्ट्रसंघको महासचिव भएका हुन् । त्यो बाधा भनेको अमेरिकी पक्षधर मुलुकहरुको दवाव थियो । अहिले त्यही इगो इजरायलले फेरेको विश्लेषण गर्नेहरु धेरै छन् ।
इ
जरायलका विदेशमन्त्री इजरायल काट्जले ट्वीट गर्दै गुटेरेसलाई आफ्नो मुलुकमा नो इन्ट्री भनेर सार्वजनिक गरिसकेका छन् । ‘इजरायलमा इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला राख्ने अधिकार छैन,’ उनले भनेका छन् ।
काट्जले गुटेरेसलाई अहिलेसम्म अक्टोबर ७ मा हमासद्वारा गरिएको नरसंहार र यौन दुर्व्यवहारको निन्दा नगरेका महासचिव भनेर भनेका छन् । उनले हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै प्रयास नगरेको पनि भनिएको छ ।
काट्जले इरानलाई विश्वव्यापी आतंकको जननी बताएका छन् । ‘एन्टोनियो गुटेरेसको साथ वा बिना नै इजरायल आफ्ना नागरिकहरूको सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्न जारी राख्नेछ,’ उनले निष्कर्षमा भनेका छन् ।
हाल इजरायलको गाजा क्षेत्र हुँदै इरानसम्मको आक्रमणमा इरानले प्रत्याक्रमण गर्न थालेपछि गुटेरेसले दुवैपक्षलाई युद्धविराम गर्न आग्रह गर्दा इजरायल चिढिएको हो । गुटेरेसको भनाईलाई इजरायलले आतंकवादलाई प्रश्रय दिएको रुपमा अर्थ्याएको छ ।