काठमाडौँ । श्रीबैष्णव परिषद युएईको आयोजना साथै हिन्दु जागरण नेपाल युएई शाखा, सनातन गौ संरक्षण युएई र प्रवासी नेपाली एकता समाज युएईको सहयोगमा नवरात्री कार्यक्रम घटस्थापनादेखि टीकाको दिनसम्म माता दुर्गा भवानीको विभिन्न स्वरुपमा पुजागरि भब्य–सभ्य रुपमा सम्पन्न भएको छ ।
श्रीबैष्णव परिषद युएईका उपाध्यक्ष पंण्डित सम्पत कुमार न्यौपाने र महासचिव पंण्डित प्रदीप दाहालद्वारा दैनिक देवी पाठ , विष्णु सहस्रनाम , राम स्त्रोत्रम् , मुल रामायण पाठ, हनुमान चालिसा पाठ गरिएको थियो ।
नवरात्र कार्यक्रममा दैनिक साँझ आरतीका साथ हिन्दु जागरण नेपाल युएईको भजन मण्डलीद्वारा सुमधुर भजन प्रस्तुति गरिएको थियो ।
पूर्व सांसद शंकर प्रसाद पाण्डेको उपस्थिति र श्रीबैष्णव परिषद युएईका प्रमुख सल्लाहकार तथा राप्रपा केन्द्रीय सदस्य, धार्मिक अभियन्ता समाजसेवी तोयानाथ लम्सालको प्रमुख आतिथ्यमा भएको नवरात्रको तेस्रो दिनको कार्यक्रममा पाण्डेले धर्म संस्कृतिबारे उपस्थित भक्तभागवतहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा तोयानाथ लम्सालले सनातन धर्म सस्कृतिबारे उपस्थिति भक्तभागवतहरुलाई जानकारी गराउनुका साथै दुबईमा यसरी आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न यहाँ रहेका तीनवटा धार्मिक संस्थाहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउँदै आफ्नो तर्फबाट जहिले पनि सहयोग रहने बचन बद्दता ब्यक्त गरे ।
यसैगरि, फुलपातीको दिन वर दुबईमा बसोबास गर्दै आएका नेपालीहरुका माझ भक्तहरुद्वारा भजन किर्तन गर्दै फुलपाती भित्र्याईएको थियो।
नवरात्रको नवौ दिन श्रीबैष्णव परिषद् युएईका अध्यक्ष मणिराम खतिवडाको अध्यक्षता भएको कार्यक्रममा सल्लाहकारहरु राजेन्द्र अधिकारी, ओम प्रकाश न्यौपाने, खेमराज न्यौपाने लगायत विभिन्न सामाजिक ब्याक्तित्वहरुको उपस्थितिमा श्रीबैष्णव परिषद युएईले आयोजना गरेका विभिन्न धार्मिक कार्यक्रमहरुमा सुमधुर भजनबाट भक्तभागवतहरुलाई भक्तिमय आनन्द प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा हिन्दु जागरण नेपाल युएईका अध्यक्ष भुमीराज कंडेल लगायत सम्पुर्ण भजन मण्डलीहरुलाइ प्रशंसापत्र प्रदान गरिएको थियो । प्रशंसापत्र श्रीबैष्णव परिषद् युएईका उपाध्यक्ष सम्पत कुमार न्यौपाने, उपाध्यक्ष अन्जली भट्टराई सल्लाहकार राजेन्द्र अधिकारी , ओम प्रकाश न्यौपाने, व्यवसायी गोपी भुसाल , रमेश न्यौपानेबाट प्रदान गरिएको थियो ।
विजयादशमीको दिन परिषद्का अध्यक्ष , उपाध्यक्ष र महासचिव र सचिव पण्डित लगायतबाट उपस्थिति भक्तहरुलाई टीका जमरा लगाएका थिए ।
नेपाली समाज युएईका अध्यक्ष तथा परिषदका सल्लाहकार वेद प्रसाद अर्यालले टीका जमरा लगाएर युएईका धार्मिक संस्थाहरुले यसरी हाम्रो संस्कार संस्कृतिको जगेर्ना गरेकोप्रति प्रशंसा गरेका थिए ।
दुर्गापुजाकी कर्ता श्रीमती गिता चापागाईं, भगवान सजावट संस्थाकी उपाध्यक्ष श्रीमती अञ्जली भट्टराई, सम्पूर्ण कार्यक्रमको ब्यवस्थापन संस्थाका सचिव एवं पण्डित गणेश जोशी र सदस्य सागर पराजुली लगायतबाट दुर्गा माताको शास्त्रीय बिधि पुर्वक बिसर्जनगरि नवरात्र पुजा सम्पन्न भएको थियो ।
नेपाली सनातन धर्म संस्कृतिको रक्षार्थ भएको यो कार्य निकै अनुकरणीय रहेको छ ।