आगामी बिहिबारबाट सुरु हुने महिला साफ च्याम्पियनसिपमा सहभागी विदेशी टोलीहरू नेपाल आउन सुरु गरेको छ ।
हिजो माल्दिभ्सको टोली नेपाल आइपुगेको छ भने पाकिस्तानी टोली अस्ति आइतबार बिहान काठमाडौँ आइपुगेको हो ।
भारत, बङ्गालादेश र श्रीलङ्काको टोली आज आइपुग्ने तथा भुटानी टोली भने भोलि आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ।
साफ च्याम्पियनसिपमा दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहनेछ ।आयोजक नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स, भुटान, पाकिस्तान र बङ्गलादेश यस च्याम्पियनसिपमा सहभागि हुदैछन् ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । यो समुहमा बङ्गलादेश रहेको छ ।
साफको समूह बी मा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलङ्का छन् । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।
नेपालले साफ च्याम्पियनसिप लगातार आयोजना गरेको यो तेस्रो पटक हो । नेपाल अहिलेसम्म साफमा च्याम्पियन बन्न सकेको छैन ।