काठमाडौँ । आज २०८१ साल कात्तिक ६ गते मङ्गलबार तदनुसार सन् २०२४ अक्टोबर २२ तारिख। कात्तिक कृष्ण पक्षको पञ्चमी तिथि।
मेषः प्रतिष्ठित काम गरी अरूको मन लोभ्याउन सकिनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ ।
वृषः असजिलो परिस्थितिहरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ ।
मिथुनः आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । चाडबाड लक्षित व्यापार फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउँदा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
कर्कटः परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाइ लेखाइमा मन जाने छैन । वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ ।
सिंहः घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । चाडबाड लक्षित तथा विलासी सामानको व्यापार फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरू फराकिला हुनेछन् ।
कन्याः विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । पहिरन, खाद्यान्न, फर्निचर, सवारी साधन तथा विलासी सामानको व्यापार व्यवसायबाट भनेजस्तो नाफा कमाउन सकिनेछ ।
तुलाः पूजा सामाग्री तथा दैनिक उपभोग्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । धार्मिक स्थल तथा मन्दिरतिरको यात्रा हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
वृश्चिकः परिवारमा आफन्त तथा पति पत्नी बिच विवाद बढ्नेछ भने चेली माइती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरू नै लागी पर्नेछन् ।
धनुः सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मकरः विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
कुम्भः सन्तान तथा आफन्तको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ । राजनीतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला ।
मीनः आफूले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट कही मात्रामा लाभ लिन सकिनेछ ।