काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘सुदूरपश्चिमका कुरा सुन्न र आफ्ना कुरा भन्न’ जागरण यात्रा गर्ने भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम यात्रा तालिका सार्वजनिक गर्दै कार्यक्रममा सहभागी हुन सबैलाई अपिल गरेका छन् ।
सुदूरपश्चिम यात्रा अनुसार, मंसिर ३ गते बाजुरा कोल्टी, मंसिर ४ अछाम मंगलसेन, मंसिर ५ डोटी, मंसिर ६ कञ्चनपुर र मंसिर ६ कैलाली साडेपानीमा विविध कार्यक्रम सहित ठुला आमसभाहरु हुनेछन् ।
यी कार्यक्रमहरुमा राप्रपा अध्यक्ष लिङ्देन सहित शिर्ष अन्य नेताहरु सहभागी हुने तयारी छ ।
राप्रपाले यही कात्तिक पहिलो साता यस्तै कर्णाली यात्रा गरेर नयाँ सन्देश प्रवाह गरेको थियो ।
सोही यात्राबाट उत्साहित बनेको राप्रपाले सुदूरपश्चिममा अझ प्रभावकारी गर्ने तयारीमा जुटेको छ ।
जनतामा व्याप्त निराशालाई आशामा बदल्न र दलहरुप्रति टुट्दै गएको भरोसालाई विश्वासमा रुपान्तरण गर्न जनतासँग प्रत्यक्ष साक्षात्कार आवस्यक रहेको अध्यक्ष लिङ्देनले बताए । ‘त्यसैका लागि राप्रपाले अबको राजनीतिको मुल नेतृत्व गर्दैछ, उनले भने,‘हामी जनताको कुरा धेरै सुन्छौ, हाम्रा कुरा कम गर्छौं ।’
राप्रपाले आउने चुनावमा पार्टीलाई बहुमत दिलाउन जनतासँग विश्वासका आधारहरु प्रस्तुत गर्दै आएको छ ।
कर्णाली यात्राबाट जागरण भरेको राप्रपाप्रति सर्वसाधारण नागरिकको आर्कषण बढ्न थालेको छ ।
खासगरि, पछिल्ला वर्षहरुमा बढ्दो चरम गरीबी, युवा विदेश पलायन, पछ्यौटेपन र कुशासन रोक्न राप्रपाले इमान्दारिताको राजनीतिमा समाहीत हुन सर्वसाधारणलाई अनुरोध गर्दै आएको छ ।
सुदूरपश्चिम यात्रा यही उद्धेस्यको संकल्प यात्रा रहेको राप्रपाले जनाएको छ ।