काठमाडौँ । बि.सं. २०८१ मंसिर ४ गते मंगलबार ई.सं. २०२४ नोभेम्बर १९ नेपाल सम्वत् ११४५ कछलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण कृष्ण पक्ष, चन्द्रमा मिथन राशिमा, आर्द्रा नक्षत्र, पुनवार्शु ।
मेषः सानो प्रयत्नले हैसियतमा वृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अडकिएका काम पनि पुनः प्रारम्भ हुनेछन् ।
वृषः आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ ।
मिथुनः सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ । रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ ।
कर्कटः प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ ।
सिंहः घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । आशा देखाउने वा आश्वासन दिनेले धोका दिनेछन् ।
कन्याः पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ ।
तुलाः शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ ।
वृश्चिकः घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिँदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो ।
धनुः सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ ।
मकरः महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेर मात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झन्झटमा पर्न सकिन्छ ।
कुम्भः दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ ।
मीनः दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ ।