काठमाडौँ । मध्यपूर्वका देशहरु नै तनावमा पर्नेगरि भएको इजरायल र लेबनानबीचको यु द्ध रोकिने भएको छ । यी दुबैदेश युद्धविरामको सहमतिमा पुगेका छन् ।
इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।
तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ ।
सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ ।
इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् । 'उसले युद्धविराम स्थायी हुन खोजेको हो, अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकारहरुलाई भने,‘सम्झौता “स्थायी युद्धविराम“ को रूपमा डिजाइन गरिएको थियो।’
युद्धविरामका सर्तहरू अन्तर्गत ६० दिन भन्दा बढी हिजबुल्लाहले ब्लू लाइन – लेबनान र इजरायल बीचको अनौपचारिक सीमा – र उत्तरमा लगभग ३० किमी लितानी नदी बीचको क्षेत्रबाट आफ्ना लडाकुहरू र हतियारहरू हटाउनुपर्नेछ ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार हिजबुल्लाह लडाकुहरूलाई त्यस क्षेत्रमा लेबनानी सेनाले प्रतिस्थापन गर्नेछ, जसले पूर्वाधार वा हतियार हटाउने र यसलाई पुनर्निर्माण गर्न नसकिने कुरा सुनिश्चित गर्नेछ।
६० दिनमा, इजरायलले आफ्नो बाँकी सेना र नागरिकहरूलाई बिस्तारै फिर्ता लानुपर्नेछ ।
अमेरिकी राष्ट्रपति बाइडेनले भने, यसले सीमाका दुबै छेउका नागरिकहरूलाई उनीहरूको घर फर्कन सक्षम बनाउनेछ ।
पाँच हजार लेबनानी सेनाले हिजबुल्लाहलाई प्रतिस्थापन गर्नेछ ।’