काठमाडौँ । सामाजिक संजाल र सडकमा चर्को दबाब दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने मतपेटिकामा कमजोर हुँदै गएको देखिएको छ ।
०७९ सालको मंसिरमा भएको आमनिर्वाचनमा अर्पझट राष्ट्रिय पार्टीमा उदाएको रास्वपा आलोचना र आर्कषणकाबीचमा गुज्रिरहेको छ ।
हुन त निकै झिनो संख्यामा भएको यो उपनिर्वाचनले गणितीय रुपमा खासै अर्थ राख्दैन । तर, राजनीतिक गुणात्मक परिक्षामा भने दुरगामी असर रहिरहन्छ ।
पुराना पार्टीलाई तथानाम गालि, फरक विचारप्रति असहिष्णु र सामाजिक मञ्च (संजाल, चोक) आदिबाट व्यापक आक्रमकमा उत्रिएको रास्वपाका लागि यो उपनिर्वाचन ‘भुतले खाजा खाने बेला’ सावित हुन पुग्यो ।
पार्टी सभापति रवि लामिछाने यही बेलामा थुनामा रहेकाले सिंगो पार्टी पंक्ति तितरवितरको अवस्थामा छ । केन्द्रीय समितिबाट आउने निर्णयहरु पनि खासै प्रभावकारी हुन सकेका छैनन् ।
जिल्ला जिल्लाका समर्थक, शुभेच्छुक र कार्यकर्ताहरुमा पनि उस्तै अन्यौलता बढेको छ । सामाजिक संजालमा देश तथा विदेशमा बस्नेको सहानुभुतिबाट केही उर्जा भर्न सफल भएको रास्वपा राजनीतिको खेलको मैदानमा भने निकै पछाडि परेको छ ।
हुन त, पार्टी स्थापनाको छोटो अबधि, संगठन निर्माणको चरण र नेतृत्वमा परिरहेको विपत्तिले चुनावी परिणाममा असर परेको तर्क गर्न सकिएला । तर, पार्टीले सार्वजनिक गरेको महत्वकांक्षी अवधारणा र नेताहरुको आक्रमक शैलीलाई हेर्ने हो भने वर्तमान चुनावी परिणाम निकै निराशाजनक मान्नुपर्छ ।
हालसम्म रास्वपाले पाएको मत
रास्वपा प्रतिनिधि सभामा चौथो ठुलो दल छ । तर, एकाएक उपनिर्वाचनसम्म आइपुग्दा यो दलको साख र आर्कषण निरन्तर ओरालो लागिरहेको छ ।
रास्वपाले हालसम्म एउटा वडा अध्यक्ष पद जितेको छ । काठमाडौँ महानगरको वडा नं १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भइन् ।
अन्यथा अन्य क्षेत्रबाट विजयी भएको खबर अहिलेसम्म आएको छैन । विभिन्न ११ स्थानमा ५० मत पनि कटाउन सकेन । यो निकै लज्जास्पद हार हो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडा अध्यक्ष पदमा यहाँ रास्वपाले सुरसैद खाँले जम्मा ४ मत प्राप्त गरे ।
तिलगुफा नगरपालिका–४ मा पनि रास्वपाका लागि निराशाजनक रह्यो । यहाँ रास्वपाका गगन बलमे जम्मा ५ मत प्राप्त गरे ।
यस्तै, रौतहटको ईशनाथ नगरपालिका–७ मा रास्वपाका शेख असराजले जम्मा ६ मत प्राप्त गरे । रुन्टीगढी गाउँपालिका–४ मा रास्वपाका हिमबहादुर पुनले जम्मा ७ मत पाए ।
सिरिजंघा गाउँपालिका–३ मा रास्वपाका देवी प्रसाद पौडेलले ७ मत पाउँदा धनुषाधाम नगरपालिका–१ को वडा अध्यक्षमा रामनरेश दासले जम्मा १० मत प्राप्त गरे ।
यसैगरी ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्ष पदमा रास्वपाका बासुदेव शर्माले १७, पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा जानकी कुमार खड्का (कुँवर) ले ३१ मत पाइन् ।
गढी गाउँपालिका–६ को वडा अध्यक्षमा रास्वपाका शशि कुमार साहुले ३३ मत पाए । लालीगुराँस नगरपालिका–८ मा रास्वपाका सन्जिव खड्काले ३८ मत प्राप्त गरे ।
यस्तै मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा रास्वपाका विकास थापाले जम्मा ४३ मत प्राप्त गरेका छन् ।
सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा मतगणना जारी रहँदा त्यहाँ पनि रास्वपाको उम्मेदवारको अवस्था दयनीय छ । अहिलेसम्म रास्वपाका उम्मेदवार बाँचा बुढाले जम्मा ५ मत प्राप्त गरेकी छन् ।
जबकि, त्यहाँ एमाले उम्मेदवार जाना शाही २८६ मतसहित अग्रस्थानमा रहँदा माओवादी केन्द्रकी देवकी तिमल्सिना २२५ मतका साथ दोस्रो स्थानमा छिन् ।
रास्वपाका उम्मेदवारमध्ये ग्रामथान गाउँपालिका अध्यक्षमा नविनकुमार विश्वास खवासले ३७५, भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा रामदत्त भट्टले २१८, त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्षमा ध्रुवप्रसाद पोखरेलले २०२ मत प्राप्त गरेका छन् ।
यस्तै, नलगाड नगरपालिकाको उममेयरमा पार्वती पुनले १७९, मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा विष्णु प्रसाद पोखरेलले १५१, महाबु गाउँपालिका अध्यक्षमा प्रकाश कुमार बुढाले ११२ मत पाएका छन् ।
रास्वपाका उम्मेदवारमध्ये शुद्धोधन गाउँपालिका–१ को वडा अध्यक्षमा अवधेश कुमार चौधरीले ९२, हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा आशावीर बलले ८३, ककनी गाउँपालिका–२ को वडा अध्यक्षमा मंगलसिद्धि लामा तामाङले ८३, गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा मंगलबहादुर थापाले ८२ र दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा रामबहादुर शाहीले जम्मा ५३ मत पाएका छन् ।
गढी गाउँपालिका–६ को वडा अध्यक्षमा रास्वपाका शशि कुमार साहुले ३३ मत पाए । लालीगुराँस नगरपालिका–८ मा रास्वपाका सन्जिव खड्काले ३८ मत प्राप्त गरे ।
यस्तै मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा रास्वपाका विकास थापाले जम्मा ४३ मत प्राप्त गरेका छन् ।
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । मतगणना बाँकी रहेका स्थानमा पनि कहींकतै रास्वपा अगाडि छैन ।
निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ ।
मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा आजै राति अबेर आइसक्ने गरी गणना भइरहेको आयोगले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म रास्वपाले जित्ने संभावना कुनै क्षेत्रमा देखिएको छैन ।
उता, रास्वपाले आजै एक विज्ञप्ति जारी गर्दै निर्वाचनको परिणामलाई नागरिकमा छाएको वितृष्णाको संज्ञा दिएको छ ।
रास्वपाका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले सोमबार विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएका हुन् ।
तर, पराजुलीले भने जस्तै निराशाको परिणाम नभई रास्वपाले प्रदर्शन गर्न नसकेको अराजनीति परिणती हुन सक्ने अड्कलबाजी जानकारहरुले गरेका छन् ।
गालिगलौज, आरोप, आलोचना, घृणा, हेय, खिस्ट्यिुरी आदि जस्ता अस्त्र प्रयोग गरेर राजनीतिमा सफलता प्राप्त नहुने रास्वपालाई यो चुनावले सिकाएर गएको छ ।
आउने २०८४ सालको चुनावमा रास्वपा कति राजनीति दलको रुपमा स्थापित हुनेछ वा हल्लाबाज समुहमै रोकिनेछ त्यो भने निकट समयसम्म कुर्नुपर्ला ।