काठमाडौँ । आज २०८१ साल मंसिर २५ गते मङ्गलबार तदनुसार सन् २०२४ डिसेम्बर १० तारिख। मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि। मानव अधिकार दिवस।
मेषः दैनिकी सहज बन्नेछ। खानपानमा ख्याल नगर्नाले शरीरमा रोग बढ्नेछ। साथीको सहयोग मिल्नेछ। सोचेका काम सहजै बन्नेछन्। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।
वृषः पढाइमा जोस र जाँगर बढ्नेछ। परिवारको विश्वास बढी गर्दा धोका हुने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
मिथुनः धन खर्च भए पनि नाम र मान बढ्नेछ। आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ। एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ।
कर्कटः ठुलो तर्क नगर्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।
सिंहः लामो यात्रामा नजानु राम्रो हुनेछ। अप्रिय खबरले खानपानमा समस्या हुनसक्छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।
कन्याः शिक्षामा गरेको प्रयास सफल रहनेछ। काम गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ।
तुलाः परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ।
वृश्चिकः खानपानमा ख्याल गर्नुपर्नेछ। व्यापारमा भने दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ।
धनुः दिन सामान्य छ। आफन्तबाट अपमानित हुनुपर्नेछ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। पुराना साथीसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ।
मकरः तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ। एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ। साथीको संगतका कारण धन खर्च हुनेछ।
कुम्भः सञ्चित धन खर्च हुनेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवार र बन्धुको साथमा काम बन्नेछ। बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठुलो दशा टर्नेछ।
मीनः दिन सामान्य छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। आफूभन्दा ठूला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।