काठमाडौँ ।आज २०८१ साल पुस १ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर १६ तारिख। पौष कृष्ण प्रतिपदा तिथि।
मेषः गफगाफमा दिन बित्नेछ। सञ्चित धनको खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा गरेको काममा राहत मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।
वृषः आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। साथीभाइले सहयोग गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ।
मिथुनः परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्न नजान्दा खटपटी बढ्नेछ।
कर्कटः दिन सामान्य राम्रो छ। विदेशी साथीको साथ र सहयोग मिल्नेछ। विदेशी लगानी भए फाइदा हुनेछ। विपक्षीसँग सचेत भएर काम गर्नुपर्नेछ।
सिंहः आर्जन भएको सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ। रोगबाट मुक्त हुने दिन छ। साथीभाइ दाहिना भएकाले आफ्नो काम गर्न सहज हुनेछ।
कन्याः पढ्न जोस र जाँगर बढ्नेछ। अरुलाई लडाएर आफू रमाइलो गर्ने समय आएको छ। परिवारमा भने शङ्काको घेरामा पर्ने भएकाले सचेत बन्नुपर्ने समय छ।
तुलाः मनमा उत्साह बढ्नेछ। आफूभन्दा बौद्धिक साथीसँग परामर्श गर्दा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।
वृश्चिकः सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा राम्रो हुनेछ।
धनुः थोरै धनले महत्त्वपूर्ण काम बन्नेछ। व्यापारमा लगानी गर्नुपर्ने समय छ। विपक्षीले असहयोग गर्ने हुँदा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।
मकरः बौद्धिक क्षमता प्रदर्शन गर्ने दिन छ। कर्मशील साथीसँग भेट हुनेछ। साथीसँगको भेटले महत्त्वपूर्ण काम अगाडि बढ्नेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ।
कुम्भः धार्मिक कार्यक्रममा सहभागी हुनाले सोचेका काम बन्नेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ।
मीनः निर्णय क्षमता कमजोर हुँदा पश्चाताप हुनेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।