काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ २२ पैसा रहेको छ ।
स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ शून्य एक पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।
सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८७ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा कायम भएको छ ।
त्यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ नौ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।